प्रिय नरेन्द्र मोदी दाइ, धेरै धेरै धन्यवाद तिम्रो हेपाइमा मेरो राष्ट्रियता उँचो भएको छ


Wednesday, 18 Nov, 2015 12:58 PM
–यल पि अर्याल
 
यल पि अर्यालसर्बप्रथम त सगरमाथा र बुद्धको देशबाट न्यानो नमस्कार !

आज भर्खर ३५ सिटे बसमा १५० जना सबार हुलबाट फुत्किएर घर पुगी चुलो निभेको भोको पेटमै काठमाडौंमा तिम्रो सम्मानमा हल्लिएको यही हातले तिमीलाई यो चिठी लेख्दै छु । नन भेज चिठी लेख्ने गरी रिसको पारो चढेको थियो तर तिमी भेज भएको सुनेर भेज नै लेख्ने कोसिस गरेको छु । यो नेपाली सहनशिलताको नमुना पनि हो । यो चिठी तिमीसम्म पुग्ला या नपुल्गा तर तिम्रा केहि नेपाली अनुयायीहरु र तिम्रा कुटनितिक ज्ञानहिन कर्मचारीहरु ले चाही पक्कै पाउने आशा गर्छु । 

म नत भारतको भक्त हुँ नत भारत बिरोधी नै, फगत तिमी र तिम्रा कर्मचारीहरुको अपरिपक्क कुटिनितिक कर्मको कारण केही लेख्नै मन लाग्यो र मेरो बिरोध मात्र यही कुरामा हो । किनकी म छिमेक र छिमेकी भन्ने कुरा राम्रै सँग बुझ्ने प्राणी हुँ र इतिहास देखीको नेपाल भारत संबन्ध र यसका बहुआयमहरुको सम्मान पनि गर्दछु ।  


सर्बप्रथम यो जानकारी गराउन चाहन्छु कि तिम्रो काठमाडौं आगमनमा तिमीलाई सम्मान दर्साउन चोकचोकमा भेला भएका मानिसहरु अहिले माहामारीमा अधारभुत आबश्यकताको जोहोगर्नका लागि लाईनमा बसिरहेका छन । तिम्रो सवारीमा अभिबादन गर्न हल्लिएका नेपाली हातहरु जीप, बस र माईक्रोका छतहरुमा झुण्डी रहेकाछन । तिम्रो रबैया प्रती यती धेरै अक्रोश निस्किएको छ कि सायद तिम्रा कर्मचारीहरुले सही रिपोर्टिङ गरेनन होला ।

नेपालीले चाहेको र नेपाली जनप्रतिनिधीहरुले अत्यधिक मतले अनुमोदित संविधानमा तिम्रो असहमती रहेको कुरा ले ज्यादै न्यास्रो लागि रहेछ । अधुरै भएनी केहीँ आशाका किरण लिएर आएको हाम्रो संविधानमा  किन तिम्रो आँखा लाग्यो कुन्नी त्यो तिमीलाई मात्र थाहा होला सायद, तिमीले मान्ने देउता लाई पनि थाहा छैन होला किनकी तिमी यती चतुर रहेछौ कि तिम्रो सफा चेहरा भित्र कालो स्वार्थ लुकेको रहेछ । र त तिमीले तिम्रा सरकारी संरचना र नेपाली भक्तहरु मार्फत नाकाबन्दी गरी ताण्डब नृत्य नाचिरहेछौ । र यो नाङ्गो नाचले निम्त्याएको मानबिय संकटले उब्जाउने अतिबादले सायद हामीलाई भन्दा तिमीलाई नै बढी नोक्सान होला ।

के भूकम्प कालिन मानबिय सहयोग  बिश्वलाई देखाउने र जासुसी मिसनको लागी थियो ? होईन भने भूकम्पकालिन समय भन्दा पनि दयनिय समयमा तिमीले सहयोगको त कुरा छाडौ उल्टो नाकाबन्दीले हाम्रो घाँटी थिची रहेछौ । अझ तिम्रो सिमा भित्र जाने नेपालीले  सहनुपर्ने दुरव्यहाराको त कुरै छाडौँ । अनी तिम्रा सिमारक्षकले हाम्रा सुरक्षाकर्मी हरुलाई ढुङ्गामुडा गरीरहेको प्रस्ट भिडियो प्रमाणहरु देख्दा लाग्ने घृणाले त झनै आक्रोश थपेको छ प्रश्न गर्न चाहन्छु । यो कस्तो ऋषि मन हो तिम्रो ? यो कस्तो अपरिपक्क कुटनिती ? के तिम्रो देश साँच्ची अपरिपक्क छिमेकी हो त ? लाग्छ कि सायद मेरो देश भन्दा कान्छो भएर पनि होला । आफ्नै छिमेकी जो दशकौ देखी तिम्रो पक्षमा छ त्यही देशलाई सत्रुराष्ट्रलाई गर्ने नाकाबन्दी जस्ता निकृष्ट  ब्यबहारले महाशक्तीको तिम्रो दौडमा कती हानी गर्ला ?  के तिम्रा केही कर्मचारीहरुको झोकमा तिम्रो बिदेश निती चलिरहेको छ ?  घर घर हो छिमेक छिमेक हो कुनै दिन तिम्रो देशलाई एउटा असल छिमेकीको खाचो पर्दा चेतना होला कि तिमीले गरेका कामहरु ठिक या बेठिक के थिए ।

तिम्रो देश ठुलो होला तर मेरो देशको इतिहास त्यो भन्दा ठुलो छ । र त्यही इतिहासको गर्बिलो बिर गोर्खाली भुमी हो नेपाल । गोर्खा त्यो ब्रान्ड हो कि तिमीले नचाहेर पनि तिम्रो देशको सुरक्षा सुम्पिनु परेको छ । त्यो भन्दा ठुलो कुरा त्यही गोर्खा तिम्रो देशको सैन्य शक्तीको मेरुदन्ड हो । तर अहिले तिमी त्यही मेरुदन्डमा सियो घोची रहेछौ । यसले तिम्रा केहीँ स्वार्थहरु प्रतिबिम्बित गरेको होला तर त्यो भन्दा जटिल शदिऔँ पुरानो द्विदेशिय मित्रता मा छुरा घोचेको कुरा सायद तिम्रो देशले हेक्का राख्न सकेको छैन होला । दुखद कुरा जो गोर्खा तिम्रो स्वाभिमान र अखण्डताको लागी ज्यानको पर्बाह नगरि तिम्रा सिमा हरुमा छाती थापेर बसेका छन् आज तिनैका परिवारको चुलो निभेकोमा तिमी र तिम्रा मान्छेहरुमा केइ समबेदना जागृत नहुनुले ज्यादै दुख लागिरहेछ । सायद अब छाती थाप्नु अघी हाम्रा गोर्खाहरुले पनि सोच्ने बेला आयो होला ।  
नेपाल जस्तो सानो देश जो सामरिक हिसाबले कमजोर छिमेकीलाई युद्धको सत्रु राष्ट्रलाई गर्ने नाकाबन्दी जस्तो निकृष्ट ब्यबहार गर्नु अपराध हो । बिश्व महाशक्ती रास्ट्र बन्ने दौडमा छु भन्ने देशले अन्तराष्ट्रिय आबजहरुलाई सामना गर्ने आँट नभएर अघोषित रुपमा नाकाबन्दी गर्नु कायर कदम हो । घोषित नाकाबन्दी भएको भए अलगै बहस हुने थियो र सायद तिमी त्यही बहस बाट भागी रहेछौ ।  

दशकौ देखी तिम्रो गुलामी गर्ने नेता र पार्टीहरु आज तिम्रो लागी भारत बिरोधी हुनु र  हरेक पर्टी सँग साठगाठ गर्ने मौसमी साना आन्दोलनरत पार्टी हरुकै भर पर्नु पर्ने यो भन्दा तिम्रो कुटनितिक असफलता अरु केही हुन सक्दैन । तिम्रा कर्मचारीहरु अब नेपालको लागी हरेक मिसनमा फेल हुने दिनक्रम सुरु भैसक्यो ।  तसर्थ फेरी सोच्ने बेला आएको छ । लेनदेनका अधारमा चल्ने सम्बन्ध हरुको त अब कुनै अस्थित्व छैन तर समवेदना  र समझादारीका अधारमा नयाँ ढङ्ग्को संबन्ध स्थापित गर्ने कुरा तिम्रो पोल्टामा छ । किनकी तिक्ततापूर्ण सम्बन्धले दुबै देशलाई फाइद गर्दैन र हाम्रो सम्बन्धलाई नयाँ रुपमा परिस्कृत गर्दा अझ सुमधुर हुनु पर्छ भन्ने कुराको पक्षमा हामी नेपाली समान्य जनहरुको अवाज हो र सायद भारतीय सामन्य जन हरुको पनि यही आवज हुनु पर्छ । तसर्थ या परिस्थिति सही अबतरण हुनु पर्छ र त्यो सुखद अबतरणको साँचो तिमी सगै छ ।  

भारतीय छालहरु कसरी हामी तिर हुत्तिछन त्यस्को प्रबाह हामीले गरौला या नगरौला त्यो हाम्रो कुरा हो । त्यही छाल हरुमा हल्लिरहने निरिह डुंगा होईन हामी त्यो छाल लाई रोक्ने किनारा बन्न चाहान्छौ । 

हाम्रो मुलुकको परनिर्भरताको स्तर माथिको पर्दा उघार्दिएर बिकल्पहरुको बारे घनिभुत बहस उठान हुने बाताबाराण निर्माण गरिदिएकोमा तिमी र तिम्रा केहि नेपाली भक्त हरुलाई धेरै धेरै धन्यबाद अनि  तिम्रो हेपाइमा मेरो राष्ट्रियता फेरी उँचो भएको छ । स्वनिर्भरता र सामरिक स्तरोन्नतीको बहस सुरु हुने बाताबरण निर्माणमा तिम्रो भूमिकालाई हामी सधै सम्झी रहने छौँ । हजारौ नेपाली उच्चाधिकारी हरु तिम्रो प्रसाद खाएर तिम्रो देशको लागी काम गर्छन भन्ने अरोप बिचमा पनि हाम्रा अधिकारीहरु भारतको बिकल्प खोज्न थालेका छन त्यो तिम्रो कुटनितक असफलता हो ।   

नाकाबन्दी र अनैतिक दबाबले केहि नेता तथा इन्डियन स्वार्थ त पुरा होला तर सँगसँगै यसले मलजल गरिरहेको मधेस अतिबाद र यन्टीइन्डियन अतिबादलाई बिर्सिनु हुँदैन । यदी यि कुनै आतिबादमा  अन्तर्राष्ट्रिय आतंकबादले खुट्टा टेक्यो भने त्यस्ले नेपाल इन्डिया मात्र होईन पुरै साउथ एसियामानै गम्भिर असर गर्ने कुरालाई बेलामा सोचिएन भने पश्चताप बाहेक केहि बाँकी रहने छैन । र यो पश्चतापको भुमरीमा नेपाल भन्दा अमेरिका र युरोपसँग मिलेर  आतंकबाद सँग लड्ने घोषणा गरेको  भारत नै बढी रुमलिनु पर्ने छ । पश्चिममाहरुका केही गलत कदम का कारण उब्जिएको अफगनिस्तान र इराक संकटले टाउको दुखिरहेकोे बेला फेरी पश्चिम बिरोधी छबिका सिरियन राष्ट्रपती लाई अपदस्त गर्ने पश्चिममा चाहना अनुरुप निम्ताइएको सिरिया संकट ले मलजल गरेको ईस्लामिक स्टेट  अतिबाद को उदारण नेपाल भारत बिच उपयुक्त नभएनि केहीँ हद सम्म सोचनिय हुन सक्छ । तसर्थ भारतीय महमहिमहरुले नकारत्मक भूमिकालाई छाडेर सहयोग र सकारात्मक भूमिका निर्बाह नै भारतको भलो हुनेछ ।

नेपाल भारत दुबै को जय होस !

धन्यबाद 
यल पि अर्याल
काठमाडौं


global ime

runner bike

राजनीति

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने

१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् ।
सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनको मिर्गौलाको डायलायसिस हुँदै आएको थियो । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए । 

अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश फुँयालको इजलासमा

१२ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ । नेता सापकोटालाई सभामुखमा निर्वा्चित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश त्रिपाठीको एकल इजलासमा परेको हो । रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले ‘बर्थ टुरिजम’ रोक्ने, गर्भवतीलाई भिसामा कडाइ

१२ माघ, काठमाडौं । अमेरिकाले ‘बर्थ टुरिजम’(जन्म पर्यटन)लाई अब रोक्ने भएको छ ।  यसअघि गर्भवती महिलाले अमेरिकाको भिसा लिने, अमेरिकामा बच्चा जन्माउने र त्यसको उद्देश्य  आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने चलन रहेको बताइएको छ । तर, शुक्रबारदेखि अमेरिकी विदेश मन्त्रालयले अब त्यसो हुन नदिने भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार अब गर्भवतिले पहिलो प्राथमिकता बच्चा जन्माउने भन्दा पनि अमेरिकामा अरु नै काम भएको देखाउनुपर्नेछ । साथै अमेरिकाले स्वास्थ्य उपचार सम्बन्धी आउने मानिसमा पनि कडा गर्ने भएको छ । यसका लागि भिसा आवेदकले आफ्नो खर्च बर्चको जानकारी पहिला नै जानकारी गराउनुपर्नेछ । 

भारतले आज ७१ औँ गणतन्त्र दिवस मनाउँदै, ब्राजिलका राष्ट्रपति प्रमुख अतिथि

१२ माघ, काठमाडौं । भारतले आइतबार ७१ औँ गणतन्त्र दिवस मनाउँदैछ । गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको राजपथमा हुने परेडमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो प्रमुख अतिथि रहने छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले परेडमा उपस्थित भएर सलामी लिने छन् । परेड ९० मिनेटसम्म चल्ने छ । यसमा सैन्यकला सँगै देशको सांस्कृतिक, सामाजिक तथा आर्थिक स्थितिबारे पनि विभिन्न झलकहरु देखाइने छ ।
यो वर्षदेखि राष्ट्रिय युद्ध स्मारकलाई पनि परेड कार्यक्रममा समेटिने भएको छ । यसअघि प्रधानमन्त्रीले अमर जवान ज्योतिमा पुष्पाञ्जली अर्पण गर्थे तर यो पटक प्रधानमन्त्री नरेन्द्र मोदी युद्ध स्मारक जाने छन् ।

चीनले सबै प्रकारका पर्यटकीय गतिविधि स्थगित गर्ने

१२ माघ, काठमाडौं । कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको छ ।  आन्तरिक पर्यटकीय गतिविधि भने गएको शुक्रबारदेखि नै स्थगित गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र हुँदै गएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा चीनले गम्भीर अवस्थाको सामना गरिरहेको बताएका थिए । 
चीनको ट्राभल एजेन्सी सङ्घले भनेको छ, ‘भ्रमणको क्रममा बीचैमा रहेका यात्रुहरुले भने आफ्नो यात्रा अघि बढाउन सक्छन् तर त्यसका लागि ट्राभल एजेन्सीले आफ्ना यात्रुहरुको स्वास्थ्यका बारेमा निरागानी राख्नु पर्ने छ ।’

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top