siddhartha

अध्यागमनका नासु घुससहित अख्तियारको नियन्त्रणमा


Wednesday, 13 Sep, 2017 4:46 PM
२८ भदौं, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका नायब सुब्बा कोषराज भट्टराईलाई घुस लिंदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीबाट घुस लिँदै गरेको बेला अख्तियारको टोलीले भट्टराईलाई कालीमाटीबाट पक्राउ गरेको हो।

भट्टराईले एक सेवाग्राहीसँग भिसा अवधि थप गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा भट्टराई पक्राउ परेका हुन् । ४० हजार रकम घुस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ।


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top