७३ वर्षीया महिलाले जन्माइन जुम्ल्याहा छोरी !


Friday, 6 Sep, 2019 9:21 AM
२० भदौ, काठमाडौं । भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एकजना ७३ वर्षीया बृद्धा महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । महिलाको नाम येरामति मंगायम्मा हो र उनले गएको बुधबार बिहान १०ः३० बजे सिजेरियन गरेर जुम्ल्याहा बच्चाको जन्म दिएकी बीबीसीले जनाएको छ ।

उनको अपरेसन गर्ने चिकित्सक उमा शंकरले बीबीसीलाई बताएअनुसार आमा र जुम्ल्याहा छोरीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको छ । छोरीहरुलाई आगामी २१ दिन सम्म चिकित्सकको निगरानीमा राखिने उनले बताएकी छन् । 

जुम्ल्याहा बच्चालाई जन्म दिने यी महिला विश्वकै सबैभन्दा बढी उमेरकी महिला हुने अपेक्षा गरिएको छ । सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने विश्वकै रेकर्डमा अहिलेसम्म स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाम रहेको छ । उनले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । 

यद्यपि कतिपय मानिसको विश्वास छ कि यो रेकर्ड भारतकै ओमकारी पनवारको नाममा रहेको थियो ।  ओमकारीले सन् २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चाको जन्म दिएको बताइने गरेको छ । 

मंगायम्माले खुसी जनाउँदै भनेकी छन, ‘मान्छेहरुले मलाई निःसन्तान महिला भन्ने गर्थे । त्यतिबेला  साह्रै दुःख लाग्थ्यो । यस कारणले मैले बच्चा जन्म दिने फैसला गरेँ । मेरो जीवनमा यो सबैभन्दा खुसीको पल हो ।’

उनका पति यरामति सीताराम राजारावले भने,‘अब म खुसी छु । यो सबै चिकित्सकहरुका कारण सम्भव भयो । हामी अनेक अस्पतालमा गएर अनेकौं उपाय अपनायौं । एक पटक फेरि प्रयास गर्नका लागि हामी यो अस्पतालमा आयौं ।

यहाँ आएको दुई महिना भित्रै मेरी पत्नी गर्भवती भइन् । हामी गएको ९ महिनादेखि अस्पतालमै छौं । मानिसहरु हामीलाई निःसन्तान व्यक्ति भन्थे । अब यो सकिएको छ । हामी अब यी दुवै छोरीको राम्रो रेखदेख गर्नेछौं ।’

यो दम्पती पहिलाको पूर्व गोदावरी जिल्लाको नेलापर्तिपडु गाउँमा बस्दै आएको थियो । 

उनीहरुको विवाह सन् १९६२ को मार्च २२ का दिन भएको हो । बच्चाको चाहनामा यो दम्पती कैयौ वर्षसम्म अस्पतालको चक्कर लगाउँदै आएको थियो । 

केही  पहिला जब यही क्षेत्रकी ५५ वर्षीया महिलाले आइभीएफ अर्थात् टेस्टट्युब बेबी प्रक्रियामार्फत् बच्चालाई जन्म दिइन् त्यतिबेला यो दम्पतीले पनि सोही प्रक्रियाद्वारा बच्चाको जन्म दिनका लागि प्रयास गर्ने तय गर्यो । 

गएको वर्ष यो दम्पती गुंगूरको  क्लिनिकमा गए  । डा. उमा शंकरले सबै परीक्षण गरेपछि उनीहरुको औषधि शुरु गरेका थिए । महिलामा बढ्दो उमेरसँगै शुक्राणुको संख्या कम हुँदै जान्छ र ३५ वर्षपछि निकै तीब्र गतिमा यसको कमी हुने गर्छ । मंगायम्माको रजोनिवृत्ति रोकिइसकेको थियो । यसले गर्दा बिनाकुनै चिकित्साकीय परामर्श उनी गर्भवती हुनु सम्भव थिएन ।

गर्भधारणका लागि यो दम्पतीले एक दातासँग अण्डाणु लिएका थिए । त्यसपछि आइभीएफ तरिकाबाट उनका पति सीताराम राजारावको शुक्राणुमा त्यसलाई मिलाइयो । यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा रोपित गरिएको थियो । 

बृद्धा महिलाका लागि गर्भधारण एक जटिल प्रक्रिया हो । यस्तो मामिलामा अधिक सावधानीको आवश्यकता पर्ने चिकित्सकहरु बताउँछन् । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top