हामी माडीबासी सम्भावित अप्रिय खबरले भयावित छौँ


Monday, 23 May, 2016 4:45 PM
–अनाम किरण 
विभिन्न राजनैतिक आस्था र बर्गीय स्वरुपमा विभक्त आम माडीवासी,  माडीको बिकास र समृद्धि कै खातिर आज एउटै बिन्दुमा उभिएर साझा धारणा बनाउनु एउटा ऐतिहासिक महत्वको बिषय हो । फरक दिशातिर फर्किएका राजनैतिक दल र नेताहरु आ आफ्ना स्वार्थ भन्दा एक स्तर माथि उठ्दै समग्र माडीको स्वार्थको लागि काँधमा काँध मिलाएको दृष्य ( जसले पंतिकार स्वयंलाई भावुक बनायो ) जनताले बर्षौँ देखि हेर्न चाहेको एउटा महँगो सपना थियो । यसर्थ समग्र परिस्थितिको दृष्यावलोकन गर्दा हामी हाम्रा सपनाहरु साकारोन्मुख छौँ । 

तर यता हाम्रा समस्या र सपनाहरुको साकारको शृङ्खला सुरुवात हुनुअगावै फेरि हाम्रो मिहेनतमा बिगतमा झैँ गतल तत्वले फाईदा उठाउन खोज्दैछ । एकातिर बजेट खर्च गर्न नसकेर फ्रिज हुँदैछ , अर्कातिर नगरपालिकाका कर्मचारी  , केही समाजसेवी र स्थानिय नेता भनौँदाहरुको टोली हाम्रै पैसामा रसलिला गर्ने सपना बुन्दैछन । के हाम्रो अद्वितीय एकता र सहकार्य फेरि कुनै निश्चित तत्वको स्वार्थपूर्तिका लागि हो ? 

केही दिन अघि बाढीले बगाएर माडी नगरपालिका १२का ५५ वर्षीय विष्णु अधिकारी र सोहि ठाउँकी ३५ वर्षीया कल्पना थापा क्षत्रीको दुखद निधन भयो ।  घटना सेलाउन नपाउँदै गैडाको आक्रमण बाट माडी नगरपालिका बडा नम्बर १२ कृष्णनगरका ७२ वर्षका ईन्द्र प्रसाद अधिकारी र उहाँकी ६५ वर्षकी श्रीमती रनदती अधिकारी धाईते भए । के नगरपालिकाको कर्तव्य रहात बितरण मात्रै हो ? 

वर्षा आउँदैछ , हामी सम्भावित  अरु अप्रिय खबरले भयावित छौँ । बिगतको नियति हेर्ने हो भने हामीले बाढीबाट घरजग्गा गुमाउन बाँकी नै छ , आफन्त गुमाउन बाँकी नै छ , मिहेनतले लगाएको धान बगाउन बाँकी नै छ । हात्ती बस्तीमा पसेर जनधनको बिनाश गर्न बाँकी नै छ । गैँडाको आतंक पूरा भएकै छैन । भालु र चितुवा आफ्नै ठाउँमा छन ।

के हामी घटना घटोस अनि जे पर्ला टर्ला  भनेर बसेकै हो ?  नत्र यति संवेदनशील अवस्थामा नगरपालिका को भुमिका असामान्य देखिन्छ । 
यो भ्रमण गरेर समय र बजेट सक्ने बेला होइन , सम्भावित विपत्ति कसरी रोक्ने भनेर चिन्तन मनन गर्ने बेला हो । विपद जोखिम पुर्व सुचना प्रणालीलाई कसरी प्रभावकारि बनाउने भनेर सोच्ने समय हो । जंगली जनावर बस्ती पस्न नदिन के गर्ने र कसरी बच्ने भनेर प्रतिरोधात्मक उपाय अंगिकार गर्ने बेला हो । 

भर्खर हामीमाझ बिजुली कम लोडसेडिङ ज्यादा पुगेको छ । यसलाई छिटो छरितो र गुणस्तरीय रुपमा घरघरमा कसरी पुर्याउने , न्युनतम लोडसेडिङका लागि कसरी पहल गर्ने , करेन्ट तथा अन्य दुर्घटनावाट बच्न कसरी जनचेतना फैलाउने भन्नेवारे पुर्वयोजना बनाउने समय हो ।  बिगतका बाढीपीडितहरुको उचित ब्यबस्थापन बारे सोच्ने समय हो । भर्खर बनेको माडी बिकासको कार्ययोजना कार्यन्वयन प्रक्रिया वारे सोच्ने समय हो ।

तर किमार्थ माडीवासीको भविष्य दाउमा राखेर माडीवासीकै पैसामा रजाइँ गर्ने बेला होइन ।  त्यसैले , नजिकिँदै गरेको बिपत्ति बाट हुने क्षति न्युनिकरण बारे तत्काल कदम चालौँ । हाम्रो भविष्य बारे सोचौँ , भारत भर्मणबारे होइन ।  र आम माडीवासी सचेत जनसमुदायले आआफ्नो ठाउँवाट गलत तत्व र प्रवृत्तिको खुलेर बिरोध गरौँ । माडी बिकासको लागी अझ सक्रियता र गम्भिरताका साथ अघि बढौँ । 

 



global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top