kantipur mall

​‘दैनिक चारसय भन्दा बढी व्यक्तिले मोबाइलको इन्स्योरेन्स गर्नुभएको छ’


Thursday, 20 Dec, 2018 1:43 PM
५ पुस, काठमाडौं । मोबाइल बिना मानिसको दैनिकी कल्पना गर्न मुस्किल पर्ने दिन आइसकेको छ । प्रविधिको विकाससँगै मोबाइल दैनिक काममा अपरिहार्य पनि बनेको छ । अब मोबाईलको महत्व केबल फोन सम्पर्कका लागि मात्रै पनि रहेन । इन्टरनेटको दुनियाँमा मोबाइलभित्रै विश्व कैद भइसकेको छ । त्यसैले मोबाइलबाटै विश्व घुम्न र बुझ्न सक्छ मानिस । यसकारण पनि मान्छे अहिले महँगो र सुविधायुक्त मोबाइलमा आकर्षित छ । मोबाईलमा महत्वपूर्ण डाटा, सम्पर्क नम्बर, तस्बिरदेखि भिडियोलगायत धेरै कुरा हुन्छ । तर, जब मानिसको त्यो मोबाईल हराउँछ अथवा टुटफुट हुन्छ, त्यतिबेला निकै तनावमा आउँछ । एकातिर मोबाईल हराउनुको पीडा, अर्कातिर त्यसमा भएका सम्पर्क नम्बर र डाटा हराएपछि तनाव नहुने कुरै भएन । तर, अब विदेशमाजस्तै नेपालमा पनि मोबाईल इन्स्योरेन्स र त्यससँगै हुने डाटा सुरक्षा गर्न सकिने भएको छ । मेरो सुरक्षा प्रालिले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाईल इन्स्योरेन्स गर्दै आएको छ । मोबाईल सुरक्षा, इन्स्योरेन्स र डाटा रिकभरीका विषयमा हामीले मेरो सुरक्षा प्रालिका प्रमुख कार्यकरी अधिकृत प्रेम सुनारसँग कुराकानी गरेका छौँ :
  • तपाईहरूले ‘मेरो सुरक्षा’ भन्दै मोबाईल इन्स्योरेन्सको विषयमा आक्रामक ढंगले ब्राण्डिङ र मार्केटिङ गरिराख्नु भएको छ, यो कस्तो खालको इन्स्योरेन्स हो ? 
सरल भाषामा भन्नुपर्दा यो मोबाईलको इन्स्योरेन्स हो । हामी मोबाईलको इन्स्योरेन्स गछौँ । इन्स्योरेन्स भनेपछि सबैलाई थाहा हुन्छ । हामीले मोबाईल सुरक्षा किन भन्यौ भने हामी मोबाईल इन्स्योरेन्स कम्पनी होइन, हामी इन्स्योरेन्स कम्पनीसँग टाइअप गरेर कस्टमरको मोबाईललाई इन्स्योरेन्स गछौँ । हामीसँग इन्स्योरेन्स गरिसकेपछि कस्टमरले मोबाईल हराए, चोरी भए, फुटे तथा आगलागीमा परे हामीमार्फत कम्पनीले बाचा गरेका क्षतीपुर्तिहरू प्राप्त गर्न सक्नुहुनेछ । 
 
  • नेपालमा पहिलो पटक सुरू गर्नुभएको छ ? कसरी आयो मोबाईल सुरक्षाको विषयमा धारणा ?
विश्वका अधिकांश देशमा मोबाईल इन्स्योरेन्सको सुविधा छ । नेपालमा भने यो पहिलो नै हो । मानिसको अत्यावश्यक बनेको मोबाईल हराउँदा, त्यसमा रहेको डाटा गायब हुँदा समस्या नआओस् भनेर हामीले यो अवधाराणा ल्याएका हौं । नेपालका मोबाइल ग्राहकलाई पनि यसको आवश्यकता छ । नेपालमा अरु ईन्स्योरेन्स कम्पनीले मोबाईल इन्स्योरेन्सको अवधारणा नलिएको हुनाले हामीले यसको आवश्यकता देख्यौँ र मोबाईल सुरक्षाकोे अवधारणा लिएर आएका हौँ ।
 
  • नेपालमा पहिलो पटक मोबाईल सुरक्षाको अवधारणा त ल्याउनुभयो, यसको सम्भावित बजार कस्तो देख्नुभएको छ, मार्केट  रिसर्च पनि गर्नु भयोहोला ? 
हामीले यो अवधारणालाई लञ्च गर्नभन्दा एक वर्ष अगाडिबाट रिसर्च गरेका थियौं । यसको संभाव्यता, चुनौति, यसमा हुने खतरा, सबैलाई मूल्यांकन गर्दा यसको ठुलो आवश्यकता महशुस गर्यौँ । चुनौति पनि त्यस्तै नै थियो । नेपालजस्तो देश जहाँ मोरल हजार्डहरु धेरै छ, त्यस्तो ठाँउमा मोबाईल इन्स्योरेन्स लिएर आउनु ठुलो कुरा हो । यसको मार्केट अपरचुनिटी, ग्राहक भनेका नेपाली जनता हुन् जसको हातहातमा मोबाईल छ । प्रत्यक वर्ष ७० देखि ८० लाख मोबाईल बिक्छ भने यस्तो ठाउँमा मोबाईल सुरक्षाको आवश्यकता पनि छ । यही मार्केट देखेर सुरू गरेका हौँ । 
 
  • नेपालमा यति धेरै ईन्स्योरेन्स कम्पनी छन्, उनीहरुले मोबाईल इन्स्योरेन्सको पोलिसी ल्याएका छैनन् । तपाईको विचारमा कारण के होला ? जोखिम बढी देखेर हो कि ? 
हो, यसमा जोखिम पनि बढी छ । मेरो विचारमा यसमा मेकानिजम धेरै छ । नेपालमा भइरहेका इन्स्योरेन्स कम्पनीसँग त्यस्तो मेकानिजम छैन । उहाँहरू चलिआएकै ढाँचाबाट जानुभयो । हामीले भने अध्ययन गरेर सम्भाभित जोखिमलाई कम गर्ने समूह तयार पारेर नै यसमा आएका हौँ । 
 
  • इन्स्योरेन्स गरेको मोबाईल हरायो भन्ने र दाबी गर्ने खतरा पनि हुन्छ होला । कसैले हरायो, अथवा आफैँ टुटफुट गरेर  झुटो दाबी गरेको हो वा होईन, पत्ता लगाउने मेकानिजम के हुन्छ ? 
हामीसँग आफ्नै सफ्टवेयरहरु छन् । कसैले झुटो दाबी गरेको हो÷होइन सजिलै पत्ता लाग्छ । हामीसँग त्यो पत्ता लगाउने बलियो मेकानिजम छ । 
 
  • विदेशमा इन्स्योरेन्स गरेका मोबाईल नेपालमा ल्याएर अनलक गर्ने र चलाउने क्रम पनि बजारमा छ । नेपालबाट पनि बाहिर लगेर बेच्ने अनि दाबी गर्ने खतरा कत्तिको छ ?
यस्तो अवस्थामा हामीले पनि रिइन्स्योरेन्स गरेका हुन्छौँ । यस्तो अवस्था आउँदैन । त्यसमा हामी सचेत छौँ र त्यहि अनुसारको तयारी र ब्याकअप हामीसँग छ । हामी ढुक्क छौं । 
 
  • नेपालमा पछिल्लो समय महँगा मोबाइल बोक्ने चलन बढेको छ । तर, मोबाईलको इन्स्योरेन्स गर्नुपर्छ भन्ने जनचेतना कत्तिको पाउनुभयो ? 
नेपालमा इन्स्योरेन्स प्रति धारणा अलि नकरात्मक रहेछ । इन्स्योरेन्सको क्लेम गर्दा कम्पनीले झन्झट गराउँछ भन्ने जन गुनासो छ । यो चाहीँ हाम्रो लागि अलि जोखिम हो । जोखिम छ भन्दैमा बजारमा नआउने पनि होईन । हामीले जनमानसमा भएका इन्स्योरेन्सप्रतिको नकारात्मक धारणालाई हटाउन बिभिन्न कदम चालेका छाँै ।  एक एकलाई भेट्दै यसको फाईदा बताउने, मार्केटिङ, प्रोगामिङ, ब्राण्डिङबाट सम्झाउने गरेका छौँ । शिक्षित र एकपटक मोबाईल हराईसकेका व्यक्तिलाई त सम्झाउनु पर्दैन । तर, आम मानिसलाई बुझाउन जरुरी छ । मोबाइल इन्स्योरेन्स त्यति महँगो पनि छैन । 
 
  • तपाईंले यो अबधारणा लिएर आऊनुभन्दा अगाडिको योजना र  अहिलेको बजारमा पाउनुभएको अनुभव कस्तो छ ?
सोचेको भन्दा बिल्कुलै फरक । सोचेको भन्दा बढी नै मेहनत गर्नु परेको छ । यो सस्तो र नयाँ अबधारणा भएका कारण राम्रो होलाजस्तो लाग्थ्यो, तर इन्स्योरेन्सप्रतिको चेतनाको कमिले सोचेजस्तो भएको छैन । हामीले सोचेको लेभलमा पुग्न अझ एकदेखि डेढ वर्ष लाग्ला । 
 
  • मेरो सुरक्षामार्फत कस्ता–कस्ता मोबाईलको इन्स्योरेन्स गर्न सकिन्छ ?
कुनै पनि एन्ड्रोइड मोबाईल अथवा स्मार्ट फोन अथवा आईफोन इन्स्योरेन्स गर्न सकिन्छ । स्मार्ट फोन छ भने मोबाईलको मूल्य जति भए पनि फरक पर्दैन । 
 
  • मानिसले आफ्नो मोबाईलको इन्स्योरेन्स कसरी गर्न सक्छ ? कहाँ र कसरी गर्ने ?
अहिले हाम्रो सेवा उपत्यकामा मात्र सुरु गरेका छाँै । उपत्यकाबाहिर छिटै सेवा सुरु गर्ने तयारीमा छौँ । यसमा अनलाइन र अफलाइन दुबै तरिकाबाट इन्स्योरेन्स गर्न सकिन्छ । नयाँ मोबाईल किन्ने हो भने मोबाईल किन्ने पसलमा यो सेवा उपलब्ध छ । यदि मोबाईल किनिसक्नु भएको छ र इन्स्योरेन्स गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल एप्स डाउनलोड गरेर मोडल नं. सेलेक्ट गरेर विवरण भर्ने र इसेवा, खल्तीजस्ता पेमेन्ट गेटवे तथा विभिन्न कमर्सियल बैंकका इबैंकिङ र मोबाईल बैंकिङमार्फत् रकम भुक्तानी गरेर इन्स्योरेन्स गर्न सक्नुहुन्छ । तपाईंको भेरिफिकेसन भएपछि हाम्रो भेरिफिकेसन टिमबाट फोन आउँछ । त्यसपछि इन्स्योरेन्स एक्टिभ हुन्छ । 
 
  • इन्स्योरेन्स गर्न कति रकम लाग्छ ? 
इन्स्योरेन्स गर्दा तपाईको मोबाईलको मूल्यको ५ प्रतिशत रकम तिर्नुपर्ने हुन्छ । यदि २० हजारको मोबाईल हो भने वार्षिक एक हजार रूपैयाँ तिरेर इन्स्योरेन्स गर्न सक्नुहुनेछ । 
 
  • कुन–कुन अवस्थामा इन्स्योरेन्स दाबी गर्न पाईन्छ ? कस्तो अवस्थामा नयाँ पाइन्छ, कस्तो अवस्थामा मर्मत हुन्छ ? 
तपार्इंले मोबाईल हराउनुभयो अथवा चोरी भयो भने नयाँ पाउनुभयो । इन्स्योरेन्स पोलिसी लिदाँ नै यसको सम्पूर्ण जानकारी दिइन्छ । मोबाईलमा दिईने वारेन्टि बाहेकका हामी गर्छौँ । टुटफुट भएको, पानीमा परेको अथवा कुनै तरल पदार्थ पोखिएको अवस्थामा सुरुमा मोबाईललाई बनाउन कोसिस गछौँ । यदि बनेन भने नयाँ दिन्छौँ । यसमा आगलागी र पानीबाट क्षति, मोबाईल हराउँदा, चोरी हुदाँ, मोबाईल फुट्दा हुने क्षति हामी बेहोर्छौँ ।
 
  • मोबाईल इन्स्योरेन्स गर्न आम मानिसको सहभागिताको दर कस्तो छ ?
अहिले धेरै राम्रो छ । सुरुमा दिनको दुई चार जनाले मात्र इन्स्योरेन्स गर्नुहुन्थ्यो । अहिले दिनको दुई देखि चार सयजनासम्म इन्स्योरेन्स गर्न आउनुहुन्छ । 
 
  • विशेषगरी कस्ता मोबाईल बढी मात्रामा इन्स्योरेन्स गर्न रूचाउँदा रहेछन् मान्छे ?  
धेरै मूल्य परेका मोबाईलहरु नै बढी इन्स्योरेन्स हुन्छन् । साथै इन्स्योरेन्स गर्नु पर्छ भन्ने चेतना भएकाहरु बढी आउनु हुन्छ । 
 
  • तपाईहरूले इन्स्योरेन्स कम्पनीसँग कसरी टाइअप गर्नुभएको छ ?
हामीले प्रिमियम इन्स्योरेन्ससँग टाइअप गरेका छौं । ग्राहकको मोबाइल हामीले इन्स्योरेन्स गरेपछि त्योे रिइन्स्योरेन्स हुन्छ, प्रिमियम इन्स्योरेन्सँग । इन्स्योरेन्स गर्ने प्रत्येकलाई प्रिमियम इन्स्योरेन्सको  सेफ सर्टिफिकेट आउँछ । 
 
  • तपाईहरूले सेवा सुरू गरेदेखि अहिलेसम्म मोबाईल इन्स्योरेन्सको दाबी गर्न कत्तिको आएका छन् ? 
आउँछ । आइरहेको छ । अहिले सम्म २० वटा जति क्लेम सेटल भइसक्यो । 
 
  • खासमा मोबाइलको इन्स्योरेन्स चाहिँ किन गर्ने ?
अहिलेको अवस्थामा मोबाइल अपरिहार्य  भइसक्यो । मोबाइल बिना एकछिन पनि बस्न नसक्ने अवस्था आइसक्यो । यसमा अत्यावश्यक डाटा, सम्पर्क नम्बर राखिन्छ । यो हराउँदा एकातिर महँगो मोबाइल हराउनुको पिडा हुन्छ, अर्कातिर त्यसमा भएका डाटा, तस्बिर, सम्पर्क नम्बर हराएर धेरै समस्या पर्छ । तर मोबाईल इन्स्योरेन्स गरेपछि मोबाईल पनि पाउनुभयो, त्यसमा भएका म्यासेज, सम्पर्क नम्बर, तस्विरलगायतका डाटा पनि पुनः आउने भएकाले तपाईं कुनै समस्यामा पर्नु भएन । त्यसकारण मोबाईल इन्स्योरेन्स गर्न आवश्यक छ ।
 
  • तपाईले डाटाको पनि सुरक्षा हुन्छ भन्नुभयो, मोबाईलका डाटा अरूले हेर्ने, दुरूपयोग गर्ने खतरा हुँदैन ?
हुँदैन । ग्राहकले एउटा कोड प्राप्त गर्छन् । त्यहि कोड प्रयोग गरेर नयाँ मोबाईलमा डाटा रिकभर हुन्छ । यसमा अरूले हेर्न मिल्ने, दुरूपयोग गर्ने भन्ने कुनै सम्भावना नै रहँदैन । उहाँहरुले आफैँ डाटा रिकभर गर्न सक्नुहुन्छ । 
 
  • अहिले त तपाईहरू मोबाईल इन्स्योरेन्स गर्ने एक्लो कम्पनी हुनुहुन्छ । यसमा ठुलो मार्केट देखेर अरू प्रतिस्पर्धी आउने सम्भावना र तपाईहरूको तयारी कस्तो छ ? 
हामी यसमा तयारीका साथ नै आएका छौँ । यदि कोही नयाँ कम्पनी यसमा आउन चाहानुहुन्छ भने हामी स्वागत गर्छौँ  । नयाँ कम्पनी आउनु भयो भने हामीलाई पनि सजिलो हुन्छ । अहिले हामी एक्लैले इन्स्योरेन्सको जानकारी गराईरहेका छौँ । नयाँ साथी आउनुभयो भने बजार विस्तार छिटो हुन्छ । ठुलो बजारमा प्रतिश्पर्धीहरु आउँदा फाइदा नै हुन्छ ।




global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

नवनियुक्त मन्त्रीहरुले अहिले ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै

५ मंसिर, काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले बिहीबार  पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अुसार नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top