syangyong

​एउटा मोबाइलको फोन नम्बर अर्कोमा सार्नुपर्यो ? सिक्नुहोस् सजिला पाँच तरिका


Tuesday, 2 Jan, 2018 2:12 PM
एउटा मोबाइलमा भएको फोन नम्बर अर्कोमा सार्नुपर्ने धेरैलाई परिरहेको हुन्छ । प्रायः नयाँ मोबाइल किन्दा पुरानो मोबाइलको नम्बर सार्नुपर्ने हुन्छ । यो अवस्थामा एक–एक नम्बर गर्दै फेरि टाइप गर्नुपर्ने झन्झट नै धेरैजसोले स्विकारेको पाइन्छ । यो निकै झूर तरिका हो । हजारौं नम्बर यसरी एउटा मोबाइलबाट अर्कोमा सार्न कम्ता मुस्किल पर्दैन । तर, एउटा मोबाइलमा राखिएका नम्बर तुरुन्तै अर्कोमा पठाउन सकिने सजिला तरिका पनि छन् । सिकिराख्नुहोस्, उपयोगी हुन्छ :

गुगल कन्ट्याक्टबाट
तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सबै फोन नम्बर गुगल कन्ट्याक्ट्स सेभ हुन्छ । यसलाई तपाईंको जिमेल आइडीसँग सिन्क गरिदिनुहोस् । अब, नयाँ फोनमा जिमेल आइडी ओपन गरेपछि सबै फोन नम्बर उपलब्ध हुन्छ । तपाईंलाई जिमेल लगइन गर्न जति समय लाग्छ, उति समयमा सबै फोन नम्बर आउँछ । 

ब्लूटुथको माध्यमबाट
मोबाइलमा रहेका फोन नम्बर ब्लूटुथको माध्यमबाट अर्को मोबाइलमा सार्न सकिन्छ । यसका लागि स्मार्टफोन हुनैपर्ने जरुरी रहँदैन । यदि फोनमा ब्लूटुथ छ भने सबै कन्ट्याक्ट्स नम्बर सेलेक्ट गरेर सेड अप्सनबाट ब्लूटुथ सेलेक्ट गरी नम्बर पठाउन सकिन्छ । यो पनि केही सेकेन्डको काम हो ।

भिसिएफ फाइलबाट
फोन नम्बर एउटा मोबाइलबाट अर्कोमा पठाउने एउटा तरिका VCF फाइल पनि हो । यो फाइललाई भेरियन्ट कल फम्र्याट पनि भनिन्छ ।  यसका लागि मोबाइलका सबै फोन नम्बरहरु सेलेक्ट गरेर एक्स्पोर्ट गरिदिनुहोस् । सबै नम्बरको भिसिएफ फाइल बन्छ । यसलाई अर्को मोबाइलमा सीधा रन गराउन कन्ट्याक्ट इन्स्टल गर्न सकिन्छ ।

सिम कार्डबाट
सिम कार्डबाट पनि एउटा मोबाइलका फोन नम्बर अर्कोमा सार्न सकिन्छ । तर, सिममा नम्बर सेभ गर्ने सिमित ठाउँमात्रै हुन्छ । त्यसैले यो काम निकै स्लो हुन्छ । यसका लागि प्रयोगकर्ताले सुरुमा मोबाइलको नम्बर सिममा सार्ने र फेरि अर्को मोबाइलमा त्यही सिम राखेर नम्बर सार्न सकिन्छ ।

थर्ड पार्टी एप्सबाट
एन्ड्रोइड स्मार्टफोनमा थर्ड पार्टी एप्सको मद्दतबाट पनि फोन नम्बर ट्रान्सफर गर्न सकिन्छ । गुगल प्ले स्टोरमा contact transfer backup को कुनै एप्स हुन्छ । यसले मोबाइल नम्बरलाई ब्लूटुथ, वाईफाई, इमेलजस्तै गरी ट्रान्सफर गर्न सक्छ । 

 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सुरक्षित मातृत्वसम्बन्धी विधेयक प्रस्ताव स्वीकृत

३० साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सो प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमा आफ्ना अभिमत प्रस्तुत गर्दै सांसदले प्रजनन स्वास्थ्यका अधिकार कार्यान्वयन गर्ने संरचना तयार नभएकामा गुनासो गरे। उनप्हरुले एक हजार

​सांसदद्धारा सरकारको ध्यानाकर्षण

३० साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन् । सोही पार्टीका भरतकुमार शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा

कर्णालीको प्राथमिकतामा जोड दिन आग्रह

२९ साउन सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका छन् । । आज सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कर्णाली प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेशमा काम गर्ने गैससलाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा

अन्तर्राष्ट्रिय

‘बोल्ड डिसिजन’ गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर : चीनको अर्बौँ डलर सहयोग नलिने !

२८ साउन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिए।अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन्।

​पूर्व मुख्यमन्त्री करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद भएको छ । चेन्नइस्थित कावेरी अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा हिजो निधन भएको हो । 

​इरानमाथि नयाँ प्रतिवन्ध लगाउँदै अमेरिका, मनोवैनिक युद्ध भएको इरानको प्रतिक्रिया

२२ साउन, न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट हटेपछि नयाँ प्रतिबन्धको घोषणा गर्न लागेका छन् ।यो प्रतिबन्ध केही घण्टापछि लागु हुने जनाइएको छ । नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित छ ।आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने ट्रम्पको विश्वास छ ।अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top