esewa

एनएसीको वाइडवडी जहाज १२ भदौमा जापानको ओसाका उड्ने, टिकट बुकिङ खुल्यो


Wednesday, 12 Jun, 2019 2:44 PM
२९ जेठ, काठमाडौं । १९ असारमा जापानको ओसाका उडान गर्न असमर्थ नेपाल वायुसेवा निगमले अर्को मिति सार्वजनिक गरेको छ। निगमले १२ भदौमा काठमाडौं–ओसाका उडान गर्ने नयाँ मिति सार्वजनिक गरेको हो। निगमले टिकट बुकिङसमेत आजैदेखि खुल्ला गरेको जनाएको छ।

निगमले १९ असारदेखि जापानको ओसाका उडान गर्ने भन्दै प्रचार गरेको थियो। उडानको मिति आउने समयमा निगमले टिकट बुकिङ नभएको भन्दै २५ दिन अगाडि रद्द गरेको थियो। निगमले एयरबस ३३०–२०० सिरिजको वाइडवडी जहाज खरिदसँगै ओसाका उडान गर्ने बताउँदै आएको भएपनि अहिलेसम्म सफलता पाउन सकेको छैन।

निगमले जापान जाने यात्रु नपाएकाले उडान तालिकालाई भदौमा सार्ने निर्णय गरेको जनाएको छ।  तर निगम स्रोतका अनुसार ओसाकामा उडान अनुमतिको प्रक्रियानै नटुंगिएपछि यात्रु बुकिङको बाहना बनाएको थियो। जापानको नारितामा उडान अनुमति पाइसकेको अवस्थामा कार्यकारी अध्यक्ष बनेका मदन खरेलले ओसाका उडानको लागि प्रक्रिया सुरू गरेका थिए।

निगमले एयरबस ३३०–२०० सिरिजको जहाज खरिद गरेको एक वर्ष पूरा भइसक्दा पनि लामो दूरीको उडान गराउन सकेको छैन। निगमले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तयारी गरेको थियो ।

सन् १९९४ देखि सन् २००७ सम्म साताका दुई उडान गरेको थियो। जहाज अभाव हुदैं गएपछि आकर्षक मानिएको जापानको गन्तव्य निगमले गुमाएको हो। विगतमा निगमले बोइङ ७५७ सिरिजको न्यारोवडी जहाजमार्फत ओसाका उडाउँदै आएको थियो। जुन अहिले पनि छ।

नेपाली विद्यार्थी तथा रोजगारी भिसामा वर्षेनी हजारौ नेपाली जापान जाने गरेका छन्। हाल एक लाखभन्दा बढी नेपाली जापानमा रहेको अनुमान छ भने जापानसँग सिधा हवाई उडान नहुँदा नेपाल आउने जापनी पर्यटकको संख्यासमेत बढ्न सकेको छैन।

नेपालमा सिधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटन संख्या प्रत्येक वर्ष घट्दै गएका छन। सन् २००३ मा निगमले काठमाडौं–ओसाका उडान गर्दा २७ हजार चार सय १२ पर्यटक नेपाल भित्रिएका थिए। अहिले निगमले दुइटा वाइडवडी, दुइटा एयरबस ३२० सिरिजका न्यारोवडी जहाज र एउटा बोइङ ७५७ सिरिजको न्यारेवडी जहाजमार्फत नौ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ।

 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : प्रचण्ड

९ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। सोमबार  माडी नगरपालिकाको तेस्रो नगरसभामा उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताए। अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उनको भनाइ थियो। कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनले बताए। अहिलेको परिवर्तन

नेकपाका सांसदको शिक्षा मन्त्रालयलाई प्रश्न-शिक्षा देखिएको विकृतिलाई कसरी अध्ययन गरिरहेको छ?

९ असार, काठमाडौं । सत्तारढ दलकै सांसदले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिबारे  शिक्षा मन्त्रालयको धारणा माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको विषय उल्लेख गर्दे उनले शिक्षामा लामो समयदेखि देखिँदै आएको विकृति र विसंगतिलाई शिक्षा मन्त्रालयले कसरी अध्ययन गरिरहेको छ भनी 

सुरङ मार्गलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री महासेठ

९ असार, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत भौतिक पुर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएको प्रश्नको जवाफ दिदै उनले सरकारले सुरङ मार्गको लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको बताए । विकास र पुर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोही अनुसार बजेट राखिएको उनले 

अन्तर्राष्ट्रिय

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

९ असार, सोल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन्। दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ। ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेको बताएका हुन्। सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्न हुने जनाइएको छ। यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको

इरानसँग वार्ताको लागि पूर्व शर्त छैन : ट्रम्प

९ असार, काठमाडौं । पछिल्लो समय अमेरिका र इरानबीच विवाद बढ्दो छ । आइतबार मात्रै अमेरिकाले इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् । सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई इरानको परमाणु सम्झौताबाट हटाउँदै तेहरानमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्प भारतजस्ता देशलाई इरानबाट तेल खरिद गर्न रोक्न चाहन्थे । पत्रकार सम्मेलनमा पत्रकारहरुले राष्ट्रपति ट्रम्पलाई सोधेका 

भारत: हिमालमा वेपत्ता ७ जना पर्वतारोहीको शव फेला

९ असार, नयाँ दिल्ली । भारत–तिब्बत सीमा प्रहरीको एक उद्धार टोलीले आइतबार नन्दादेवी पूर्वमा एक हिमाली टाकुरामा ७ जना विदेशी पर्वतारोहीको शेव फेला पारेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ७ मध्ये एक शव महिलाको रहेको छ । सबै पर्वतारोही ती हप्ता पहिला नन्दादेवीमा आएको हिम पहिरोमा परेका थिए । र वेपत्ता भएका थिए । भारतको उत्तराखण्ड राज्यमा पर्ने नन्दादेवी हिमाल चढ्न पर्वतारोही त्यसतर्फ गएका थिए । प्रहरीको टिमले सोमबार बाँकी रहेका एक अन्य पर्वतारोहीको शव खोजी गर्नेसमेत जनाइएको छ । पर्वतारोहीको शव

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top