HIMALAYAN HYDRO
nlic

नेपाल एकीकरणमा मुस्लिम समुदायले पुर्याएको योगदान : बन्दुक चलाउन उनैले सिकाए


Friday, 11 Jan, 2019 11:56 AM
पृथ्वीनारायण शाह भन्ने गर्थे–‘नेपाल चार वर्ण र छत्तिस जातको साझा फूलबारी हो’ बास्तवमा हेर्दा नेपाल एकीकरणमा यहाँका सबै जातजातिको ठूलो योगदान रहेको छ । नेपाल निर्माणको महाअभियानमा पृथ्वीनारायण शाहले जुन जाति र समुदायसँग जस्तो खालको सहयोग लिन सकिन्छ तिनीहरुलाई त्यसरीनै परिचालन गरेको पाइन्छ । त्यसो त नेपाल एकीकरणमा अन्य समुदायको धेरै चर्चा हुने गरे पनि मुस्लिम समुदायको गदानको भने खासै चर्चा हुने गरेको पाइँदैन । तर नेपाल एकीकरणमा सैन्य क्षेत्रमा मुस्लिम समुदायले गरेको योगदान निकै महत्वपूर्ण छ । काठमाडौं, गोरखा, लमजुङ, स्याङ्जा, अर्घाखाँची आदि पहाडी भेगमा पहाडी मुसलमानको बसोबासको इतिहास निकै लामो छ 


नरभूपाल शाहको गोरखा दरबारका पुरोहित भानु जोशीले भारतको सीमावर्ती सहर गोरखपुरनिवासी ठाकुर दयारामसिंह (मधेसी राजपुत)की छोरी पृथ्वीनारायणका लागि योग्य वधू रहेको निक्र्योल गरे। आमा चन्द्रप्रभालाई पनि जोशीको कुरा जँच्यो । आमा र पुरोहितको छनोटमा पृथ्वीनारायणले नाइँनास्ती गरेनन् । अन्ततः अहिलेका मधेसीको भिनाजु बन्ने गरी उनले राजपुतकन्या नरेन्द्रलक्ष्मी (बिहेपछि परिवर्तित नाम) लाई दोस्रो पत्नी बनाए ।

मकवानपुरका हेमकर्ण सेनकी छोरी राजकुमारी इन्द्रकुमारीसँग पृथ्वीनारायणले त्यसअघि नै विवाह गरेका थिए । तर, ससुरालीसँग मनमुटाव परेका कारण जेठी श्रीमती मकवानपुरतिरै बस्दै आएकी हुनाले पृथ्वीनारायणले आफूसँग गद्दीमा बस्ने पटरानी पनि नरेन्द्रलक्ष्मीलाई तोके ।
महाभारत डाँडाको उत्तर फैलिएका राज्यका कुनै पनि राजा र राजकुमारले मैदानका स्त्रीसँग बिहे नगर्ने चलनलाई खारेज गरेर पृथ्वीनारायणले सामाजिक क्रान्ति गरे । 
राज्याभिषेकपछि पहाडी राजाले कार्यकाल सफलताको कामना गर्दै बनारस गएर पूजा गर्ने चलन थियो, त्यति बेला । पृथ्वीनारायण पनि गए । उनले गोरखा वरपरका राज्य विजय गर्ने सपना देखिसकेकै थिए । त्यही उद्देश्यमा यो यात्रालाई ‘पशुपतिनाथको यात्रा, सिद्राको व्यापार’ बनाउन चाहे । बनारसमा हिन्दु आराध्यदेवको पूजाअर्चनापछि उनी गोरखाको फौजी सामथ्र्य अभिवृद्धि गर्न हातहतियार खरिदपट्टि लागे ।
विजय अभियान टुंगोमा पु¥याउन धेरैभन्दा धेरै बन्दुक आवश्यक रहेको उनले बुझिसकेका थिए । किनकि गोरखाका कतिपय छिमेकी देशले बन्दुक चलाउन थालिसकेका थिए । त्यति बेला एउटै बन्दुकलाई ६० रुपैयाँजति पथ्र्यो, जुन गोरखाजस्तो गरिब देशका लागि चानचुने रकम थिएन । उनले केही थानमात्रै खरिद गर्न सके । 

गोरखाली फौजका निम्ति बन्दुक नितान्त नौलो हतियार थियो । उनीहरूलाई बन्दुक चलाउन तालिम दिनुपथ्र्यो । यसका लागि बन्दुकको मर्मतसम्भार, एसेम्बलिङ, निर्माण आदिमा पारंगत व्यक्तिको खाँचो थियो । त्यही खाँचो पूरा गर्न उनले लखनउबाट तीन मुसलमानलाई साथ लिएर नेपाल आए । ती तीन मुसलमान थिए— शेख जरबार, महोमद ताकी र भेसा सिंह । (दिव्योपदेश, नेपाल ल कमिसन, पृ. ८)।
गोरखाली पल्टनलाई तालिम दिने र हतियार मर्मत, एसेम्बलिङलगायत काममा खट्ने गरी ती तीन मुसलमानलाई गोरखाली पल्टनमै भर्ती गरियो । उनीहरूलाई पल्टनको माथिल्लो पद एड्जुटेन्ट दिइएको थियो । यिनीहरूले गोरखाका तर्फबाट विभिन्न युद्धमा भागसमेत लिए ।
गोरखाली सेनामा उनीहरूको भर्तीपछि ‘सब–कम्ब्याट’ र वाण, घुँएत्रो आदि प्रयोग गरिने ‘मिसाइल कम्ब्याट’ आधारित परम्परागत ढाँचाको युद्धशैली बदलिँदै गयो र गोरखाली फौज आधुनिक बन्दै गयो । यसरी नेपाल निर्माण गर्ने गोरखाली फौजलाई आधुनिक बनाउनमा लखनउबाट आएका मुसलमानको ठूलो हात रहन गयो ।
काठमाडौं अन्तर्गतको नुवाकोट विजय गरेपछि पृथ्वीनारायणले त्यहाँ शस्त्र कारखाना खोले । त्यति बेला बन्दुकलाई आवश्यक पार्टपुर्जा, गोली आदि युरोपेली कालिगढले तयार पार्थे । यस्ता सामग्री भारतीय बजारबाट खरिद गर्नुपर्दथ्यो । त्यसका लागि पृथ्वीनारायण सेख जरबारलाई भारत पठाउँथे ।
बन्दुकको कुन्दाचाहिँ नुवाकोटमै बन्थ्यो । बन्दुक गोर्खालीका निम्ति नौलो भएकाले यसको निर्माण तथा प्रयोगमा उनीहरूले सुरुमा त्यति रुचि देखाएनन् । त्यसैले बन्दुक एसेम्बलिङ, मर्मत तथा युद्धमा यसलाई प्रयोग गर्ने काम पनि आरम्भमा मुसलमान सैनिककै काँधमा आइलागेजस्तो देखिन्छ । महोमद ताकीले विसं १८४५ मा भएको नेपाल–भोट युद्धमा लडेका थिए । 
पृथ्वीनारायणले काठमाडौं उपत्यका विजय गर्न खोज्दा कलकत्तास्थित इस्ट इन्डिया कम्पनीले काठमाडौंका राजा जयप्रकाश मल्ललाई सघाउन क्याप्टेन किनलकको नेतृत्वमा एन्साइन हार्डी (जसलाई पृथ्वीनारायणले ’दिव्यउपदेश’मा हाँडिसाब भनेका छन) सहितको फौज पठायो । तर, सिन्धुलीछेउ पौवागडीमा गोरखाली सेनाले ब्रिटिस सेनाको लामलाई बडो कुशलतासाथ चिरेर दुई भागमा विभाजित गरिदियो ।

विभाजित ब्रिटिस सैनिकमाथि गोरखाली सैनिकले अकस्मात् धावा बोलेपछि ब्रिटिस सैनिकहरू हतियारै छाडेर टाप कसे । गोरखाले ब्रिटिस सेनाका ४००–५०० बन्दुक कब्जा ग¥यो । 
कब्जामा लिइएका यी हतियार चलाउन पनि तिनै तीन मुसलमानले गोरखाली सैनिकलाई तालिम दिए । त्यही तालिम नेपाल राष्ट्रलाई विशाल बनाउने अभियानमा मूल्यवान् सिद्ध हुन पुग्यो ।
मुसलमानलाई सैन्य विशेषज्ञका रूपमा राख्ने क्रम पृथ्वीनारायणको निधनपछि पनि जारी रह्यो । बहादुर शाहको प्रशासनमा नेपाली सेनामा मिर नजर अलीलाई मासिक २५ रुपैयाँ तलब दिएर राखिएको थियो । उनी धनुकाँड चलाउने मोर्चामा थिए । त्यति बेला नेपाली सेनाका निम्ति धनुकाँड चलाउने र बनाउने काममा १० जना मुसलमान, चारजना पञ्जाबी हिन्दु र एक सिख पनि थिए । 
रणबहादुर शाहको पालामा विसं १८५० मा मसेदिल नामका मुसलमानलाई महिनावारी ५०१ रुपैयाँ तलब दिएर राखिएको थियो । नेपाली पल्टनलाई तालिम दिने जिम्मेवारी पाएका उनलाई फौजमा सर्दारी मान दिइएको थियो । सैनिकलाई तोप, बम आदि प्रहार गर्नेलगायत सम्पूर्ण तालिम दिने जिम्मा उनैको थियो । शस्त्र कारखानाको समग्र व्यवस्थापन पनि उनैले हेर्ने गर्थे ।
शेर जरबारले गोर्खाली सेनामा आकर्षक ओहदा र सेवासुविधा पाएका थिए । पृथ्वीनारायणले विजय अभियान अघि बढाउन आर्थिक अभाव भएपछि रैकर जमिन रजबन्धकी राखी पैसा उठाउनु परेको थियो । सन् १८१२ मा उनै जरबारले रैकर जग्गा रजबन्धकी राखेर १८ सय एक रुपैयाँ राज्यलाई दिएका थिए । यसले नेपालमा सेखको आर्थिक हैसियत सबल रहेको देखाउँछ ।
जरबारको मृत्युपछि उनका सन्ततिले पनि सेनामा भर्ती भएर नेपालको फौजी सामथ्र्य बढाउन योगदान पु¥याए । जरबारका छोरा जाबर बक्स, जाबरका छोरा कादर बक्स, कादरका छोरा अकबर सेख आदि नेपाली सेनाको फौजी तथा आतसबाजी बनाउने मोर्चामा क्रियाशील भए । 
मुसलमानलाई फौजमा सामेल गर्नेमात्र होइन, अन्य सवालमा पनि पृथ्वीनारायण मुसलमानप्रति सद्भाव राख्थे । गोरखाली व्यापार गर्न जान्ने जात होइन रहेछ भन्ने हेक्का उनलाई सन् १७४७ देखि १७५३ सम्म कुतीतर्फबाट हुने तिब्बतसँगको व्यापार आफ्ना हातमा लिएपछि अझ राम्रोसँग भएको थियो । गोरखालीबाट राम्ररी व्यापार हुन नसक्ने देखेपछि उनले हिन्दु सन्यासी र काश्मिरी मुसलमानलाई अघि सारेका थिए । यसरी मुसलमान समुदायका व्यापारीले नेपालको जग स्थापना गर्न आवश्यक खर्च जोहो गर्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
जब कि काश्मिरी मुसलमानहरू पृथ्वीनारायणभन्दा उनका बैरी जयप्रकाशसँग बढी निकट थिए । तिब्बत र भारतबीचको व्यापार काठमाडौं अन्तर्गतका भूभागमार्फत हुने भएकाले काश्मिरी मुसलमानले यहाँ व्यापारिक कोठी स्थापना गरेका थिए ।
यति हुँदाहुँदै पनि काठमाडौं सर गरेपछि पृथ्वीनारायणले नेपालमा रहेका काश्मिरी मुसलमानलाई सजाय दिएनन् । किनलकको फौज ल्याएर गोरखालाई काठमाडौंबाट धपाउन षड्यन्त्र बुन्ने काममा संलग्न काश्मिरी मुसलमानप्रति पनि उनले सद्भाव देखाए । यस्तै काममा संलग्न इसाई धर्म अँगालेका केही नेवार, युरोपका इसाई पादरीहरू र हिन्दु गोसाईंलाई देशनिकाला नै गरे । तर, काश्मिरी मुस्लिमलाई चाहिँ उनीहरूका व्यापारिक केन्द्रमाथि अनेक खालका प्रतिबन्ध लगाउने काममात्र गरे । यसरी हेर्दा नेपालको एकीकरणमा मुस्लिम समुदायको योगदान अन्य समुदायको भन्दा कम देखिदैन । 


Ruslan

machha bank

ime

राजनीति

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

१ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए

मुख्यमन्त्री पोखरेल : शुभकामना

१ माघ, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताएका छन् ।मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पुर्याउँदै आएको विश्वास व्यक्त गरेका छन् ।शुभकामना सन्देशमा विविधतायुक्त

पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयार : सभामुख महरा

१ माघ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन् ।नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । ‘विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले

अन्तर्राष्ट्रिय

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

३० पुस, बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत 

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

३० पुस, तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ । तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top