नयाँ शक्तिको झण्डा र यसकोऔचित्य


Friday, 18 Mar, 2016 4:48 PM
खेमराज दाहाल
यतिबेला बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिले आफ्नो झण्डा सार्बजनिक गरेको छ । झट्ट हेर्दा उग्रबामपन्थी र क्रान्तिकारी जस्तो देखिने नयाँ शक्ति को झण्डा केही क्रान्तिकारी, बामपन्थी र कम्युनिष्ट नभई कम्युनिष्टको बिचारधारा नै गलत साबित गरेर नयाँ पार्टी खोली नयाँ शक्ति को नाम दिएर ५ स आधार मानेर रातो ध्वजा को बिचमा एउटा ५ कुने तारो लगाई तयार पारिएको छ । 

नयाँ शक्तिको झण्डा रातो पृष्ठभूमी भएको आयातकार ध्वजा मा ५ कुने तारा पनी राखिएको छ झण्डा को रातो भाग लाई शुभसंकेत, विजयको प्रतिक को रूप भनी प्रस्टयाउन खोजीएको छ भने बिच मा रहेको ५ कुने तारा लाई शान्ति र उज्यालो को रूप मा चित्रण गरिएको छ ।  तर यस झण्डा र नयाँ शक्ति को अर्थ यस्तो नभई अर्कै रहेको राजनितिक बिश्लेषक हरुको भनाइ छ। कुनै समय प्रचण्ड र बाबुराम भनेको नै माओबादी हो र पार्टीका एजेण्डा ,उदेश्य भनेको पनी तिनै प्रचण्ड र बाबुराम हुन् भन्ने संस्कृति समाज गाऊ –गाऊमा छाएको थियो। तिनै बाबुराम र प्रचण्डलाई भोका नाङ्गा, गरीब धनि र अनपढ़ देखि सिक्षित बर्ग  सम्मले साथ दिएर बाबुराम र प्रचण्डको माओबादीलाई देशको सबै भन्दा ठुलो दल बनाई दिए भने मुलुकको सम्माननीय पद प्रधानमन्त्री सम्म पुर्याए । 
१०बर्षे जनयुद्ध गरेर १७ हजार महान योद्धाहरु ले बलिदान दिए, हजारौँ बेपत्ता पारिए  भने लाखौँ अपांग, घाइते भए । हजारौँ जनताले घरबार गुमाउनु पर्यो । यती धेरै संघर्ष र बलिदानका बाबजुद शान्ती,संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भयो । बाबुराम र प्रचण्डको माओबादी देशको सबै भन्दा शक्तिशाली पार्टी बन्यो र स्वयम प्रचण्ड र बाबुराम पनी शक्तिमा पुगे। आफु शक्ति मा पुगेको बेला आफ्ना पार्टीका एजेण्डा, जनयुद्धका उदेश्य सबै भुली बिलासी जिबनमा ब्यस्त भए ।  देशको सबैभन्दा शक्तिशाली पार्टी आफु शक्तिमा हुँदा देश संबिधान बिहिन भएको बेला संबिधान दिन नसकी दोस्रो संबिधान सभाको चुनाब सम्म आई पुग्न बाध्य भए । यती मात्र होइन की माओबादी पार्टीका सबै बाटा र शक्तिहरु सकिँदै पार्टी तेस्रो स्थानमा आई पुग्यो। आफु अनुकुल संबिधान निर्माण गराउन नसक्ने र आफ्नो शक्ति र बाटा हरु सबै बन्द भए पछी १० बर्षे जनयुद्ध नै गलत नेकपा माओबादी नै बुर्जुवा पार्टी कम्निष्ट धारणा नै गलत भनी  आफुलाई युद्ध अपराधी हुनबाट बँचाउन बाबुरामले नया शक्ति नामको पार्टी स्थापना गरेका हुन्।



नियालेर हेर्दा टेली श्रृंखला शूटिंग समुह जस्तो देखिने बाबुरामको नया शक्तिमा कलाकारहरु देशको राज्यकोषबाट ब्रम्हालूट गरी रिटायर्टमेन्ट लिएका   कर्मचारी, प्रोड्यूसरहरु, एशियाकै  भ्रष्ट महिलाको उपनाम पाएकी भट्टराई प्रेमी हिसिला एमी, सिधा लौरीलाई बाँगो हो भनी प्रमाणित गराउन सक्ने मानब अधिकारबादीहरु मिलेर नयाँ शक्तिको गठन भएको छ । 
यस नया शक्तीको झण्डाको पनी उतिकै महिमा र परिभाषा रहेको छ। १० बर्षे जनयुद्धलाई गलत भन्ने, कम्युनिष्ट आन्दोलनलाई गलत भन्ने तर त्यस बाट प्राप्त उपलब्धि जती सबै आफ्नो झण्डामा थुपारी रातो ध्वजा लार्इ बिजय को प्रतिकको रूपमा यसको अर्थ लगाउने काम नयाँ शक्तिले गरेको छ ।  कम्युनिष्ट र जनयुद्ध नै गलत भनी सकेको अबस्थामा उसले कुन युद्ध या के जितेको छ ? र बिजय प्रतिकको रूपमा झण्डा लाई रातो बनाईयो ?  नया शक्ति को रातो झण्डा खतरा को प्रतिक हो ।  यसो भन्दा खासै फरक नपर्ला । यस्तै गरी ०६२÷०६३ को जन आन्दोलनबाट प्राप्त शान्ती शु–सासन, समुन्नत समाज, समानुपातिक समाबेशी लोकतन्त्र, सार्बभौमसत्ता र स्वधीनता जस्ता महत्वपूर्ण उपलब्धिहरुलाई आफ्नो एजेण्डा बनाई झण्डाको बिच मा रहेको ५ कुने तारा लाई ५ सको उदाहरण  दिई ढ़ोंग रचाईएको छ। दोस्रो उज्यालो लिएर चम्किने तारा प्रकाशको समाप्ति पछी मात्र चम्किन्छ । कम्युनिष्ट आन्दोलन र जनआन्दोलन हरुको उपलब्धिलाई उज्यालो मानेर झण्डा को बिचको तारा उज्यालो र समृद्धिको प्रतिक कसरी हुन्छ ? जबकि यी उपलब्धिहरु गलत बाटाका परिणाम थिए।

आफ्नो पहिचान भन्ने कुनै पनी बस्तु नभएको अबस्थामा मुलुकका हरेक उपलब्धिहरु जती आफ्नो माथमा लगाई आफुलाई नयाँ  शक्ती देख्ने ढोँगी बाबुरामको नयाँ शक्ति र यसको झण्डा पनी उस्तै प्रबृतिको रहेको छ । १० बर्षे जनयुद्धबाट प्राप्त उपलब्धि जती बाबुरामले विजय उत्सबको रूपमा टिका लगाए ।  बाबुरामलाई यहाँसम्म ल्याउने हजारौँ शहीद, बेपत्ता घाइतेहरु आज बाबुरामका लागी माथि उक्लने भर्याङ मात्र भएका छन् । 


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग

५ असोज, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।  पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। 

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top