ghaderi
esewa

के सेक्समा प्राप्त हुने ‘आनन्द’ नाप्न सकिन्छ ?


Tuesday, 11 Sep, 2018 10:57 AM
विश्वमा मानव मात्र एक यस्तो प्राणी हो, जसका लागि यौन सम्बन्धको उद्देश्य प्रजननमात्र नभई आत्मिक सुख पनि प्राप्त गर्नु हो । इटलीका वैज्ञानिक एवं रोम टोर भर्गेटा विश्वविद्यालयमा मेडिकल सेक्सोलोजीका प्राध्यापक इम्यानुअल जनीनीका अनुसार मानवबीच बन्ने सबन्धमा प्रजननका साथै यौन सुखको पनि निकै महत्व हुन्छ ।

उनका अनुसार वैज्ञानिकले यौन सम्बन्धका क्रममा प्राप्त हुने सुखद अनुभव या आनन्दलाई मापन गर्ने कोशिश गर्दै आएका छन् । सेक्स र यसबाट प्राप्त हुने आनन्दसँग जोडिएको एक प्रश्न सधै समाजमा सोधिन्छ, सेक्सका दौरान महिला र पुरुषले कति यौन सुख प्राप्त गर्छन् होला ?
अर्को शब्दमा यसलाई कामोत्तेजना या अर्गाज्म भनिन्छ । प्राध्यापक जनीनीले इटलीका कयौं विश्वविद्यालयका अनुसन्धानकर्मीसँग मिलेर महिलामा अर्गाज्म (कामोत्तेजना) मापन गर्न एक अनुसन्धान गरे । उनको अनुसन्धानको प्रतिवेदनलाई जर्नल प्लस वानमा ‘अर्गाज्मोमिटर–एफ’ नामबाट २९ अगष्टमा प्रकाशित गरियो । पहिलोपटक महिलामा प्राप्त हुने अर्गाज्मबारे अध्ययन गरिएको हो । यो अध्ययनमा महिलाको अर्गाज्म मापन गर्नका लागि साइकोमेट्रिक टुलको प्रयोग गरियो ।
प्रोफेसर जनीनी भन्छन, ‘हाम्रो उद्देश्य थियो सेक्ससँग सम्बन्धित अलग क्रिया, जस्तो सम्भोग, हस्तमैथुन र अन्य यौन तरिकाबाट महिलामा यौन सुखको मात्रा मापन गर्नु ।’

के हो अर्गाज्मोमिटर ?
प्राध्यापकका अनुसार अर्गाज्मोमिटर कुनै उपकरण या मेशिन होइन । अर्गाज्मोमिटरको अर्थ हो, अर्गाज्म या यौन सुखलाई मापन गर्नु । जसरी पीडा मापन गर्ने कुनै उपकरण छैन, अर्गाज्म मापन गर्ने पनि कुनै उपकरण हुँदैन ।
उनी अगाडि भन्छन, ‘विश्वमा पीडानाशक औषधिलाई एनालग स्केलअनुसार मापन गरेर बेचिन्छ । पीडा र आनन्द दुवै एक सिक्काका अलग पाटा हुन, यसैले यसलाई मापन गर्न कुनै मेशिनको साटो स्केल प्रयोग गर्न सकिन्छ, जसरी स्केलबाट पीडाको मात्रा पत्ता लगाउन सकिन्छ, हामीले त्यही स्केलको माध्यमबाट अर्गाज्मको मात्रा मापन गर्योे, किनभने यी दुवै अनुभूतिको सम्बन्ध मष्तिष्कको एउटै भागबाट हुन्छ, कुनै एक चिजले कसैलाई पीडा दिन सक्छ भने त्यही चिजले अर्को व्यक्तिलाई सुख दिन सक्छ ।’
प्राध्यापक जनीनी भन्छन, ‘महिलामा यौन सुखका लागि क्लिटोरिस सबैभन्दा महत्वपूर्ण भाग हो, तर यसबाट सधै आनन्द नै प्राप्त हुन्छ भन्ने छैन । बलात्कारमा पनि यौन सम्बन्ध हुन्छ, क्लिटोरिसमार्फत् उत्तेजना पैदा गर्ने प्रयास हुन्छ । तर यस्तो यौन सम्बन्धमा पीडा हुन्छ । हाम्रो मष्तिष्कले सन्देश दिन्छ, यो यौन सम्बन्धमा पीडा छ, आनन्द होइन ।’
कसरी भयो यस्तो अध्ययन ?
यो अध्ययनमा ५ सय २६ महिलालाई सामेल गरिएको थियो । जसमा १ सय १२ महिलामा यौनसम्बन्धी कुनै न कुनै समस्या थियो । अन्यमा भने समस्या थिएन । उनीहरुलाई एक अनलाइनको माध्यमबाट छनौट गरिएको थियो। अनुसन्धानकर्ताहरुले वेबसाइटका माध्यमबाट जवाफ दिनुपथ्र्यो ।
महिलालाई सोधिएका कयौं प्रश्नमध्ये एउटा अर्गाज्मोमिटरसम्बन्धी थियो । महिलाहरुले उनीहरुका अर्गाज्म सुखलाई ० देखि १० सम्मको अंक दिनुपथ्र्यो । शुन्यको अर्थ थियो कुनै अर्गाज्म हुँदैन । १० को मतलब थियो, पूर्ण रुपमा सन्तुष्टि ।
महिलाहरुले तत्काल जवाफ दिनुपर्दैनथ्यो । उनीहरुले यौन क्रियाको तत्कालै या केही हप्ता या महिनाभरमा जवाफ दिन सक्थे । सेक्स सम्बन्धका बारेमा प्राध्यापक जनीनी भन्छन, ‘कुनै पनि व्यक्तिले हस्तमैथुन, सम्भोग, ओरल सेक्स या अन्य कुनै पनि सेक्स प्रक्रियामध्ये कुनमा बढी आनन्द प्राप्त भयो भन्नेबारेमा बताउन सक्थे ।’
प्राध्यापक जनीनीका अनुसार यौन सुखमा पुरुषको हात, उसको लिंग या जिब्रोको सबैभन्दा बढी भूमिका हुन्छ भन्ने सोचको परम्परावादी हो, अध्ययनबाट यौन सुखमा आधा भूमिका महिलाको पनि हुन्छ भन्ने तथ्य प्राप्त भएको छ । ‘जसरी पुरुषमा कहिलेकाही शीघ्रपतन हुन्छ, महिलामा पनि अर्गाज्म प्राप्त गर्न कहिले कम या कहिले बढी समय लाग्छ, यौन सम्बन्धको आनन्द महिलाका लागि परिवर्तन भइरहने कुरा हो ।’ उनी भन्छन् । अर्गाज्म महिलाको उमेरसँगै पनि बढ्दै जाने हुन्छ ।

‘तर अर्गाज्मको सिधा सम्बन्ध उमेरसँग हुन्छ भनेर हामी भनिरहेका छैनौं, जब महिलामा महिनावारी हुन्छ, उनीहरुको अर्गाज्ममा पनि परिवर्तन हुन्छ । महिलामा ३० देखि ३५ वर्षको उमेरमा अर्गाज्मको स्तर उच्च हुन्छ,’ प्राध्यापक जनीनी भन्छन् । उनका अनुसार महिलामा अर्गाज्म कस्तो हुन्छ भनेर थाहा पाउन हस्तमैथुन सबैभन्दा राम्रो तरिका हो । यसका अलावा महिलामा अर्गाज्ममा धेरै फरक हुन्छ, जबकी पुरुषमा यो धेरै हदसम्म समान हुन्छ ।
साभार : बीबीसी हिन्दी


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

महाधिवेशन गर्न ढिलाई गर्न नहुने-राजपा नेता

११ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दवाव दिन सुरु गरेका छन्। तीन दिनयता काठमाडौंमा जारी राष्ट्रिय जनता पार्टी, नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दवाव दिएका हुन्। बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए। राष्ट्रिय जनता पार्टी, नेपालको यही वैशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन 

विद्यालयको सुधार अभियानमा सबै जुट्नु पर्छ-शिक्षामन्त्री पोखरेल

११ वैशाख, काठमाडौं । सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए। बुधबार भक्तपुरमा सुरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले ‘हामी सुर्धाछौं हाम्रो सार्वजनिक विद्यालय’ भन्ने नारालाई सार्थक बनाउने गरी सार्वजनिक विद्यालयहरुको सुधार 

राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ-मुख्यमन्त्री शाही

११ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् । सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए। ‘हामी अहिलेसम्म आयातमा निर्भर छौँ’, मुख्यमन्त्री शाहीले भने, ‘अब निर्यातलाई वृद्धि गर्न उत्पादन वृद्धिको योजना ल्याउन जरुरी छ ।’ कर्णालीको विकासको पहिलो प्राथमिकता भौतिक पूर्वाधारको विकास भएको 

अन्तर्राष्ट्रिय

हात बाँधिएका किशोर भाग्न खोजेपछि सेनाद्वारा गोली प्रहार

११ वैशाख, काठमाडौं । इजरायलका सेनाले आँखामा पट्टी लगाइएका र हात बाँधिएका एक प्यालेस्टाइनी किशोरमाथि गोली प्रहार गरेका छन्।१५ वर्षीय किशोर ओसामा अल–बादेनले इजरायलका सेनालाई ढुंगा प्रहार गरेको सेनाको आरोप छ। ढुंगा आक्रमणपछि सेनाले उनलाई पक्राउ गरेको थियो। सेनाले नियन्त्रणमा लिएपछि उनको आँखामा पट्टी लगाइदिएका थिए, हात बाँधिदिएका थिए। यद्यपी उनी त्यस्तो अवस्थामा समेत भाग्न खोजेका थिए। भाग्न खोज्दा सेनाले पेस्तोलले उनको खुट्टामा गोली प्रहार गरे। उनको दुवै खुट्टामा गोली लागेको छ। यस घटना गत 

उत्तर कोरियाली नेता किम रुसमा

११ वैशाख, भ्लादिभोस्तक । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघिनै घोषणा गरिसकेको छ । यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले बताएका छन् ।  तर उनले  

चीनको रासायनिक कारखानामा विष्फोट, ३ जनाको मृत्यु

११ वैशाख, चीन । चीनको भित्री मङ्गोलिया क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विष्फोटमा तीन जनाएको ज्यान गएको छ । भित्री मङ्गोलियाको उलानचाब शहरमा रहेको एक निजि रासायनिक कारखानामा विष्फोट हुँदा अरु ५ जना घाइते भएका चिनको समाचार संस्था सिन्ह्वाले जनाएको छ । बुधबार सबेरै २ बजेर ५५ मिनेटको समयमा उलानचाब शहरमा रहेको डोङ्सीङ केमीकल कारखानामा विष्फोट हुँदा आगलागी समेत भएको थियो । चीनमा बेलाबेला औद्योगिक दुर्घटनाहरु हुँदै आएका छन् । गत मार्च महिनामा मात्रै चीनको जियाङ्सु प्रान्तमा रहेको 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top