syangyong
cg

मिठो सपना बोकेर विदेशीएका म्याग्देली युवाको दर्दनाक बेदना

सन्तोष गौतम


Monday, 15 Jan, 2018 2:20 PM
१ माघ, म्याग्दी ।  नेपालीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् ।

राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान गुमाएका छन् । यस्तैमध्येका एक हुन् – म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका ३६ वर्षीय धनमान पुर्जा ।

‘यूरोप पुगेर धेरै पैसा पठाउँछु र हामीलाई पनि उतै लैजान्छु भन्नुहुन्थ्यो’, धनमानकी श्रीमती दालसुवाले गहभरी आँशु पार्दै भन्छिन् – ‘तर कहिल्यै नर्फकने गरी यो संसारबाट बिदा हुनुभयो ।’ लिबियादेखि सामुद्रिक बाटो हुँदै इटाली छिर्न नेपालबाट निस्किएका पुर्जाको सपना मानव तस्करले डो¥याएको बाटोमै चकनाचुर भयो ।

पुर्जाका श्रीमती, चार छोराछोरी र आफन्तले अन्तिम पटक उनको अनुहार समेत देख्न पाएनन् । कात्तिक १२ गते लिबियाबाट ट्युवको डुङ्गामा बसेर इटाली लैजाने क्रममा पुर्जाको निधन भएको उनीसँगै गएका नेपालीले एनआरएनए, स्विट्जरल्याडस्थित नेपाली दूतावासमार्फत परिवारलाई खबर पठाएका थिए ।

अवैध रुपमा गएको र अर्थाभावका कारण उनको शव नेपाल ल्याउन नसकेपछि उतै सद्गत गरेर परिवारले मगर संस्कार अनुसार काज किरिया गरेका थिए । धनमानका तीन छोरा र एक छोरी छन् । बा¥ह वर्षीय जेठा छोरा अपाङ्ग छन् । ‘गरगहना धितो राखेर, ऋण खोजेर पठाएका थियौं’, दालसुवा भन्छन् ।

विदेश जाँदा लागेको ऋण तिर्ने, छोराछोरी पढाउने, घरव्यवहार चलाउने जिम्मेवारी दालसुवाको काँधमा आएको छ । खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका पुर्जा परिवार घरमूलीको निधनपछि विचल्लीमा परेका छन् ।

पुर्जाले वैदेशिक रोजगारीका क्रममा दुई वर्ष युएई र दुई वर्ष बहराइनमा काम गरेका थिए । इटालीस्थित शरणार्थी शिविरमा रहेका धनमानसँगै गएका नेपालीहरुका अनुसार १२ जनालाई दुबई, टर्की र लिबिया हुँदै इटाली छिराउन मानव तस्करहरुले अफ्रिकी मूलका आप्रवासीहरुसँगै सामुद्रिक डुङ्गामा जोखिमपूर्ण यात्रा गराएका थिए ।

चार वर्षअघि अवैध बाटो भएर अमेरिका जान हिँडेका धौलागिरि गाउँपालिका ७ ताकमका पृथ्वी केसीको समुद्रमा डुबेर निधन भएको थियो । केसीसँगै गएका म्याग्दीकै युवाले सामान बोक्ने डुङ्गामा कोचिएर समुद्र पार गर्ने क्रममा डुबेर केसीको निधन भएको परिवारलाई जानकारी गराएका थिए ।

पाखापानीका पुर्जा र ताकमका केसीको निधनले म्याग्देली युवा मानव तस्करको फन्दामा परेर अवैध बाटो भएर यूरोप र अमेरिका जाने प्रलोभनमा ठगी र दुःखमा फसेको पुष्टि गरेको छ ।

देशको अस्थिर राजनीति, विकराल बेरोजगारीको अवस्थाबाट निराश भएका सोझासाझा युवालाई वैदेशिक रोजगारीका नाममा पर्यटक भिसामा खाडीका देशमा लैजाने र अलपत्र पार्ने समस्या पनि उत्तिकै छ ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले आप्रवासीहरुप्रति अपनाएको कठोर नीतिका कारण अवैध बाटो भएर अमेरिका पुगेका नेपालीहरु फर्कन थालेका छन् । एक वर्ष पहिलेसम्म त्यहाँ पुगेका नेपालीहरु केही महिना शरणार्थी शिविरमा बस्ने र पछि अदालती प्रक्रिया पूरा गरेर वैधानिक हुने गरेका थिए ।

नेपालबाट भिजिट भिसामा युएईको दुबई पु¥याउने र युएईको सारजाँ अजमानमा कोठा भाडा लिएर महिनौं राख्ने अनि जलमार्ग हुँदै लिबियाको बाटो भएर यूरोप पु¥याउने गरेको अमेरिका पुगेर फर्किएका बेनपा ६ का दीपक शर्माले बताए। यूरोपका बेल्जियम, चिली, क्यानडा, पोर्चुगल, इटाली, स्पेन लगेर रोजगारी दिने भन्दै एक जनाबाट कम्तीमा २०÷२५ देखि ५०÷६० लाख लिने गरेका उनले गुनासो गरे।

मानव तस्करहरुले देखाउने प्रलोभन भन्दा त्यहाँको वास्तविकता फरक रहेको छ । बाटोमै तीनदेखि चार महिना लाग्ने गरेको छ । सुरक्षाकर्मीको आँखा छल्दै समुद्र र जंगलको बाटो हिड्नुपर्छ । दक्षिण अफ्रिकी द्वन्द्वग्रस्त मुलुक मेक्सिको, कोस्टारिकाको बाटो भएरसमेत केही म्याग्देली अमेरिका छिरेका बताइन्छ ।

‘पछिल्लो समय आप्रवासीहरुप्रति लिएको कठोर नीतिका कारण यूरोप, अमेरिकामा आएर वैधानिक बन्न जटिल बनेको छ’, अमेरिकामा रहेका होम पुन भन्छन्, – ‘जोखिमपूर्ण यात्रा, अवैध बाटो भएर यहाँ आइपुगे पनि वैधानिक बन्ने, काम पाउने र कमाइ हुने सम्भावना न्यून छ ।’

अवैध बाटोबाट यूरोप वा अमेरिका पुगेका नेपालीले पहिले द्वन्द्वका कारण विस्थापित भएको र अहिले भूकम्पका कारण घरबारविहीन भएको भन्दै वैधानिक बन्नका लागि त्यहाँको अदालत जाने गरेका छन् । त्यसका लागि नेपालमा द्वन्द्व र भूकम्पपीडितको नक्कली कागजात बनाउने गरेका छन् ।

पछिल्लो समय शरणार्थीको नाममा पुगेकाहरुलाई त्यहाँका प्रहरीले समातेर सिधै सम्बन्धित देशको दूतावासमार्फत आफ्नै देश फिर्ता पठाउन थालेको छ । आप्रवासी कामदारहरुको अधिकारकर्मी डा. मीना पौडेलले मानव तस्करले विभिन्न बहाना र प्रलोभनमा पारेर नेपालीहरुलाई तस्करी गरिरहेकाले सचेत हुनुपर्ने बताए ।

‘वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि स्वीकृति प्राप्त देशमा आफ्नै देशको विमानस्थलबाट मात्र जानुपर्छ’, पौडेलले भने – ‘अवैध रुपमा जाँदा ठगिने र दुःख पाउने समस्या हुन्छ ।’

वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको विप्रेषणले म्याग्दीको अर्थतन्त्र धानिए पनि सुरक्षित र व्यवस्थित बनाउन कसैले चासो देखाएका छैनन् जसका कारण म्याग्देली युवालाई अदक्ष कामदारका रुपमा विदेशिन मार्ग प्रशस्त गरेको छ । अवैध बाटो भएर विदेशिँदा ठगी र जोखिम दुबै हुनेतर्फ सबै पक्ष सचेत हुनु आवश्यक देखिन्छ ।
– रासस


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

अन्तर्राष्ट्रिय

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top