ghaderi
esewa

पछिल्लो समय उदाएका मोडल टेक बिष्ट म्युजिक भिडियोमा जम्दै


Sunday, 3 Jun, 2018 1:55 PM
टेक बिष्ट पछिल्लो समय म्युजिक भिडियोमा उदाएका मोडल हुन् । उनी एकपछि अर्को गर्दै म्युजिक भिडियोमा जम्न थालेका छन् । हालसम्म २ दर्जन म्युजिक भिडियोमा अभिनय गरेका उनी आफ्नो कला र अभिनयको माध्यमबाट लोकप्रियता कमाइरहेका छन् । उसको साथै नयाँ नयाँ अवसर पनि पाइरहेका छन् । उनी लोकदोहोरी सेन्टिमेन्टल गीतको भिडियोमा बढी देखिने गरेका छन् । उनै मोडल टेक बिष्टले न्यूजसेवासँग आफ्ना जिन्दगीका केही पलहरु साटेका छन् । 

कलाकारीतामा प्रवेश
म कलाकारीतामा प्रवेश गरेको २ बर्ष भयो । सुरुमा २०७३ सालमा लोकदोहोरी गीत ‘सबैको साथ छुट्छ एक फेर’बाट यस क्षेत्रमा पाइला चालेको थिएँ । जुन गीतलाई राजु परियार र देवि घर्तीले गाउनुभएको थियो । त्यस गीतलाई प्रियसी म्युजिकले बजार व्यवस्थापन गरेको थियो । यसैको सफलतासँगै रामजी खाँड र शान्तिश्री परियारले गाएको ‘डाँको छोडी रुन मन छ’मा अवसर पाएँ । सायद मेरो अभिनय मन पराएरै होला त्यसपछि निरन्तर म्युजिक भिडियोेमा अवसर पाएको छु । हालसम्म करिब २ दर्जन गीतमा अभिनय गरेको छु । 

चिनाएको भिडियो
मलाई पहिलेका गीत ‘हुन्छ हुन्न आजै भन्देउ न’, ‘फोनमा आई लभ यू भन्ने’ लगायतका गीतले आफ्ना साथीभाई तथा गाउँघरमा चिनाएको थियो । यसै क्रममा २०७४ को अन्तिममा आएको लोकदोहोरी गीत ‘आत्मा’ले मलाई धेरै चिनायो । जुन गीतलाई पुस्कल शर्मा र यमुना खड्काले गाउनुभएको थियो । ‘आत्मा’ले नै मलाई देश तथा विदेशमा चिनाएको हो । यसै गीतले मेरा सुभ चिन्तक पनि बढाएको थियो । धेरैले मन पराइदिनुभयो । आम दर्शकमाझ म प्रती राम्रो छाप छोड्न पनि सफल भयो । 

मोडलिङमा चासो
बाल्यकालदेखि नै यस क्षेत्रमा मेरो रुची थियो । टिभीमा चलचित्र तथा म्युजिक भिडियो हेर्दा म पनि यसैगरी टिभीमा देखिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । मलाई पनि धेरैले चिनुन् भन्ने लाग्थ्यो । त्यहि इच्छा, तिर्खा तथा सपना पुरा गर्न लागी परेँ र आज म यस स्थानमा छु । 

संघर्षका कुरा
सामान्य मानिसलाई काठमाडौमा बाँच्न र टिक्न धेरै गाह्रो छ । काठमाडौमा बस्दै आफ्नो सपनालाई पुरा गर्नु नै सबैभन्दा ठुलो चुनौतीको कुरा रहेछ । कति दिन एउटा चाउचाउ र पानीको भरमा दिन काटियो । भिडियो खेल्नको लागी धेरै ठाँउ धाउनुपर्यो,  धेरै दौडधुप गर्नुपर्यो । धेरै सँग अनुरोध गर्नुपर्यो । 

परिवारको सहयोग
परिवारको तर्फबाट धेरै सहयोग र साथ भएकै कारण मलाई आफ्नो काम गर्न सजिलो भएको छ । बुबा आमाले धेरै हौसला दिनुहुन्छ । प्रेरणा दिनुहुन्छ । मेरो सपना र कामलाई बुझ्नुभएको  छ । आत्तिनु हुँदैन, एकदिन अवश्य राम्रो हुन्छ भन्नुहुन्छ । सामान्य खर्चको जोहोपनि घरबाटै हुने गर्छ । समग्रमा भन्नुपर्दा घरपरिवारबाट धेरै नै साथ र सहयोग छ । 

पहिलो म्युजिक भिडियोको अनुभव
धेरै उत्सुकता थियो । पहिलो गीत भएकाले अलिकती डर पनि लागेको थियो । पहिलो गीत ‘सबैको साथ छुट्छ एकफेर’मा टिका भुजेल दाईले अवसर दिनुभएको थियो । सुटिङ सकिएपछि कहिले सार्वजनिक होला भन्ने हुन्थ्यो । छिट्टै भिडियो आइदियोस् भनेर दिनहुँ धाइरहन्थेँ । 

आभारी छु
बिशेष गरी म गायत्री थापा दिदीप्रती आभारी छु । उहाँको शिवदर्शन डिजिटलबाट मेरा धेरै म्युजिक भिडियोहरु आएका छन् । दिदीले मलाई धेरै सहयोग गर्नुभएको छ । हौसला र साथ दिनुहुन्छ । त्यसैगरी बबिता श्रेष्ठ दिदी र राजेन्द्र दाईप्रती आभारी छु । उहाँहरुले पनि मलाई धेरै सहयोग गर्नुभएको छ । त्यसैगरी मलाई धेरै माया, साथ र हौसला दिने मेरो बुबा आमालाई पनि धेरै सम्झिन चाहान्छु । 

दर्शकलाई सन्देश 
सबै दर्शकलाई धेरैधेरै धन्यवाद दिन चाहान्छु । तपाईहरुले मेरा भिडियोहरु मन पराइदिनुभएको छ । आगामी दिनहरुमा पनि मन पराइदिनुहोला । भिडियो के कस्तो लाग्छ, सुझाव सल्लाह अनी प्रतिक्रिया दिनुहोला ।  तपाईहरुको सुझाव सल्लाहले नै मलाई अगाडी बढ्न सहयोग गर्नेछ ।
 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रकाशमान सिंहको आरोप-वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको छ

१२ जेठ, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई आइतबार संवोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विपरित आउन थालेको उल्लेख गर्दै मुलुकमा संवैधानिक संटक निम्तिन सक्ने दाबी गरे। प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको संविधान केही होइन अब म जे बोल्छु त्यही नै सबैले मान्नु पर्छ भन्ने जसरी प्रस्तुत हुनु असोभनीय 

जनताको शिर झुक्ने काम गर्दिन् र गर्न दिन्न : बिष्णु पौडेल

१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताएका छन् । जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा कानुनी मर्यादा र अभिभारालाई नभुल्ने स्पष्ट पारे । उनले जनताको जगबाट खारिँदै आएको बिष्णु पौडेल जनमतलाई सधैँ सम्मान गर्दै आगाडी बढने बताउँदै प्रयोजित प्रचारबाट बिचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । बालुवाटार जग्गा प्रकरण पछि पहिलो

समाजवादी पार्टिको चेतावनी-संविधान संशोधन नभए सडकमा जान्छौँ

१२ जेठ, विराटनगर । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा समानता स्थापना गर्न अझै संघर्ष चाहिने बताएका छन् । संविधानले जातीय र क्षेत्रीय भौगोलिक विविधता समेट्न नसकेको भन्दै उनले संविधानलाई पूर्ण बनाउन संघर्ष गर्नुपर्ने जिकिर गरेका हुन् । समाजवादी पार्टीले विराटनगरमा गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मुलुकमा असमानता र विभेद अन्त्य नभएसम्म समृद्धि नआउने दाबी गरे । उनले जनअपेक्षाअनुसार संविधान संशोधन नभए मुलुकका लागि दुर्भाग्य हुने बताए । कार्यक्रममा बोल्दै

अन्तर्राष्ट्रिय

चीनमा कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

१२ जेठ, जिनान । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका बारेमा अनुसन्धान 

मतदातासँग मोदीको प्रतिज्ञा : खराब नियतले केही पनि गर्ने छैन

१० जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन् । बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ । म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,’ भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने । ‘आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन । काम गर्दैगर्दा गल्ती पनि हुन 

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top