esewa

चीनमा पक्राउ परेका इन्टरपोलका अध्यक्ष होङवेईले दिए राजीनामा


Monday, 8 Oct, 2018 2:18 PM
२२ असोज, बेइजिङ । चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ । 

विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले कन्जुस्याइँ गरिरहेको छ । फ्रान्सेली अधिकारीहरुले गत शुक्रबार मात्र मेङ चीनमा ‘बेपत्ता’ भएको समाचार सार्वजनिक गरेका थिए । 

अन्तर्राष्ट्रिय संगठित अपराधीहरुको खोजतलास, विश्लेषण र विश्वका देशहरुका सुरक्षा अधिकारीसँग समन्वय गर्ने इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा रहेको छ । मेङ त्यही इन्टरपोलका अध्यक्ष हुन् । 

विश्लेषकहरुले अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण पदहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिमाथि चीनको पछिल्लो कदमले व्यापक नैराश्यता छाउने र विश्वसनीयतामा कमी आउने बताएका छन् । 

मेङकी पत्नी ग्रेस होङवेईले फ्रान्सको लियोनस्थित इन्टरपोलको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो पटक मेङले पठाएको सन्देशबाट आफू अत्यन्त चिन्तित भएको बताए । 

चीनको सार्वजनिक सेवामा कार्यरत व्यक्तिमाथि लाग्ने भ्रष्टाचारका मुद्दाको छानबिन गर्ने राष्ट्रिय सुपरीवेक्षण आयोगले अन्तर्राष्ट्रिय दबाब पश्चात एक वक्तव्य जारी गर्दैै भनेको छ, ‘मेङमाथि कानुन उल्लंघनको आरोपमा अनुसन्धान भइरहेको छ ।’ 

त्यसलगत्तै, इन्टरपोलले मेङले ‘तत्काल लागू हुनेगरी’ दिएको राजीनामा प्राप्त भएको जनाएको छ । 

चीनमा उच्च पदस्थ व्यक्ति बेपत्ता भएको यो पछिल्लो घटना हो । चीनमा उच्च सरकारी अधिकारीहरु, अर्बपति व्यापारीहरु र लोकप्रिय व्यक्तिहरु पनि हप्तौं वा महिनौं बेपत्ता बनाइन्छन् । उनीहरु पुनः देखा पर्दा प्रायः अदालतमा उपस्थित गराइएको हुन्छ । 

इन्टरपोलमा पहिलो चिनीया अध्यक्ष रहेका मेङ होङवेई सेप्टेम्बर २५ मा चीन जानुअघि फ्रान्सको लियोनमा सार्वजनिक कार्यक्रममा देखा परेका थिए । इन्टरपोलका दैनिक कार्यसञ्चालनको रेखदेख गर्ने महासचिव जुर्गेन स्टोकले चीनसँग मेङको अवस्थाका बारेमा जानकारी गराउन इन्टरपोलले औपचारिक आग्रह गरेको बताएका थिए । 

मानव अधिकार समूहहरुको चौतर्फी विरोधबीच मेङ इन्टरपोलको अध्यक्षमा सन् २०१६ मा नियुक्त भएका थिए । विश्व मामिलामा चीनको प्रभाव बढाउने क्रममा चीनका राष्ट्रपतिको यो एउटा महत्वपूर्ण विजयका रुपमा हेरिएको थियो । तर, मेङको बेपत्ता प्रकरणले चीनलाई ठूलै क्षति हुन सक्नेछ । 

दुबईमा आगामी नोभेम्बर १८ देखि २१ मा हुने इन्टरपोलको महासभाले अध्यक्षको बाँकी दुई वर्षे पदावधिका लागि नयाँ अध्यक्ष निर्वाचित गर्नेछ ।  राष्ट्रपति सी जिनपिङले मेङलाई सन् २००४ मा आफ्ना पार्टीभित्रका विपक्षीलाई पाखा लगाउँदै उपसुरक्षा मन्त्री बनाएका थिए । मेङलाई अरु पनि संवेदनशील कार्यहरुको जिम्मेवारी दिइएको थियो । राष्ट्रपतिका विश्वासपात्र मेङले प्रतिआतंकवादी विभागको पनि जिम्मेवारी पाएका थिए ।  

मेङलाई इन्टरपोलको अध्यक्ष बनाउन सकिए चीनबाट पलायन भएर विदेशमा आश्रय लिइबसेका व्यक्तिहरु चीन लैजाने मद्दत पुग्ने भित्री मनसाय चीनको रहेको भन्दै आलोचना समेत भएको थियो । इन्टरपोलले त्यस्तो आरोपलाई अस्वीकार गर्दै आएको छ । अध्यक्षले संस्थाको दैनिक कारबाहीमा कुनै प्रभाव नपार्ने इन्टरपोलले स्पष्ट गरेको छ । 

चीनले विदेशमा लुकेर बसेका भ्रष्ट अधिकारीहरुलाई पक्राउ गर्न अपरेसन फक्स हन्ट समेत सञ्चालन गरिआएको छ । ती व्यक्तिलाई पक्राउ गर्न चिनीया अधिकारीहरुले गोप्य रुपमा कार्य गरिरहेको बताइन्छ । 

चीनले हाल ४४ जना त्यस्तै व्यक्तिलाई पक्राउ गर्न “रेड नोटिस” जारी गरेको छ । उनीहरुमाथि हत्या, लागूऔषधको तस्करी लगायतका आरोप लागेका छन् । 

मेङको कार्यकालमा इन्टरपोलले विदेशमा लुकेर बसेका चिनीया अर्बपति गुओ वेनगुईमाथि रेड नोटिस जारी गरेको छ । गुओले चीनका उच्चपदस्थ व्यक्तिले गरेका भ्रष्टाचारको पोल खोल्ने चेतावनी दिइआएका छन् । 

 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

दुई वर्षभित्रमा मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु ‘डिजिटलाइज्ड’ हुन्छ : प्रधानमन्त्री

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताएका छन् । कलंकीमा बुधबार नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाको काममा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए । प्रधानमन्त्री ओलीले भने, ‘अब मालापोतमा मात्र होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।’ प्रधानमन्त्री ओलीले अबको दुई वर्षभित्रमा देशका सबै मालपोत कार्यालयका ढड्डाहरु

सरकारले चौथो मधेस आन्दोलन गर्न बाध्य नबनाओस् : लक्ष्मणलाल कर्ण

४ असार, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराएकोे छ । बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्दलगायतका माग गर्दै आए पनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराए । सरकारले रोष्ट्रम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उनले लगाए । उनले भने

प्रतिपक्षले बोल्यो भनेर डराउन हुदैन: शेरबहादुर देउवा

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलले बोलेको सबै कुरा सरकारले पूरा गर्नु नपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले प्रतिपक्षले बोल्यो भनेर डराउन नहुने बताए । देउवाले बैठकमा भने, ‘मैले माग गर्ने हो । मेरो अरु पनि माग छ । डराइ हाल्नु पर्ने ? शेरबहादुरले माग्यो मैले दिनु पर्‍यो भन्ने ? प्रतिपक्षको कामै बोल्ने हो । दिने ठाउँमा त हामी छैनौं नि ।’ संसदमा पनि सत्ता पक्ष बोल्ने र प्रतिपक्ष सुनेर बस्नु पर्ने अवस्था आएको देउवाको भनाइ छ । उनले भने, ‘संसद विपक्षीको हो । बोल्ने

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने

४ असार, सोल। दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत उत्तर कोरियालाई उक्त चामल प्रदान गरिने किमले बताएका छन्। किमका अनुसार सरकारले दुई महिनाभित्र उक्त ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने डब्ल्यूएफपीले जानकारी दिएको

जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

४ असार, टोक्यो। जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सरकारले देशभर सुनामीको चेतावनी दिएको थियो तर अहिले चेतावनी फिर्ता लिइएको छ । भूकम्पबाट अलग अलग शहरमा २६ जना घाइते भएको समाचार छ । जापानको मौसम विभागले १ मिटर अग्लो समुद्री लहर टोक्योको उत्तरी तटीय षेत्रमा ठोक्किने चेतावनी दिएको थियो तर लहर १० सेन्टिमिटरको मात्र उठ्यो । प्रधानमन्त्री शिन्जो आबेले उनको सरकार पूर्ण रुपमा प्रकोपसँग लड्न तयार रहेको बताए । उनले नागरिकलाई भूकम्पका विषयमा सतर्क रहन 

ट्रम्पले आगामी राष्ट्रपतिय चुनावमा भाग लिने, सुरु गरे चुनावी अभियान

४ असार, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन्। सन् २०२० मा हुने अर्को राष्ट्रपतीय चुनावका लागि औपचारिक अभियान सुरुवात गर्न उनले फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन्। फ्लोरिडा राज्य आफ्नो दोस्रो घर भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि एक ढिक्का रहन आग्रह गरे।उनले विपक्षी डेमोक्र्याटिक पार्टीका सदस्यहरूको आलोचना गर्दै उनीहरूले देशलाई टुक्रा टुक्रा पार्न खोजेको आरोप पनि 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top