cg electronics
nlic

काठमाडौंमा मर्निङ र इभिनिङ वाक स्वास्थ्यका लागि झन् खतरनाक


Saturday, 7 Apr, 2018 3:07 PM
काठमाडौं जिन्दगी यति व्यस्त छ शारीरिक तन्दुरुस्तीका लागि कसरत गर्ने फुर्सद पनि धेरैलाई हुँदैन । तर, बिहान या बेलुका थोरै समय निकालेर हिँड्ने बानी धेरैले बसाल्न थालेका छन् । कयौं काठमाडौंवासी मर्निङ वाक र इभिनिङ वाकमा निस्किने गरेको देखिन्छ । स्वास्थ्यप्रति चिन्तित भएर नै विहान तथा बेलुका हिँड्ने, दौडिने या कसरद गर्ने गरिन्छ । तर, केही रिसर्च तथा विज्ञहरुले काठमाडौंमा विहान र बेलुका नै वायुप्रदूषण बढी भएको चेतावनी दिने गरेका छन् । उनीहरुले मर्निङ र इभिनिङ वाक गर्नेले काठमाडौंमा वायु प्रदूषणको असर बढी खेप्नुपर्ने बताएका छन् । 

सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइप बिछ्याउने काम भइरहेकाले अहिले धुलोको मात्रा काठमाडौंमा अत्यधिक छ । सवारी साधनबाट निस्कने धुवाँले त वायु झन् प्रदूषित छ । उपत्यकामा बढ्दो सवारी साधन, इँटाभट्टा, उद्योग र फोहर बाल्दा निस्कने धुवाँले पनि वायु प्रदूषणमा मुख्य भूमिका खेलेको छ । करीब ५० लाख मानिसको बसोबास गर्ने काठमाडौंमा यस्तो धुवा र धुलोले ‘स्लो प्वाइजन’को काम गरिरहेको छ । 

प्रदूषणले मानिसको स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पारिरहेको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत बताउँछन् । धुलो र धुवाँले रुघाखोकी, फेक्सोको निमोनिया, श्वासप्रश्वासको समस्या तत्काल निम्त्याउने समस्या हुन् । तर, दीर्घकालीन रुपमा दम, फोक्सोको क्यान्सर, मुटुलगायतका गम्भीर रोग यसैले निम्त्याउने डा. बस्नेत बताउँछन् । वायु प्रदूषणले अबको १० वर्षपछि दम र मुटु रोगीको संख्या निकै बढ्ने उनको अनुमानसमेत छ । 

बिहान र बेलुकी बढी प्रदूषण किन ?
वातावरण विभागले देशको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गरी कार्ययोजना तय गर्न देशभर वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ । हालसम्म पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुर, सौराहा, लुम्बिनी र पोखरामा तीन गरी १२ स्टेशनको स्थापना गरिसकेको विभागका सहायक प्रवक्ता मोहनदेव जोशी बताउँछन् । 

त्यसको २४ घण्टे तथ्यांक केलाउँदा दिउँसोको समय (११ देखि ४) कम तथा बिहान र बेलुकीको समय बढी प्रदूषण देखिएको छ । वार्षिक तथ्याँक केलाउँदा कात्तिकदेखि माघसम्म अत्यधिक प्रदूषण हुने गरेको पाइएको छ । 

उपत्यकाको कचौरा आकारको भौगोलिक अवस्थाले बिहान, बेलुका तातो र चिसो हावा तलमाथि पर्ने समय हुने हुँदा प्रदूषण बढ्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा मेघनाथ धिमाल बताउँछन् ।  

जाडो याममा सबै इँटाभट्टा बढी चल्ने र पानी कम पर्ने भएकाले वायु प्रदूषण दोब्बर हुन्छ । अनुसन्धान प्रमुख डा धिमाल भन्छन्, ‘परिषद्को अध्ययनमा उपत्यकाको वायु सरकारले तोकेको मापदण्डभन्दा तेब्बर र विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा आठ गुणा बढी प्रदूषित पाइयो ।’ 

कपडाको सामान्य मास्कले धुलो धुवाँका साना कण रोक्न नसक्ने भएकाले प्रदूषणबाट बच्न गुणस्तरीय मेडिकल मास्क लगाउनुपर्ने विज्ञको सुझाव छ ।

धुलोभन्दा धुवा हानिकारक 
काठमाडौंको हानिकारक प्रदूषणको (पिएम) स्रोतमा सवारी साधन ३८, धुलो २५, कृषि कार्य १८ र इँटाभट्टा ११ प्रतिशत रहेको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी बताउँछन् । 

वायु प्रदूषणको तात्कालिक समस्या धुलो भएपनि दीर्घकालीन समस्या भने सवारी साधनबाट निस्कने धुवाँ हो । उद्योग कलकारखाना, इँटाभट्टाबाट निस्कने धुवाँ र फोहरको नियमित अनुगमन र नियमन नहुँदा समस्या विकराल बन्दै छ । उपत्यकाका अस्पतालहरुबाटै  बिना प्रशोधन निस्कने पानी र फोहरले पनि स्वास्थ्यमा असर पारिरहेको छ । 

उपत्यकामा हाल ११२ इँटाभट्टा छन् । त्यसमध्ये ११० चिम्नीमा आधारित रहेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउँछन् । 

वातावरणविद् भूषण तुलाधर स्वास्थ्यका लागि धुलोभन्दा धुवाँ बढी घातक भएको तर्क गर्छन् ।  ‘धुलो क्षणिक समस्या हो र धुलोको कण धुवाँको तुलनामा ठूला हुन्छन् । तर धुवाँमा बढी हानिकारक र साना रासायनिक कण हुन्छन् ।’ 

धुवाँको प्रदूषणले क्यान्सरलगायत गर्भवती महिला र गर्भको शिशुको वृद्धिमा समेत नकारात्मक असर पार्ने वातारवणविद् तुलाधर बताउँछन् । 

 


Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

७ बैशाख, काठमाडौ । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए । 

​बालुवाटारमा ओली–दाहालबीच निर्णायक वार्ता

७ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । ९ बैशाखमा हुने भनिएको एकता तत्कालका टरेपनि आजको वार्ता सकरात्मक भयो भने सोही मितिमा एकता घोषणा हुने सम्भावना अझै पनि बाँकी छ । आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता मानिएको छ । ओली–प्रचण्डबीच विहीबार ३ घण्टा एक्लाएक्लै 

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने सभापति देउवाको तयारी

७ बैशाख, काठमाडौ । चुनावी पराजयको समीक्षालगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित भएको थियो । बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नु पर्नाका कारणको खोजी भइरहेको नेताहरुले जनाएका छन् । 

अन्तर्राष्ट्रिय

भारतमा नोटको अभाव, नेपालमा कस्तो असर पर्ला ?

६ बैशाख काठमाडौ । यसै हप्ता भारतको मध्यप्रदेशका एक किसानले आफ्नी छोरीको बिहेका लागि श्रीमतीको गहना धितोमा राखे। साहुबाट लिएको ऋण रकम संकलन गर्न दुई दिनदेखि उनी बैंक धाइरहेका छन्। तर उनलाई नगद अभावको कारण देखाउँदै बैंकले रित्तो हात फर्कारहेको छ। एटिएममामानिसहरू लामबद्ध भएको विगतको जस्तो निराशावादी अवस्था कम्तीमा पाँचवटा प्रदेशमा देखिएको छ। यो समस्या आन्ध्रप्रदेश, तेलंगना, कर्नाटका

प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन्। 
महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्। त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने,‘यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले 

​अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

३ बैशाख, एजेन्सी । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ । अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top