siddhartha
chunaav bises

स्वर सम्राटका कालजयी सिर्जना र स्वर


Tuesday, 5 Dec, 2017 1:33 PM
मंसिर १९, स्वरसम्राट नारायणगोपाल यस लोकबाट बिदा भएको २७ बर्ष पुगेको छ ।  २७ बर्ष भयो नेपाली स्रोताहरुले उनका नयाँ गीत सुन्न नपाएको । तर, सम्झनाका लागि उनका सिर्जना र स्वर जीवित छन् । त्यो स्वर जसमा अदभूत मिठास र गाम्भीर्यता थियो, मान्छेका माया, प्रेम र बिरहका मर्मस्पर्शी भावहरु उनको स्वरमा सर्लक्क अटाएका थिए र नै त उनी यस लोकबाट बिदा भएर जाँदा लाखौं नेपालीको आँखा रसाएका थिए । उनी आज पनि सर्वाधिक सुनिने र मन पराइने गायकको कोटीमा पर्दछन् ।

त्रि–चन्द्रमा तबलाबादक
नारायणगोपालले पहिलो पटक त्रि–चन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना मित्रहरूको आग्रहमा मञ्चमा उत्रिने आँट गरे । जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए ।  काठमाडौं किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए ।  नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गर्थे । तर, नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउँथे । ‘उनले हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउथ’े प्रेमध्वज स्मरण गर्दछन् ।

माणिकरत्नको घर एक किसिमको संगीतशाला जस्तै थियो, कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए । नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो । उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे । प्रेम–माणिकले आफ्नै संगीतमा गाउन सुरु गरिसकेका थिए । नारायणगोपाललाई नयाँ शैलीको संगीतको भोक जागेको थियो । त्यसैले उनले आफ्नै संगीतमा छ ओटा गीत तयार गरे । ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए । उनले त्यस संकलनमा चारओटा एकल, ‘स्वर्गकी रानी’ ‘आँखाको भाखा आँखैले’, ‘भो–भो मलाई नछेक’ ‘मधुमासमा यो दिल’ र दुइटा युगल – ‘बिछोडको पीडा’ र ‘ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो’ गीत गाए । यि गीतको रेकर्डिङ भारतको कोलकतामा गरिएको थियो । त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो । उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे । उनी युवा हृदयका प्रिय गायक नै मानिए । उनले त्यसपछि विस्तारै आफ्नो गायनमा परिवर्तन ल्याए ।  उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो । यसै समय नेपाली संगीतमा उदाएका पुष्प नेपाली, बच्चु कैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे । उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, प्रतिस्पर्धी र समकालीनसँग विचारविमर्श गर्न थाले ।  यसै क्रममा उनको भारत दार्जिलिङ्को भ्रमण गरे । बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जी्लिङबाट दुई कुरा पाए । पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमाललाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगीतकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा ।

गोपाल योञ्जनसँगको मितेरी साइनो
गोपाल योञ्जनसितको मितेरी साइनोपछि उनको गायनमा ठूलै क्रान्ति आयो । नारायण–गोपाललाई मीत लगाइदिने ईश्वरवल्लभको भाषामा–‘नारायणगोपाल त्यसपछि नेपाली हृदयका गायक भए’ । उनले युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, बियोगका र बिरहका गीत गाउन थाले । उनी यस समय साँच्चै नेपाली संगीतमा नायक भएर देखापरे । बीसको दशकमा उनको सक्रियताले नेपाली सुगम संगीत स्वर्णिम युगमा प्रवेश गरिसकेको थियो । यो समय नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत खोजेर रचेर गाउन थालिसकेको कालावधि थियो । तर, यही समय पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम सुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो । यसलाई जित्न वा छोप्न नेपाली सांगीतिक जगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो । यही क्रममा नारायणगोपालले गोपाल योञ्जनसँग मिलेर असाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए । 

‘बिर्सेर फेरि मलाई नहेर’ ‘चिनारी हाम्रो धेरै पुरानो’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘लौ सुन म भन्छु मेरो रामकहानी’ जस्ता गीतले गोपाल योञ्जनलाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा विशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक बन्न पुगे । उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे । त्यही समय उनी हरेक संगीतकार प्रिय गायक भए । त्यतिवेला उनले युग बनिसकेका संगीतकार नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम संगीतका एक छवि बन्न पुगे । उनलाई चेतनाका गायक पनि भन्न थालियो । बीसको दशकमै उनले आफ्ना प्रशंसिका पेमालासँग विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा र केही समय हेटौँडा भयो ।  यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसँग र हेटौँडामा गीतकार संगीतकार भीम विरागसँग उठबस सुरु भयो यसको परिणमतः उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए । भूपी शेरचनको ‘सानै हुरीमा बैँसको सपना’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा’ र भीम विरागको रचना र संगीतमा ‘तिमीले पनि मजस्तै माया दिएर हेर’ गाए । प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मीतज्यू गोपाल योञ्जनलाई जान्छ । पहिलोपल्ट नारायणगोपाललाई ‘स्वरसम्राट’ भन्ने व्यक्ति कवि भुपी शेरचन हुन । २०२८ सालमा पोखराको एक कार्यक्रममा भुपिले नारायणगोपललाई स्वर सम्राट भनेर सम्बोधन गरेका थिए । पछि गोरखा दक्षिणबाहू दिँदा राजा विरेन्द्रले पनि स्वर सम्राट नै भनेर गरे । यसरी नारायणगोपाल निर्बिबाद स्वरसम्राट भए ।

परिवर्तनको संघारमा
हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौं आए र जागीरे भए नाचघरमा । आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले । नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए । उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरू गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरूलाई छोड्दै गए । त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसँग हुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो । उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नशमसेर थापाबाट पनि टाढिए । उनका गीत गाउनै छोडिदिए । उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल बन्दको अवस्था बन्न पुग्यो । उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसँग पनि दुरी बढाए ।

आफ्ना मितज्यू गोपाल योञ्जनको विवाह पछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन आयो । उनी एक्कासित परिवर्तनको नयाँ सँघारम पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो । त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे । त्यो दोस्रो इनिङमा उनले ‘सँधै नै म हाँसे तिमीलाई रुवाई’ ‘मायाको आधारमा सम्झौता नै हुन्छ’ ‘बिपना नभइ’ जस्ता गीतले उनलाई पुर्नस्थापित हुने मौका दियो । यसैसमय उनको गीतकार क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकु¥यालसँग उठबस शुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए । संगीतकारमा नयाँ पुस्तामा शम्भुजित बास्कोटा, भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे ।

असफलता
एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लश्कर पनि थिए । उनी पहिलो पटक स्वर परीक्षमा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए । चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए । उनी सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए ।  यसको दाग उनलाई जीवनभर लागिरह्यो ।

चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए । फुटबल खेलका पारखी थिए । चेसका खेलाडी थिए । उनी भान्सामा कुशल भान्से थिए । र, शौखिन फोटोग्राफर पनि थिए । उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे । उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या लिएर भारतको दार्जिलिङ् डुवर्स,साम्ची बाहेक नेपालमा पोखरा, नारायणघाटमा समेत कार्यक्रम गरे । उनले आफ्नै सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे । मानिसलाई प्रकृतीले नै पूर्ण बनाएको हुँदैन । उसका केही न केही कमजोरी हुन्छन् नै । उनमा पनि केही कमजोरी थिए । तर गाएकको रुपमा उनी पूर्ण थिए ।  उनी भन्थे–‘म गाउँछु केवल जनताको लागि गाउँछु’



 


Ruslan

paicho

bussewa

राजनीति

​सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे । 

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै : रक्षामन्त्री प्रधान

२९ मंसिर, काठमाडौ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक

​तराई मधेसमा भएका विभिन्न आन्दोलनबारे गठित छानविन समितिले बुझायो प्रतिवेदन

२९ मंसिर, काठमाडौं ।  तराई, मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धि घटना छानविन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय

​वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

२९ मंसिर, काठमाडौं ।  विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । 

​अष्ट्रेलियामा बाल यौन दुव्र्यवहारको कहालिलाग्दो अवस्था, सेना देखि धार्मिक संस्थासम्म बने अखड

२९ मंसिर, एजेन्सी । अष्ट्रेलियामा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनमा बालबालिकको सुरक्षाका लागि एउटा अलग्गै राष्ट्रिय निकाय गठन गर्ने सहितका चारसयवटा सुझावहरु समेटिएका छन् । उक्त शाही जाँच आयोगको प्रतिवेदन १७ वटा खण्डमा बाँडिएको थियो ।

भारतको गुजरातमा फेरि भाजपाकै सरकार बन्ने सम्भावना : सर्वेक्षणहरु

२९ मंसिर,गुजरात । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी भाजपाको विजय हुने प्रारम्भीक चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति 

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top