siddhartha
gharjaggakosathi

मुसामा प्रेम र यौन आकर्षणको रहस्य


Thursday, 7 Sep, 2017 7:44 AM
एउटा ताजा अध्ययनमा वैज्ञानिकहरुले मुसामा पाइने त्यो न्युरोन पत्ता लगाएका छन्, जसबाट उनीहरुको नरप्रति यौन आकर्षण हुने गर्दछ । यो शोधका अनुसार मुसामा अक्सिटोसिन हर्मोनका कारण सक्रिय हुने न्युरोन (तन्त्रिक कोशिका)को एउटा सानो समूह सेक्ससम्बन्धी व्यवहारमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ ।

वैज्ञानिकहरुले जब यो कोशिकालाई निश्क्रिय गरे, तब मुसामा अक्सिटोसिनको असर भएन । ‘लभ हर्मोन’ (प्रेम हर्मोन)को नामले प्रचलित अक्सिटोसिनलाई पहिला नै कयौ सामाजिक अन्तरंगताहरुका लागि जिम्मेवार मानिएको छ।

सेल नामक पत्रिकामा प्रकाशित अध्ययनअनुसार यो हर्मोनबिना पोथी मुसा नर मुसाप्रति बिल्कुल आकर्षित हुँदैनन् । यो न्यूरोन पोथी मुसाको प्रिफ्रंटल कार्टेक्स (मष्तिस्कको अगाडिको भाग) मा पाइने गर्दछ।  मष्तिस्कको यो भाग व्यक्तित्व, सिक्ने क्षमता र सामाजिक व्यवहारका लागि निकै महत्वपूर्ण मानिन्छ ।

जब यो हर्मोनलाई रोकियो र ती कोशिकाहरुलाई शान्त गरियो तब यौन सक्रियताको समयमा पनि पोथी मुसा नर मुसाप्रतिको आकर्षण अन्त्य भयो । बाँकी समय पोथी मुसाले नर मुसासँग सामान्य व्यवहार देखायो ।

अध्ययन गर्ने न्युयोर्कका रकफेलर विश्वविद्यालयको शोध टिमका सदस्य नैथेनियल हिंट्जले बीबीसीसँग भने–यसको अर्थ यो होइन कि यसका लागि केवल यही हर्मोन जिम्मेवार छ, किनभने हर्मोनले दिमागको कयौ हिस्सामा काम गर्दछ । तर, यो अवश्य हो कि यी कोशिकाहरुको आवश्यकता पोथी मुसाको सामाजिक व्यवहारका लागि आवश्यक छ।

शोधकर्ताहरुले आफ्नो अध्ययनमा नर मुसाको तुलनामा पोथी मुसामा पाइने न्युरोन अक्सिटोसिनप्रति बढी तिब्रताका साथ प्रतिक्रिया दिने गरेको समेत पाए । डा. हिंट्जका अनुसार मानिससमेत अन्य जीवमा पनि यस्तै हुने सम्भावना रहेको बताए । एजेन्सी
 


Ruslan

paicho

bussewa

राजनीति

​राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

६ माघ, सिरहा । नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

देउवालाई रामचन्द्र पौडेलको चुनौती : ‘दम भए कारबाही गरेर देखाउनुहोस् ’

६ माघ,काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

अन्तर्राष्ट्रिय

भारतको नयाँ दिल्लीमा ​सडक दुर्घटनामा परी सातको मृत्यु

६ माघ, एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् । 

सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकी ,रुस र चीन जस्ता प्रतिस्पर्धीमा केन्द्रित

६ माघ । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ ।अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताएका हुन । राजधानी वासिङ्टनमा गरिएको एक कार्यक्रममा रक्षामन्त्री 

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुला

६ माघ,सोल  । चार वर्षपछि पहिलोपटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top