syangyong
suzuki

मौसम पूर्वानुमानलाई विश्वसनीय बनाउने तयारी, सूचना प्रणाली आधुनिकीकरण गर्न राडार जडान गरिँदै

सिवी अधिकारी


Friday, 12 Jan, 2018 10:15 AM
मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ ।

विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु भइसकेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए ।

सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ । हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडार जडानपछि वास्तविक सूचना पाउन सकिनेछ ।

‘सुर्खेतमा मौसमी राडारको काम अघि बढिसकेको छ । सम्झौता भइसकेकाले अब करिब पाँच महिनाभित्र राडार पनि आइपुग्छ । बाँकी दुई ठाउँ पाल्पा र उदयपुरमा राडार राख्नका लागि जग्गा प्राप्ति भई टेण्डर प्रक्रिया अघि बढेको र केही हप्तापछि सबै प्रक्रिया टुंगिन्छ’, उनले भने। राडारका लागि एशियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माणअन्तर्गत आर्थिक सहयोग रहेको छ भने बाँकी नेपाल सरकारले बेहोर्नेछ ।

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रुपमा प्राप्त हुनेछ, यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप – बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ । राडारले नेपालभरिको मौसमी सूचना स्वचालित ९अटोमेटिक० रुपमा संकलन गरी वास्तविक समयसहित जानकारी दिन्छ । एक राडारको पूर्वाधारसहित करिब २४ करोड रुपैयाँ पर्छ ।

के गर्छ मौसमी राडरले
महानिर्देशक शर्माका अनुसार राडारले नेपालको आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बीर खिच्छ । पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा वास्तविक समयमा तस्बीर खिचेर पठाउँछ । त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ । पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ । यस्ता सूचनाका आधारमा तत्कालको मौसमी पूर्वानुमान गर्न यो प्रणालीले सहज हुन्छ ।

राडारले वास्तविक अनुमान गर्छ । यसले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ । उदाहरणका लागि कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन् । असिना पर्ने बादल हो कि त्यो सूचना दिन्छ । त्यसका आधारमा मौसम विभागले केही घण्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ ।

अठासी वटा मौसम मापन केन्द्र जडान हुँदै
मौसम पूर्वानुमान गर्नका लागि चालु आवको असार मसान्तसम्म ८८ वटा स्वचालित मौसम मापन केन्द्र जडान गरिसक्ने विभागले जनाएको छ । अहिले ३० वटा स्वचालित यन्त्र जडान भएका छन् जसको विवरणमा मौसमसम्बन्धी जानकारी दिइन्छ । मौसम विभागमा अहिले जम्मा २२ जना मौसमविद् छन् । देशभर तापक्रम नाप्ने यन्त्र १५०, वर्षा नाप्ने ५०० र स्वचालित मौसम मापन प्रणाली ३० स्थानमा छन् ।

फागुनमा पहिलो मौसमी बेलुन उड्ने
मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभाग लागिपरेको छ । अहिले विश्वको विवरण ९डाटा० प्रयोग भइरहेको मौसम पूर्वानुमानलाई अब भने नेपालको डाटा पनि प्रयोग गरेर पूर्वानुमान गरिनेछ । अहिले जमिनमा राखिएका स्वचालित केन्द्रको रेकर्ड डाटाले मात्र पुग्दैन । ‘अहिलेसम्म माथिल्लो वायुमण्डलको कस्तो मौसमी गतिविधि छन् भनेर डाटा लिन सकेका छैनौं । आगामी फागुन महिनाभित्र कीर्तिपुरको डाँडाबाट पहिलोपटक मौसम मापन गर्ने ‘मौसमी बेलुन’ उडाउने तयारी गरिएको छ’, महानिर्देशक शर्माले बताए ।

यसले माथिल्लो वायुमण्डलको मौसमी विवरण लिन सहज हुन्छ । बेलुनमा हाइड्रोजन ग्यास छोडिन्छ, बेलुन जति माथि जान्छ, त्यहाँको तापक्रम सापेक्षिक आद्रताको अवस्था हावाको गति कुन दिशातिर बहेको छ भनेर तल जमिनको रिसिभिङ स्टेशनमा पठाउँछ । तर, यसका लागि मौसम विभागले छुट्टै कम्प्युटर प्रणाली विकास गर्र्नुपर्ने हुन्छ । विवरण राख्न शक्तिशाली कम्प्युटर चाहिन्छ । नेपालमा पहिलो पटक सुपर कम्प्युटर ९हाई पावर कम्प्युटिङ० खरिदका लागि टेण्डर गरिसकेको विभागले जनाएको छ । एक वर्षभित्र सबै काम सकेर नेपालको मौसमी प्रणालीलाई विश्वका विकशित मुलुकको हाराहारीमा पु-याउन सकिन्छ ।

चट्याङसम्बन्धी सञ्जाल निर्माण
मौसम विभागले प्राकृतिक प्रकोपको दुर्घटनाका रुपमा लिइने चट्याङ कहाँ, कस्तो र कहिले पर्दैछ भन्ने पूर्वजानकारी दिने उद्देश्यले पहिलो पटक चट्याङ सम्बन्धी सञ्जाल निर्माण गर्ने भएको छ । यो काम अहिले लगभग सकिएको छ । परामर्शदाता कम्पनीले अबको तीन महिनाभित्र सबै तथ्यांक विभागलाई बुझाएपछि चट्याङसम्बन्धी अनुगमन तथा केही समयपछि पूर्वानुमान गर्न सकिने महानिर्देशक शर्माको भनाइ छ ।
रासस
 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

१० असोज, पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन् । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए।उनले कर वृद्धिको आडमा लोकतन्त्र 

सरकार भ्रष्ट्राचारमा चुर्लुम्मम डुब्यो : मोहन बैद्य

९ असोज काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । महासचिव बैद्यले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।  मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको दावी गरे ।  

सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत

९ असोज सिन्धुपलाञ्चोक ।  नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब सबै राजनीतिक दल मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताएका छन् । ‘समुदाय र विपद् उद्धार समूह’ (सिडिआरटी) नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद

अन्तर्राष्ट्रिय

​फ्रान्सका राष्ट्रपतिबाट अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको आलोचना

न्युयोर्क । सयुक्त राष्ट्रसंघको महासभामा नेताहरुले एक अर्काप्रति आरोप लगाएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई कडा प्रतिवाद गर्नु भएको छ । ट्रम्पको सम्बोधनलगत्तै महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति माक्रोंले सम्प्रभुताको सिद्धान्त अमेरिकाले सिकाउन नपर्ने बताउनु भएको छ । 

यौन दुर्व्यवहारको थप आरोप: क्याभानो "पछि नहट्ने"

​न्युयोर्क । अमेरिकी राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशका निम्ति मनोनयन गरेका ब्रेट क्याभानोले आफूविरुद्ध लागेको, उनकै शब्दमा, झुटा लाञ्छनाका कारण आफू पछि नहट्ने बताएका छन्। क्याभानोले विगतमा यौन दुर्व्यवहार गरेको आरोपहरू सार्वजनिक भइरहेका छन्। फक्स न्युज टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै क्याभानोले आफू पूर्ण निर्दोष रहेको दोहोर्‍याए।

माल्दिभ्सको राष्ट्रपति चुनावमाविपक्षी नेता सोलिहद्वारा जीतको दावी

माल्दिभ्स । माल्दिभ्समा भएको राष्ट्रपति चुनावमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले आफ्नो जितको दावी गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार सोलिह वर्तमान राष्ट्रपति अब्दुला यामीनभन्दा अगाडि छन् । ‘माल्दिभ्स इन्डिपेन्डेट’ वेबसाइटका अनुसार कुल४ सय ७२ ब्यालेट बाकस मध्ये ४ सय ३७ बाकसको मतगनणा भइसकेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top