'सरकारले बिमा कम्पनीलाई लगानीको अवसर दिनु पर्यो'


Tuesday, 10 Jan, 2017 2:34 PM


२३ बर्ष अघि स्थापना भएको नेको इन्सुरेन्सले व्यवसाय सञ्चालन गरेको पनि २२ वर्ष पूरा गरिसकेको छ । राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे्र बैंक, कृषि विकास बैंक जस्ता बलिया प्रमोटर रहेको यस  इन्सुरेन्सको पछिल्लो दिनहरुमा बित्तीय  अवस्था पनि बलियो बन्दै गएको छ । 

२०७३/७४ आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २ गुणा बढेर रू २ करोड ५० लाख पुगेको छ ।  नेकोले  २८ गते बुधबार  २१ औ साधारणसभा गर्दैछ । नेको इन्सुरेन्सको पछिल्लो वित्तीय अवस्था, निर्जीवन बिमा कम्पनीमा नेकोको स्थान, बिमा क्षेत्रको समस्या र सम्भावना लगायतका विषयमा केन्द्रित रहेर
न्यूजसेवाले कम्पनीका  डेपुटी सीइओ अशोक कुमार खड्कासँग गरेको कुराकानीको अंश:

नेको इन्सुरेन्सको समग्र वित्तीय अबस्था कस्तो छ ?
हामीले पछिल्ला दुई बर्षमा हाम्रा लगानीकर्तालाई ४७ प्रतिशत  लाभांश बाँडिसकेका छौं । हाम्रा प्रमोटरहरु पनि बलिया छन् ।  नेकोको चुँक्ता पूँजी ३२ करोड ४० लाख हो । तर २० प्रतिशत बोनस सेयर, १:१ (१ बराबर १) राइट सेयरपछि  चुक्ता पूँजी ७१ करोड पुगेको छ ।  

निर्जीवन बिमा कम्पनीमा नेको इन्स्योरेन्सको स्थान कस्तो छ ? 
नेको अहिले पाँचौ स्थानमा छ । दुई वर्ष अगाडि हामी १४औं स्थानमा थियौँ । तर नाफाको हिसावले त  हामी सधैं छैटौं स्थानमा थियौं । १४ आँै स्थानमा ब्यापार हुँदा पनि हामी नाफाको हिसावले छैटौ स्थानमा रहेका थियौं  तर पछिल्लो दुई वर्षमा धेरै फड्को मारेका छौं । यो बर्षलाई हेर्ने हो भने ६४ प्रतिशत भन्दा बढी ग्रोथ छ ।   

दुई वर्षमा यति ठुलो फड्को मारेर पाँचौ स्थानमा आउन कसरी सम्भव भयो ?  
विषेश त हामीले अपनाएको रणननीति  ‘क्लेम एज् सुन एज्’ थियो । तर यो कुराको प्रमाणित गर्ने मौका हामीलाई भुकम्पले गरिदियो ।  भुकम्पले नेकोलाई समयमै दाबी भुक्तानी गराउनु प्रमुख दायित्व हो भनेर झक्झक्यायो र हामीले सबै कुरा समयमै गर्न सक्यौं । आम मानिसको विश्वास हामीप्रति बढेर गयो ।  हाम्रो व्यापारिक रणनीति पनि अलि पृथक खालको नै थियो । जहाँ प्रतिस्पर्धा कम थियो त्यही पुग्यौं । बिमा कम्पनी नै नपुगेको ठाउँमा पुगेर भर्जिन मार्केट समात्न सफल भयौं । हामी तराईमा रौतहट, गौर, लाहान तथा  पहाडमा इलाम, पाल्पा आदि क्षेत्रमा पुग्यौं । 

भुकम्पको बेला परेको दाबी भुक्तानी सबै भुक्तान भइसकेको हो ? 
अहिलेसम्म हामीले ९८ प्रतिशत भुक्तानी गरिसकेका छौँ ।  त्यो भनेको ६७ करोड भुक्तानी हो । हाम्रो खाताबाट ६÷७ करोड खर्च गरेपनि बाँकी सकै पुर्नबिमाले भुक्तानीमा सहजता ल्याइदियो  ।

बीमाप्रति  मानिसको विश्वास अझै पनि कम छ । भुक्तानी समयमै हुँदैन भन्ने आरोप पनि छ, बिमा कम्पनीप्रति । यसलाई कसरी चिर्छ नेकोले ?
हामीले यो धारणालाई बदल्नकै लागी नै स्थलगत कार्यक्रम ल्याएका छौँ । यसको अर्थ घटना स्थलमै हाम्रो भुक्तानी हुन्छ । यो कार्यक्रम ल्याएको पाँच÷छ महिनामा नै प्रभावकारिता निकै राम्रो देखिएको छ ।  सुरुमा हामीलाई यस योजनाको स्वीकृति लिन पनि निकै गाह्रो भएको थियो । अन द स्पट भुक्तानीको योजना ल्याएको हामी नै पहिलो कम्पनी हौं । हालसम्म यो योजनामा कोही प्रतिस्पर्धी छैनन् । यसपछि सगरमाथाले गाडीलाई मात्र लक्षित गरेर एउटा योजना ल्याएको थियो । 

‘अन द स्पट’ भुक्तानी योजनामा समस्याको कुरा गर्दै हुनुहुन्छ, यसको स्विकृतीमै समस्या छ हो ? 
यसको कारण भनेको  रेगुलेटरले एउटा मात्र कम्पनीलाई होइन समग्र बजालाई हेरेर स्विकृती दिन्छ । जसकारण नै हामीले यसको लागि संघर्ष गर्नुपर्यो । अन्ततः संघर्षमा सफलता भने पायौं ।

‘स्पट पेमेन्ट’ सुरु गरेको करिब ६ महिनामा नेकोले कति दावीको भुक्तनी गर्यो ?
यस्ता धेरै केसहरुको ‘अन द स्पट’ भुक्तानी गरेका छौं । उदाहरणको लागि तपाई गाडी लिएर रसुवादेखि काठमाडौंको लागि आउँदै हुनुहुन्छ । यदि तपाईको साधन बाटोमा दुर्घटनामा पर्यो भने हामी त्यहाँ तत्काल जान त सम्भव ह्ँुदैन । त्यसको लागी तपाईसँग भएको मोबाइलबाट फोटो खिचेर हामीलाई पठाउनुहोस् ।  हामी त्यसैलाई प्रमाण मानेर लिस्टीङ गर्छौं र मूल्य निर्धारण गर्छाेैं अनि प्रकृया अगाडि बढाउछौं । त्यस पछि नजिकैको सर्विस सेन्टरमा गएर बनाउन सक्नुहुन्छ र यसको लागतलाई हामी क्यालकुलेशन गरेर भुक्तान गर्दछौं ।  हामीलाई तपाईले क्षति भएको सामान चाँहि पछि लिएर दिनु् पर्ने हुन्छ । यसो गर्नुको कारण  कसैले झुठो विवरण नबुझाओस भनेर हो  । यदि तपाईको कुनै साधन हाम्रो कार्यालयका कर्मचारी पुग्न सक्ने ठाउँमा दुर्घटना भएको हो भने हाम्रा अधिकारीहरु घटना स्थलमा जानुहुन्छ त्यहाँ भएको क्षतिको एकिन गर्नु हुन्छ । तपाइलाई यति दिन सकिन्छ भनेर भन्छौ र घटनास्थलमा नै भुक्तानीको व्यवस्था गर्दछौं । यी सबैको अर्थ पहुँच नपुगेको ठाउँमा पनि सेवा दिनलाई पछि नपरौं भन्ने हाम्रो धारणा हो ।

फोटो खिचेकै आधारमा तपाइहरुको  अधिकारी नै नपुगी  मूल्यांकन गर्दा बीमा कम्पनीलाई झुक्याउने संभावना कत्तिको हुन्छ ? 
हो तपाइले भनेजस्तो झुक्याउनेहरु पनि हुन्छन् । तर पछि उनीहरुसँग बसेर कुराकानी गर्नेवित्तिकै थाहा भइहाल्छ । 

बिमा कम्पनीलाई ठग्ने प्रबृत्तिचाहि कस्तो छ नेपालमा ?
ठग भन्ने कुरा जहाँ पनि हुन्छन् र नेपालमा पनि छन् । तर बिमाको कुरा गर्नुहुन्छ भने  ठग्नेहरुलाई नै  थाहा हुँदैन कि बिमा कम्पनीहरु जानेर ठगिन्छन् की नजानेर भन्ने कुरा । कहिले काँही आफू ठगिएको थाहा हुँदा हुँदै पनि कम्पनीको साख जोगउनकै लागि भएपनि बिमा कमपनीहरु ठगिन्छन् ।  तर नेको जानी जानी ठगिँदैन् । सेवामा कम्प्रमाइज गर्दैनौं र एकाध रुपैयाँ पनि छोड्दैनौं र दिने पैसा पनि एक रुपैयाँ राख्दैनौं । यदि सही दाबी छैन भने हामी एक रुपैयाँको लागी पनि अदालत पुग्न तयार हुन्छौं  । 

बिमा क्षेत्रका अन्य चुनौती के–के छन् ?
अहिलेको मूख्य चुनौती भनेको फिल्डमा दक्ष म्यानपावरको कमि छ । मार्केटमा दक्ष जनशक्ति नहुनु नै अहिलेको प्रमुख चुनौती हो । 

हुन त नेपालमा धेरै क्षेत्रमा दक्ष जनशक्ति नभएको भनिन्छ । तर बिमा कम्पनीमा त बैंकमा जस्तै कमाइका हिसाबले पनि आकर्षण बढि हुनुपर्ने होइन र ? 
म आफै पनि बैकिङ क्षेत्रबाट आएको हुँ । बिमा क्षेत्रमा काम गर्न चाहनेहरुको लागि प्रशस्त ठाउँ छ । जो सुकैले पनि बिमा क्षेत्रमा आफ्नो करियर राम्रो बनाउन सक्छ जुन बैंकिङ सेक्टरमा छैन । बैंकमा टाइसुट लगाउने, कुर्सीमा बस्ने, हाइफाइ देखाउने, बाहिर घुम्न नपर्ने हुन्छ । तर यसमा क्षेत्रमा बाहिर घुम्नु पर्छ । फिल्डमा जानुपर्छ । तर पनि यो क्षेत्रमा अवसर थुप्रै भएपनि दक्ष कामदारको अभाव भएकै हो ।

पछिल्ला वर्षमा प्रयोग गर्दै गएको नेकोलाई आगामी दिनमा कुन ठाउँमा देख्न पाउने छन् लगानीकर्ताले  ? 
बिमा क्षेत्रमा विदेश जस्तो अवस्था हुन्थ्यो भने नेको इन्स्योरेन्सलाई कसैले भट्दैनथ्यो होला । तर नीतिगत रुपमा विदेशमा जस्तो  नेपालमा छैन । जस्तै हामीसँग ५ अर्ब क्यापिटल भएपनि मैले त्यो कहाँ लगेर राख्ने त ? सेविङ अकाउन्टमा, त्यो पनि ४ प्रतिशतमा ब्याजदरमा । यसको अर्थ लगानी गर्ने ठाउँ छैन । मैले त्यो पाँच अर्बलाई पर्याप्त ठाउँमा लागाउन पाउनु पर्यो नि त । सरकारले कहिल्यै बिमा कम्पनिलाई आइजा लगानी गर भनेको छ ?  कहिल्यै पनि बिमा कम्पनिलाई लगानि गर्न बोलाएको छैन । हामीसँग पनि त लगानि गर्ने क्षमता छ, पैसा छ । बिमा कम्पनिहरुले ५०० मेगावाटको विजु्ली निकाल्न सक्ने क्षमता छ । यदि इन्सुरेन्सले गर्न चाह्यो भने आफ्नै देशमा ५०० मेगावाट बिजुली निकाल्न सक्छन् । जसका लागि सरकारले वातावरण बनाउनुपपर्यो । अहिले इन्स्योरेन्सको लगानीको सीमा पाँच प्रतिशत भन्दा धेरै छैन ।  नीतिगत रुपमै बिमाको दायरा ठूलो हुनुपर्छ । 

अहिले बिमा समितिमा आउनुभएको नयाँ अध्यक्षबाट बिमा कम्पनीहरुको अपेक्षा के छ ? 
अहिले आउनुभएको नयाँ अध्यक्षबाट हामीले धेरै आशा राखेका छौ  । राष्ट्र बैंक जस्तो नियामक निकायमा लामो समय अनुृभव संगाल्नु भएको उहाँबाट हामीलाई धेरै आशा छ । उहाँले समितिलाई पनि राष्ट्र बैंकजस्तै बनाउनुहुनेछ भन्ने हाम्रो विश्वास पनि हो ।  
 



Nmc

bijuli

paicho

bussewa

राजनीति

प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री तथा विज्ञसँग भेट, चिन भ्रमणको बारेमा छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण थाल्नुअघि पूर्व प्रधानमन्त्री तथा विज्ञसँग छलफल गरेका छन । प्रधानमन्त्री दाहालले सरकारी

चुनावबारे निर्णय लिन वैद्य माओवादीद्धारा केन्द्रीय समितिको बैठक आव्हान

१०,चैत,काठमाडौं ।  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निकायको चुनावसम्बन्धी निर्णय लिनका लागि केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेको छ । बुधबार पार्टी कार्यालय बुद्धनगरमा बसेको

​डडेल्धुुराको निर्वाचन कार्यालयमा चुनावको तिव्र तयारी

१० चैत, डडेल्धुरा । वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य 

प्रवास/अन्तर्राष्ट्रिय

​लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ जना पक्राउ

१० चैत । लण्डन हमलाको अनुसन्धानका क्रममा वरिष्ठ प्रतिआतंकवादी अधिकारीहरुले ६ घरमा छापा मारी आठ जनालाई पक्रन सफल भएको छन् । पक्राउ पर्नेहरू लण्डनमा गरिएको आतंकवादी हमलामा संलग्न भएको अनुमान गरी अनुसन्धान भइरहेको छ ।

बेलायती प्रधानमन्त्री टेरेसा मेद्वारा लन्डन आक्रमणको कडा शव्दमा निन्दा

१० चैत्र, लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले गतः बुधबार राति राजधानी लन्डनको संसद् भवनबाहिर एक जना आतङ्ककारीले सर्वसाधारण उपर जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणको घोर निन्दा गरेका छन । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ 

सात वर्षीय ‘आत्मघाती’ लडाकु ! चेल्सी फुटबल क्लवको जर्सीभित्र आत्मघाती बम

१०,चैत,बग्दाद । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएस विरुद्ध इराकमा सुरक्षा फौजले निर्णायक कारवाही गरिरहेकै समयमा बालबालिकालाई समेत आइएसले आत्मघाती बनाउन थालेको रहस्य सार्वजनिक भएको छ । हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई 

बिचार

ओली र नेपालले यसरी गराएका थिए राष्ट्रघाती महाकाली सन्धि : एमालेकै नेताको बयान

केपीले असहमति जनाएका हुन्थे भने माधवले मात्र राष्ट्रघाती कदम अनुमोदनको हिम्मत गर्ने थिएनन् । पछि झलनाथ खनाललगायत अन्य नेताहरुलाई पनि माधव–केपीहरुले मनाए । मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए । पार्टीभित्र विवाद चुलिएपछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्षरविपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आयो । २०५२ साल माघ पहिलो हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयो । 

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

Top