huwai hospital
nlic

​मेसीका ‘डाइहार्ड’ फ्यान जसले अर्जेन्टिनाको जर्सी रंगले रंग्याए तीन तले घर


Tuesday, 12 Jun, 2018 2:48 PM
२९ जेठ, काठमाडैं । विश्वमा अर्जेन्टिनाका हजारौं डाइहार्ड फ्यान छन् । ती हजारौं डाइहार्ड फ्यानमध्ये भारत कोलकाताका शिवशंकर पेट्रा विल्कुल फरक छन् । ५३ वर्षीय शिव शंकर सामान्य चिया पसलका मालिक हुन् । उनले आफ्नो सामान्य कमाईबाट रकम बचत गर्ने काशिस गरे । यो दौरानमा शिव शंकरले एउटा सपना पनि देखेका थिए ‘द अल्बिसेलस्टे’ (अर्जेन्टिनको जर्सी तथा अर्जेन्टिनाका राष्ट्रिय फुटबल टिम) लाई रुसमा प्रत्यक्ष हेर्ने । 

कोलकाता क्षेत्रका एक ट्राभल एजेन्टले शिव शंकरलाई एक दिन खबर गरे ‘तपाईले जम्मा पारेको ६० हजार रुपैयाँ वल्र्डकप टुरका लागि पर्याप्त छैन । जसका लागि कम्तीमा पनि डेढ लाख भारतीय रकम लाग्छ ।’ त्यसपछि शिव शंकरले अर्को निर्णय गरे, आफ्नो चिया पसलका तीन वटै तला अर्जेन्टिनाको जर्सी कलरमा रङ्ग्याउने ।

‘म चुरोट र रक्सी पिउँदिन । मसँग एउटै मात्रै लत छ, त्यो हो लियोनल मेस्सी र अर्जेन्टिना । म धेरै कमाउदिनँ, तर यो पक्का छ विश्वकपको समयमा मैले कमाएको रकम म जोगाएर राख्छु’ नवाबगञ्ज टाउनसिपका चिया र स्न्याक्स मालिक शिव शंकरले पिटिआइसँग कुरा गर्दै भने ।  शिव शंकरको यो चिया पसल जान जिपिएस लोकेशन ट्रयाक गरिराख्नु पर्दैन । इच्छापुर रेल्वस्टेशनबाट तल गए सिधैं उनको चिया पसल पुगिन्छ । चिया पिउन गएकाले उनलाई अर्जेन्टाइन चिया अंकल भनेर बोलाउँदा त झन् उनी खुसी हुन्छन् । उनले आफ्नो चिया दोकानमा मात्रै होइन, घर जाने बाटोको वारपार समेत अर्जेन्टिनाका झण्डाहरु टाँगेका छन् भने ठूलो अर्जेन्टिनाको झण्डा फहराएका पनि छन् । 

शिव शंकरले आफ्नो ३ तले बिल्डिङलाई यसपटक सेतो र निलो रंगले रंग्याएका छन् । उनले घरका सबै भित्ताहरु अर्जेन्टिनाको झण्डा तथा जर्सी कलरमा रंग्याएका छन् । यतिसम्म कि उनले सानो पूजा कोठालाई समेत निलो र सेता रङले रंग्याएका छन् । त्यसैगरी पर्खालका भित्ताहरुमा मेस्सीका पोस्टर पनि टाँसेका छन् । शिव शंकरको यो मेस्सी मेनियाप्रति उनका श्रीमती स्वपना, २० वर्षीया छोरी नेहा र १० वर्षीय छोरा शुभमले पनि उत्तिकै साथ दिएका छन् । ‘मेरा बच्चाले मेस्सीको बारेमा सबै कुरा थाहा पाएका छन् । मेस्सीले खाने खानादेखि उसले हाँक्ने कारसम्म सबैको ज्ञान छ’ शिव शंकरले गर्वका साथ भने ।  ‘बच्चाहरु मेस्सीका कुनै म्याच छुटाउँदैनन् । मध्यराति परीक्षाको बिचमा हुने मेस्सीको म्याच भए पनि उनीहरु बरु पहिल्यै सुत्छन् र मध्यराति उठेर मेस्सीको म्याच लाइभ हेर्छन्’ शिव शंकरकी श्रीमती स्वपनाले भनिन् । 

बंगालमा झण्डै आधा मान्छे अर्जेन्टिनाका फ्यान छन् । दुरदर्शनले सन् १९८६ को विश्वकप लाइभ प्रसारण गरेको थियो । त्यसबेला सबैजसो म्यारोडोनाका फ्यान थिए । तिनै म्यारोडोनाका फ्यान अहिले मेस्सीका फ्यानमा रुपान्तरित भएका छन् । ‘मैले अर्जेन्टिनाको मैत्रीपूर्ण म्याच साल्ट लेक स्टेडियममा हेरेको छु । त्यो दिन मलाई सपना जस्तै लाग्छ’ शिव शंकरले भने । घर रंगाएका उनको यो पहिलो घटना हो । यसभन्दा अघिका विश्वकपका केही कुरा भने उनले यसपटक पनि दोहोर्याएका छन् ।  शिव शंकरको परिवारले सन् २०१२ देखि हरेक वर्ष मेस्सीको जन्मदिन केक काटेर र रक्तदान कार्यक्रमको आयोजना गरेर मनाउँदै आएको छ । त्यस्तै अर्जेन्टिनको हरेक म्याचमा यसपटक शिव शंकरले चिया र समोस कम्पिमेन्ट्रीको रुपमा निशुल्क वितरण गर्ने भएका छन् । यसपटक मेस्सीको जन्मदिन विश्वकपको समयमा परेका कारण यस पटकको रक्तदान कार्यक्रम भने रोकिएको शिव शंकरले बताएका छन् । तर, ३० पाउण्डको केक काट्ने र १०० थान मेस्सीको तस्बीर भएको जर्सी बालबालिकालाई वितरण गर्ने शिव शंकरले बताएका छन् । उक्त कार्यक्रममा स्थानीय विधायक र यु–१७ टिमका वल्र्ड कपर रहिम अलीको उपस्थित हुने बताइएको छ ।  कार्यक्रमका लागि कसैसँग लोन नलिने आफ्नै खर्चले गर्ने उनले बताएका छन् । ‘कार्यक्रममा आएका सबैजना खुसी हुनेछन् । कसैले खानको स्पोन्सर गर्छन्, कसैले केट काट्छन् । त्यस दिन हामी यसलाई मिनी अर्जेन्टिना बनाउँछौं’ शिव शंकरले भने ।

स्थानीय हुनमान मन्दिरमा पूजारीका साथ मेस्सीको प्रार्थना गरिन्छ । जहाँ अर्जेन्टिना जादुगरले एक जनाले विशेष प्रस्तुती दिनेछन् । ‘जहाँ हनुमानको देब्रे खुट्टाबाट सिन्दुर प्राप्त हुन्छ । (यसको सम्बन्ध मेस्सीको देब्रे खुट्टासँग जोडिएको छ, मेस्सी देब्रे खुट्टाले गोल गर्न माहिर छन् ।), मेस्सीको हरेक म्याचमा उसको पोस्टरमा विजयीको संकेत रातो रङ हालिन्छ, हामीलाई आशा छ यसपटक मेस्सीले विश्वकपको उपाधि उचाल्नेछन्’ मेस्सीका डाइहार्ड फ्यान शिव शंकरले हस्ताक्षर गर्दै कुरा टुङ्ग्याए । (द इण्डियन एक्सप्रेसबाट अनुवाद), तस्बिर : पिटिआई


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top