siddhartha
pradhikaran

नेपाल त्याग्ने तयारीमा लोकमान ! के देश छोड्नुअघि नेताहरुको गोप्य पोल सार्वजनिक गर्लान् ?


Tuesday, 10 Jan, 2017 12:21 PM
२६,पुस,काठमाडौं। सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अयोग्य भएको फैसला सुनाएपछि लोकमान अब नेपाल नबस्ने भएका छन्  ।  यही आइतबार लोकमानबारे उनी अयोग्य रहेको फैसला सुनाएपछि कार्की सधैका लागि नेपाल त्याग्ने तयारीमा रहेको पारिवारीक स्रोतको भनाई छ । 

अदालतको यस्तो फैसला आएपछि उनको परिवारमा अब के गर्ने भन्नेबारेमा गम्भिर छलफल भएको स्रोतको दाबी छ। स्रोतका अनुसार परिवारका सदस्यहरुले उनलाई नेपालमा नबस्नको लागि सुझाव समेत दिइसकेका छन् । तर देश छोड्ने मुड बनाएपनि अझै केही समय नेपाल बस्ने कि जाने भन्ने अन्तीम निर्णय उनले गरिसकेका छैनन् । 

सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको थियो।

कार्कीको योग्यता नपुगेको भन्दै परेको रिट खारेज गर्ने सर्वोच्चको यसअघिको ओदश खारेज गर्दै आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय ग र ङ बमोजिम योग्यता नभएको व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०र२२ निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ ।’

२०७१ असोज ८ मा न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले राजप्रसाद सेवा समेत जोडेर कार्की नियुक्तिका लागि योग्य भएको फैसला सुनाएको थियो। सर्वोच्चले अब योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशको आदेश दिएको छ।

तर लोकमानले अब उनीसंग भएका राजनीतिक दलका नेताहरुको गोप्य भनिएका रहस्यका फाइलहरु सार्वजनिक रुपमा आम जनतासामु सार्वजनिक गर्लान् कि नगर्लान भने चर्चा समेत सुरु भएको छ । 
स्रोतका अनुसार लोकमानले केहि दिनभित्र केही शीर्ष नेताहरुबारेका भ्रष्ट्राचारबारेका फाइल पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछन् । यसअघि लोकमानले नेपालका भ्रष्ट नेताहरुलाई नङ्ग्याउने बताउदै आएका थिए । 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन : नेता श्रेष्ठ

६ कात्तिक, गोरखा । गोरखा २ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गरेका छन् । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा छन् । गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा

ओखलढुंगामा ९ दलको उम्मेदवारी दर्ता, कांग्रेसका बागी उम्मेदवार

६ कात्तिक, ओखलढुंगा । पहिलो चरण अन्तरगत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा ९ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।

​निर्वाचन आचारसंहितामा कडाई : टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ । 

अन्तर्राष्ट्रिय

​दुई पूर्व राष्ट्रपति बुश र ओबामा परम्परा तोड्दै ट्रम्प विरुद्ध

५ कात्तिक, वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । त्यसै दिनका टिप्पणीमा पूर्र्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीति

क्याटलोनिया विवाद केन्द्र सरकारले प्रजातान्त्रिक ढंगले समाधान गर्ने स्पेनका राजाको भनाइ

स्पेन । स्पेनका राजा फेलिपे छैठौंले क्याटलोनिया देशको महत्वपूर्ण भाग रहेको र रहिरहने प्रष्ट पारेका छन् । देशको उत्तरी शहर ओविएदोमा भएको एक समारोहमा राजा फेलिपेले क्याटलोनिया सरकारले सिर्जना गरेको समस्यालाई केन्द्र

​अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा उच्च सैनिक सतर्कता

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए । सो आक्रमणमा परी ४३ जना सैनिक मारिएका थिए । 

विचार / ब्लग

तिहारको टिका, माला र भाइमसला छिमेकीमा निर्भर

नेपालको दोस्रो ठुलो पर्वको रुपमा मनाउँदै आईएको तिहारका लागि चाहिने ९० प्रतिशत सरसमान भारत र चीनबाट आएको छ । तिहारमा दाजु भाइलाई दिदी बहिनीले सप्तरङगी टिका सहित खेतवारी तथा घरदैलो अगाडि उत्पादन भएको मखमली गुर्दाउली फूलको माला लगाई दिदी बहिनी दाजुभाई बीचको पे्रेम सम्वन्ध बलियो बनाउने मौलिकता हराउदै गएको छ ।

अप्ठ्यारो मोडमा ‘अस्थिर’ बाबुराम

नजिकबाट संगत गर्नेहरु भन्छन्– बाबुराम भट्टराई स्वभावत निकै अस्थिर छन् । आफू अप्ठ्यारोमा पर्दा साथ माग्ने, तर आफूलाई फाइदा मिल्दा साथमा रहेकाहरुलाई पनि बेमतलव गर्ने ‘राजनीतिक अवगुण’ बाबुराममा छ । तर, बाबुराम आफ्नो स्वभावमाथि फरक टिप्पणी गर्छन् । ‘विज्ञानलाई विश्वास गर्ने बाबुराम संसार गतिशिल छ भन्ने ठान्छ र सँधै गतिशिल रहन्छ,’ उनी तर्क गर्छन् ।

केआई सिंहका बडीगार्डको स्मरण : सिंहदरबार कब्जादेखि चीन निर्वासनसम्मको भित्री कथा

केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह । विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री । उनी होमियोप्याथी डाक्टर थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रीय सिंह दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलन नछाडेका व्यक्ति हुन् । आन्दोलनकै क्रममा उनी पक्राउ परे र काठमाडौं ल्याइए । सिंहदरबारभित्रै कैद गरियो । तर, पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरे सिंहले ।
Top