संस्थागत विद्यालय,राज्य र नागरिकको दायित्व


Sunday, 28 Feb, 2016 2:41 PM



नेपालमा संस्थागत विद्यालय र सरकारको बिचमा लामो समयदेखि दोहरी चलीरहेको छ । कहिल्यै तिव्र र कहिल्यै मथ्थर भएर चल्ने यो दोहरीको तिव्रताले संस्थागत विद्यालयका सञ्चालकहरुलाई समय–समयमा महाभुकम्प ल्याउने गर्छ । कानुनी रुपमा सरकारका केही नीतिगत अस्पष्टता अनी संस्थागत विद्यँलयका कहिकतै देखिने लापरवाही यो विषयका पाटा भएतापनि सरकारको अनुगमन प्रणालीमा देखिएको कमजोरी नै यसको मुख्य कारक हुनसक्छ । 

नीति निर्माताले आफ्नो व्याक्तिगत लाभ हेरेर नियम बनाउनु अनी कार्यान्वयनकर्ताले संस्थागत विद्यालयलाई आफ्नो बिना लगानीको दुहुन गाइ बनाउन खोज्नुले यो विषय तात्ने र सेलाउने गर्छ । वैज्ञानिक ढङले नीति निर्माण गर्नु र त्यसको प्रभावकारी कार्यान्वयन गराउनु सरकारको दायित्व हो भने देशको प्रचलित कानुनको अक्षारंश पालना गर्नु त्यस देशका सम्पुर्ण नागरिकको कर्तव्य हो । 

– गणेश प्रसाद खतीवडा
कमजोरी यहि छ र यो कमजोरी दुवै पक्षबाट भएको छ । वर्षौदेखि लागु नगरिएको कुराहरु एकैचोटी कार्यान्वय गराउन खोज्ने सरकार र वेवास्ता गर्दै आएका विषयलाई नीरन्तरता दिने मनसायमा निजी क्षेत्र रहने हो भने यसले समाधानको साटो समस्यामात्रै निम्त्याउछ । क्रमिक रुपमा लागु गराउने र पालना गर्ने मध्यमार्गी बाटो खोज्ने हो भने केही समयको अन्तरालमा शर्प पनि मर्ने र लाठी पनि नभाचिने अवस्था आउन सक्छ । 

देशमा आएको विनासकारी भुकम्प अनी भारतले लगाएको नाकाबन्दी पश्चिात उब्जीएको समस्याको सामाधानमा भएको देशका ठेकेदाहरुको उदासिनता पछि संस्थागत विद्यालयलाई भारतको अप्रत्यक्ष सहयोगमा सरकार तथा कर्मचारीतन्त्र नै बन्द गराउदै नेपाली विद्यार्थीहरु भारततर्फ गएर पढ्न वाध्उ बनाउने खेलमा लागेका त होइनन भन्ने शंका गर्ने अवस्था देखिदैछ । यदि जिम्मेवार पक्ष नै यसरी कालोबजारी र कमीसनको खेलमा लाग्न उत्सुक हुने हो भने शिक्षा क्षेत्र मात्रै होइन सिङगो देशको अस्तीत्व नै संकटमा पर्न सक्छ ।

नेपालको शिक्षा विकासको लागि निजि क्षेत्रको अत्यन्त महत्वपुर्ण भुमिका रहेका कुरा छर्लङ्ग छ । शिक्षाकै नाममा वर्षेनी वाहिरीने ठुलो रकमलाई रोक्नेदेखि उत्कृष्ट शिक्षा प्रदान गर्न संस्थागत विद्यालय सफल छन । देश तथा विदेशमा दक्ष कामदारको रुपमा बिक्न सक्ने सक्षम जनशक्ति संस्थागत विद्यालयले उत्पादन गरेका छन् ।

विप्रेषणको भारमा चलेको मुलुकमा विप्रेसन भित्र्याउन सहयोग गर्ने संस्थालाई कसरी नराम्रो रुपमा लिनु ? बेरोजगारले भरिएको ठाउमा हजारौ मानिसलाई रोजगारी दिनु पनि त पुण्यकर्म नै हो । संस्थागत विद्यालयमा बारम्बार उठीरह्ने प्रश्न भनेको उनीहरुले उठाउने शुल्क नै हो । सरकारले सामुदायिक विद्यँलयमा अध्ययन गर्ने विद्यार्थीहरुमाथी गरेको प्रतिलगानी संग तुलना गरेरै हेर्ने हो भने संस्थागत विद्यालयले उठाएको शुल्क न्युन नै हुनजान्छ ।

मासिक रु १ सयदेखि १ लाखको हाराहारीमा शुल्क उठाउने विद्यालयहरु उपलब्ध भएको ठाउमा त्यसलाई महंगो भन्ने कि सस्तो ? मानिसहरुले आफ्नो इच्छा,चाहना र क्षमताअनुसारको विद्यालय रोज्न पाउनु पनि त प्रजातान्त्रिक अधिकार नै हुनजाला । सफा कपडा र टाइ भिरेर हिड्दैमा उसले महंगो शुल्क उठाएर धनि वन्यो भन्ने सोच्नु मुर्खता सिवाय अरु केही होला र ?

देशको प्रचलित कानुनभन्दा माथी कोही हुदैन् । सरकारी निकायले कानुनको कार्यान्वयनमा सहजीकरण गर्नुपर्छ । मानवीय दृष्टिले उचित लाग्ने काम कसैले गर्छ भने कानुनी दायरा फराकीलो वनाएर उसलाई सहयोग गर्नु न्यायोचित हो । कानुनलाई उचित ढङगले पालना गरेर राज्यलाई सहयोग गर्नु हामी सवैको दायित्व वा कर्तव्य हो । त्यसैले सरकार र संस्थागत विद्यालय दुवैले आ–आफ्नो कमजोरी भए सच्याउदै दिर्घकालीन समाधानको बाटो पहिल्याउनु नै आजको आवश्यकता हो ।

 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ सजार ४ सय जना मात्र कोरोना संक्रमित, ७६ हजार २ सय उपचारछि निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top