एनसेल कर प्रकरण : न्यायालयको आदेश संसदले छानबिन गर्नुपर्ने माग


Tuesday, 10 Sep, 2019 2:58 PM
२४ भदौ काठमाण्डौ । सांसदहरुले एनसेल कर प्रकरणबारे न्यायालयले गरेको आदेशको छानबिन गर्नुपर्ने माग गरेका छन् ।प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद मोहन बानिया र यज्ञराज सुनुवारले राजस्व असुलीका सम्बन्धमा न्यायालयले गरेको फैसला क्षेत्राधिकार बाहिरको भएको भन्दै स्पष्ट छानबिन हुनुपर्ने माग गरेका हुन् । सांसद मोहन बानियाले न्याय क्षेत्रबाट आफ्नो क्षेत्राधिकार मिच्ने काम भएको भन्दै क्षेत्राधिकार मिच्ने निकायलाई महाअभियोग लगाउनुपर्ने माग गरे , उनले भने , ‘एनसेल राजश्व असुलीका सम्बन्धमा न्यायालयले नियम र कानुनलाई मिच्ने काम गरेको छ, सूर्यलाई हत्केलाले छेक्न खोज्ने निकायलाई कारबाही हुनुपर्छ र महाअभियोग प्रस्ताव पास गर्नुपर्छ ।’ 

यस्तै सांसद यज्ञराज सुनुवारले एनसेल प्रकरणमा न्यायालयको सम्मानका लागि पनि संसदले उसको आदेशको छानबिन गर्नुपर्ने बताए । विगतमा राज्यको गलत नीतिका कारण देश गरिब र व्यक्ति धनी बनेको भन्दै न्यायालयको पछिल्लो आदेश पनि व्यक्ति पोस्ने गरी आएकाले छानबिन हुनुपर्ने बताए । त्यस्तै विशेष समयमा बोल्दै सांसद खगराज अधिकारीले एनसेलको लाभांश कर कुनै पनि अवस्थामा असुली हुनुपर्ने धारणा राखे । 


global ime

Ruslan

runner bike

राजनीति

विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ : पर्यटनमन्त्री भट्टराई

२९ मंसिर, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्र्तक्रियामा बोल्दै यस्तो बताएका हुन् । उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिए । ‘म सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने योजनामा छु,’ मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुनेछैन ।’

२२ वर्षमा नभएका काम सरकारले २ वर्षमै गर्यो : मन्त्री बास्कोटा

२९ मंसिर, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ को नमोबुद्ध तिमाल समाजले नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।   मन्त्री बास्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न उहाँले पर्यटन व्यवसायीलाई आग्रह गरे । 

दाङ बारको चुनावमा नेकपा–कांग्रेसको संयुक्त प्यानल पराजित, विद्रोहीले बाजी मारे

२९ मंसिर, घोराही । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वा्चित भएका छन् । अध्यक्षमा शिवप्रसाद घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा मणिराज आचार्य एक मत अन्तरले विजयी भएका हुन् । अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उनका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाएका छन् । अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसका विद्रोही र उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्रोही उम्मेदवार हुन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले अफगानिस्तानबाट ४ हजार सेना फर्काउँदै

२९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्ताबाट करिब ४ हजार आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ ।ट्रम्प प्रशासनका एक बरिष्ठ अधिकारीले जनाए अनुसार सो सम्बन्धी घोषणा अर्को साता हुन सक्नेछ ।  ट्रम्पले यस अघि नै केही हजार सेना अफगानिस्तानबाट फिर्ता गर्न सकिने जनाएका थिए ।  १८ वर्ष अघिको युद्धपछि पनि अफगानिस्तानमा १२ देखि १३ हजार अमेरिकी सेना बस्दै आएका छन् । गएको अगस्टमा ट्रम्पले ८ हजार ६ सय सेना फिर्ता गर्ने र के हुन्छ हेर्ने बताएका थिए । ह्वाइट हाउस र पेन्टागनले भने सो विषयमा बताउन चाहेका छैनन् । 

भारतको असममा जारी आन्दोलन हिंसात्मक बन्दै, ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द

२९ मंसिर, काठमाडौं । नागरिकता संशोधन विधेयक (क्याब) विरुद्ध गत सातादेखि चर्किएको आन्दोलनले असमको अवस्था तनावग्रस्त बन्दै गएको छ । भाजपा नेतृत्वको केन्द्रीय सरकारले क्याब पारित गरेपछि पूर्वोत्तर भारतको असम, त्रिपुरालगायत राज्यमा थालिएको आन्दोलन हिंसात्मक बन्दै गएको हो । सामाजिक सञ्जालमा आन्दोलन भड्काउने तथा हिंसालाई प्रश्रय दिने सामग्री राखिएको भन्दै असम प्रशासनले ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरेको छ । असम पुलिस विभागका महानिर्देशक भास्कर ज्योति महन्तले असममा ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरिएको दार्जि्लिङबाट प्रकाशित हिमालय दर्पणसँग कुराकानी गर्दै पुष्टि गरेका छन् ।

लेबनानमा हिंस्रक झडपहुँदा दर्जनौ घाइते

२९ मंसिर, काठमाडौं । लेबनानको राजधानी बेरुतमा शनिबार भएको झडपमा दर्जनौ मानिस घाइते भएका छन् ।  बेरुतमा नेपालको शान्ति सेनापनि रहँदै आएको छ । प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्ने क्रममा झडप भएको बताइएको छ ।प्रहरीले अश्रुग्याँस फाल्नुका साथै रबरको गोली पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भने ढुंगा प्रहार गरेका थिए । प्रहरीका कम्तिमा २० अधिकारीपनि घाइते भएका छन् । आर्थिक अव्यवस्थाको विरोधमा गएको अक्टोबर महिनादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top