मोदीको हत्या गर्न भारतमा आईएसका मानव बम पसेको सनसनीपूर्ण खुलासा


Sunday, 24 Jan, 2016 1:25 PM
१०, माघ काठमाडौँ ।
आतंकवादी संगठन इस्लामिक स्टेट ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला गरी उनको ज्यान लिन मानव बम बनाएको खुलासा भारतीय जासुसी एजेन्सीले नै गरेका छन् ।
 
मोदीलाई उडाउन १२ देखि १५ वर्षका बालकहरुलाई मानव बमका रुपमा आईएसले प्रयोग गर्न लागेको सूचना जासुसी एजेन्सीले दिएका हुन् । आईएसले मोदीलाई उडाउनकै लागि आफ्नो संगठनमा बालकहरुलाई भर्ती गरेको हो ।
 
अंग्रेजी अखबार द टाइम्स अफ इन्डियाले आफ्नो रिपोर्टमा सूत्रलाई उधृत गर्दै जनाए अनुसार हतियार र विस्फोट चलाउन जान्ने १२ देखि १५ वर्षका बालकहरु भारतमा पसिसकेको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
 
फायल फोटो

यसबारेमा जासुसी एजेन्सीले शुक्रवार मात्रै अलर्ट पनि जारी गरिसकेका छन् । यो सूचनापछि एसपीजी, एनसीआर पुलिस र जासुसी एजेन्सीलाई उच्च सर्तक अवस्थामा राखिएको छ ।
 
अघिल्लो स्वतन्त्रता दिवसमा मोदी लाल किल्लाबाट निक्लेपछि आफ्नो सुरक्षा दस्तालाई नबताइ बालबालिकासँग मिल्न उनीहरुको बीचमा पुगेका थिए ।
 
आईएसआईएस मोदीको यही कम्जोरीबाट फाइदा उठाउँदै उनीमाथि निशाना बनाउनका लागि बालकहरुलाई प्रयोग गर्ने तयारीमा लागेको हो । प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएको स्पेशल प्रोटेक्शन ग्रुप ९एसपिजी० यो सूचना आएपछि उच्च सतर्क अवस्थामा बसेको छ ।
 
प्रधानमन्त्रीलाई निशाना बनाउनका लागि तयार गरिएका बालकहरुसँग जोडिएको सूचना मिलेपछि एसपीजी र सलाहकारलाई त्यसबारेमा गरिएको छ ।
 
सुरक्षा अधिकारीहरुले गत सालको जस्तै यो पटकको स्वन्तन्त्र दिवसमा सुरक्षा घेरा नतोड्न पनि प्रम मोदीलाई आग्रह गरेका छन् ।
 
यो सूचना आएपछि दिल्ली पुलिस चनाखो अवस्थामा बसेको छ। भारतीय गृहमन्त्रालयले स्पेशल सेललाई उपनि अलर्ट बनाएर उसलाई सर्च अपरेशन जारी राख्न निर्देशन दिएको छ ।
 
यसभन्दा अघि गोवामा आइएससँग जोडिएको एक बेवारिसे चिठ्ठीमार्फत रक्षामन्त्री मनोहर पर्रिकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धमकी दिइएको थियो ।
 
तर पर्रिकरले चिठ्ठीबारे सूचना लिएपछि यो धम्कीलाई ५० पैसोको पोस्टकार्ड मात्रै भएको जनाएका थिए । उनले आफ्नो र प्रम मोदी दुबैको ज्यानमा कुनै असुरक्षा नरहेको स्पष्टिकरण दिएका थिए ।
 
आईएसले केही दिनअघि बालकहरुको कठोर शारीरिक तालिमसँगै मेशिनगन र रकेट लन्चर हानिरहेको भिडियो सार्वजनिक गरेको थियो ।
 
पाकिस्तान र अफगानिस्तानका आतंकवादी क्याम्पमा पनि बालकहरुलाई पनि तालिम दिने गरिएको छ । बालकहरुलाई तालिम दिने आतंकवादी संगठनमा एक अन्सार  पनि रहेको छ । जुन संगठनले आईएसललाई भारतमा कदम राख्नन मद्दत गरिरहेको छ ।
 
यो पटक सबैभन्दा ज्यादा अलर्ट भारतमा जारी गरिएको छ । भारतको स्वतन्त्रता दिवसमा पहिलो पटक दिल्लीको राजपथमा फ्रान्सको सेनाले पनि भारतीय सेनासँगै परेड खेल्ने भएकाले यो अलर्ट जारी गरिएको हो ।
 
राजपथमा परेड खेल्नका लागि फ्रान्सेली सेनाको टुकडीले भारतीय सैनिकसँगै फुल ड्रेस रिहर्सल पनि गरिसकेको छ।  
 
यसभन्दा अघि जासुसी एजेन्सीले अलर्ट जारी गर्दै आईएसआईएस भारतमा पनि फ्रान्सको राजधानी पेरिसमा जस्तै हमला गर्ने योजना बनाइरहेको जनाएका थिए ।

 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top