siddhartha

सत्ताको भोका कमल थापा र विजय गच्छदार, प्रचण्ड सरकारमा भित्रिने भयो ‘मुसा प्रवृत्ति’


Thursday, 12 Jan, 2017 3:41 PM

 
• प्रशान्त ओझा / टिप्पणी


नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन सरकारबाट समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार गठनका लागि नेपाली कांग्रेससँग गरिएको ‘भद्र सहमती’ अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ३ महिनापछि प्रधानमन्त्री पद छाड्नु पर्ने छ । कांग्रेससँग भएको सहमतीअनुसार उनी ९ महिना (साउन १९ देखि चैत १९ सम्म) का लागि प्रधानमन्त्री भएका हुन् । र, त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पद हस्तान्तरण गर्नु पर्ने छ । तर, सरकारको आयु ३ महिनाभन्दा कम रहेका अवस्थामा पनि केही व्यक्तिलाई भने मन्त्री नभइ भएको छैन ।

सरकारको आयु छोट्टिदै जाँदा राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई मन्त्री हुने हतारो छ । बिजय गच्छदारले त सरकार गठनकै बेला मन्त्री बन्नका लागि ड्रेस सिलाइ सकेका थिए । त्यतिबेला सत्तारुढ दलभित्रको विवाद र मधेसी मोर्चाको दवावका कारण गच्छदारको मन्त्री बन्ने चाहाना पूरा हुन सकेन । तर, अहिले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गराउन दुई तिहाइ मत चाहिए पछि  गच्छदारको मन्त्री बन्ने बाटो खुलेको छ । संशोधनको पक्षमा मतदान गर्ने सर्तमा मधेसी मोर्चा पनि गच्छदारलाई ‘हरियो घाँस’ खुवाउन राजी भएको हो । 

केपी ओलीको सरकार अल्पमतमा परे पनि अन्तिमसम्म साथ दिने सहयात्रीमध्ये कमल थापा प्रमुख पात्र हुन् । त्यतिबेला ओली सरकारबाट समर्थन फिर्ता लिएर प्रचण्डले गल्ती गरेको भन्ने थापा अहिले प्रचण्डकै नेतृत्वमा उपप्रधानसहित परराष्ट्र मन्त्रालय पड्काउने दाउमा छन् । सायद उतिबेलाको त्यो बोली अहिले उनले भुलिसकेका होलान् ।  



दुई राप्रपाबीच एकीकरण पछि कमल थापा संसदमा शक्तिशाली भएका छन् । त्यसैले उनलाई उपप्रधानसहित परराष्ट्र मन्त्रालय चाहिएको छ । ‘राजासहितको हिन्दु राष्ट्र’ चाहिन्छ भन्ने उनलाई गणतन्त्र नेपालको मन्त्री बन्न कुनै हिचकिचाहट छैन । केपी ओली नेतृत्वको सरकारमा परराष्ट्र र स्थानीय विकास मन्त्रालयको नेतृत्व गरीसकेपछि कमल थापाले अचेल राजतन्त्रको कुरा गर्न छाडिसकेका छन् । खाटी गणतन्त्रवादी प्रचण्डले नेतृत्व गरेको सरकारमा सहभागी भएपछि थापाले ‘हिन्दु राष्ट्र’को एजेण्डा पनि त्याग्न बेर लाउने छैनन् । किनकी उनलाई एजेन्डाको हैन पैसा र पावरको राजनीति गर्नु छ । 

यसअघि ११ पटक मन्त्री भइसकेका विजय गच्छदार अब सञ्चारमन्त्री बन्न राजी भएका छन् । र, अहिले उनी १२ औं पटक मन्त्री बन्ने लगभग पक्का पक्की भइसकेको छ । नेपालको सबैभन्दा बढी पटक मन्त्री हुने नेताको किर्तिमानी पनि गच्छदारले बनाउन लागेका छन् । यसमा उनलाई हिनताबोध हुँदैन, बरु गौरव महशुष गर्छन् ।  

  
प्रचण्ड सरकामा ‘मुसा प्रवृत्ति’ 


नेपाली राजनीतिको संसदीय इतिहासमा २०५४ सालदेखि ‘मुसा प्रवृत्ति’ चर्चित छ । कमल थापाले आफ्नै पार्टीका नेता लोकेन्द्र बहादुर चन्द नेतृत्वको (राप्रपा–एमाले) गठवन्धन सरकार ढाल्न मतदान गरे पछि ‘मुसा प्रवृत्ति’को चर्चा सुरु भएको हो । चन्द नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री रहेका कमल थापाले नेपाली कांग्रेसको समर्थनमा सरकारविरुद्ध पेस भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गरेर आफैं सहभागी सरकार ढालेका थिए । उक्त अविश्वास प्रस्तावमा राप्रपाकै अर्का नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको थियो  ।

त्यही बेला संसद्लाई सम्बोधन गर्दै चन्दले मुसा प्रवृत्तिको प्रसंग उठाएका थिए । जो अहिले पनि नेपालको राजनीतिक इतिहासमा बदनामीको एक सन्दर्भका रुपमा स्थापित छ । संसदलाई सम्बोधन गर्ने बेला चन्दले कमल थापालाई लक्षित गर्दै भनेका थिए, ‘मुसाले आज आफैँ सवार जहाज काटेर दुर्घटना गराएको छ र त्यो मुसा अर्को जहाजमा पुगेको छ । मुसाले मेरो जहाज दुर्घटना गरायो भनेर साथीहरू दंग हुनु जरुरी छैन । त्यो मुसाले भोलि तपाईंहरू सवार जहाजलाई पनि काटेर कुनै पनि बेला दुर्घटना गराइदिन सक्छ । किनभने, मुसा प्रवृत्तिले कसैलाई पनि फाइदा पुर्याउँदैन ।’

र, अब प्रचण्ड सरकारमा पनि मुसा प्रबृत्तिले स्थान पाएको छ । कांग्रेससँगको सम्झौताअनुसार अबको ३ महिनापछि प्रचण्ड सरकारबाट बाहिरिने लगभग पक्का पक्की छ । तर, विजय गच्छदार र कमल थापा जस्ता ‘मुसा’ भने आफ्नो स्थान सुरक्षित गर्न फेरि नयाँ भूमिकामा देखिने छन् । उनीहरुको हकमा राजनीतिक मूल्य मान्यता लागू नै हुँदैन । बस सत्ता चाहिन्छ, जसरी भए पनि ।   

 



paicho

nepal life

bussewa

राजनीति

​कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री कोइराला

११ असार, विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा  कांग्रेस पराजित भए लोकतन्त्र कमजोर हुने बताएकी छन् ।विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै  पर्ने बताइन् ।

​नेता महताको निधनमा एमालेबाट दुःख व्यक्त

११ असार, काठमाडौं । नेकपा(एमाले)ले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ । वि सं २०२८ मङ्सिर २५ गते जन्मिएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको

​मधेसी–जनजातिका माग सम्बोधन गर्न आवश्यकः नेता गुरुङ

११ असार, पाँचथर । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउका छन् । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा राज्यले सबै दल 

अन्तर्राष्ट्रिय

पाकिस्तानमा तेल ट्यांकरमा आगलागी, १२३ भन्दा बढीको मृत्यु, कैयौं घाइते

११ असार, काठमाडौं । पाकिस्तानको पञ्जाव प्रान्तको सूवे स्थित बहावलपुर शहरमा एक तेल ट्यांकरमा आगलागी हुँदा एकसय जना भन्दा बढीको मृत्यु भएको छ । 

​बङ्गलादेशमा ट्रक दुर्घटनामा परी १६ जनाको मृत्यु

११ असार, ढाका । बङ्गलादेशको उत्तरी क्षेत्रमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । उत्तरी राङ्पुर जिल्लामा सडकबाट चिप्लिएर ट्रक दुर्घटना भएको हो । 

​इदको पूर्वसन्ध्यामा करिब सात सय सिरियाली कैदी रिहा

११ असार, सिरिया । सिरियाली सरकारले मुस्लिम धार्मिक पर्व इद उल फित्रका अवसरमा ६ सय ७२ जनालाई कैद मिनाह गर्दै रिहा गरेको छ ।राष्ट्रपति बसर अल असदविरुद्धको विद्रोहमा सघाएका केही लडाकुसहित अन्य कैदीबन्दीलाई रिहा गरिएको हो ।

विचार / ब्लग

​राजपाको आन्दोलन : बहिस्कार गरेर बैद्य माओवादी बन्ने या तराईको पहिलो शक्ति ?

राष्ट्रिय जनता पार्टी राजपाले आइतबार निर्बाचनमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । राजपाको आन्दोलनका कार्यक्रम यस्ता छन् कि आफुले बहिस्कार मात्र होइन, जनताले भोट हाल्न पनि नपाउन् भन्ने उद्देश्यले गरिएको आमहड्तालसहित । सरकारले पटक पटक लचिलो ढंगले प्रस्तुत भएर निर्वाचनको मिति सार्दा पनि राजपा सहमत हुन सकेन ।

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

अभाव, अशिक्षा, गरिबी, बेरोजगारी, जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, देउकी प्रथा, कमलहरी, हलिया, कमैया, सुकुम्बासी लगायतका शब्दले दिइने सुदूरपश्चिमको परिचय फेरिदै गएको छ । ‘सुदूरपश्चिम’ को सट्टा अब ‘सुन्दर सुदूरपश्चिम’ भन्न थालिएको छ । सुदूरपश्चिम बाहिरबाट आउनेहरुका आँखामा अभावै अभाव र समस्यै समस्याको सुदूरपश्चिम भएपनि सुदूरपश्चिमेली भने ‘सुन्दर सुदूरपश्चिम’ देख्न थालेका छन् । 
Top