आयरल्याण्डसँग १३ रनले हार्यो नेपाल, ४ बलमा ४ विकेट गुम्दा खेल हातबाट फुत्कियो


Wednesday, 9 Oct, 2019 2:54 PM
२२ असोज, काठमाडौं । ओमानमा जारी पेन्टाङ्गुलर सिरिजमा नेपालले बलियो मानिएको आयरल्याण्डसँग हार व्यहोरेको छ । पहिलो दुई म्याचमा जित हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो । खेलको मध्यसम्म नेपाल निकै सहज अवस्थामा थियो । १० ओभरमा १ मात्र विकेट गुमाएर ७४ रन जोडेको नेपाल त्यसपछि भने धरासायी भयो । लगातार तीन बलमा तीन विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी बनेको हो । नेपालका लागि कप्तान पारस खड्काले आक्रमक सुरुवात गरेका थिए । उनले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडे । उनले इशान पाण्डेसँग ४.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । तर, अर्को इन्डबाट इशान पाण्डेले रन गति बढाउन नसक्दा पारसमाथि दवाव थपियो । उनलाई मार्क अडायरले क्याचआउट गराए ।

आजको खेलमा कमब्याक गरेका अर्का ओपनर इशान पाण्डेले भने रन बनाउन निकै संघर्ष गरे । ३० बलमा २२ रन बनाएर आउट भएका उनले २ चौका प्रहार गरेका थिए । त्यसपछि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीबीच २७ रनको साझेदारी भयो । दुवैले सुझवुझपूर्ण ब्याटिङ गरिरहँदा १४ औं ओभरमा निर्णायक मोड आयो । सो ओभरको अन्तिम बल र १५ औं ओभरको पहिलो दुई बलमा नेपालले लगातार विकेट गुमायो । त्यसपछि धराशयी बन्यो । आरिफले २६ बलमा २६ र दिपेन्द्रले २० बलमा १९ रन बनाए । त्यसपछि आएका ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विनोद भण्डारी २ बलमा १ रन हानेर रन आउट भए । सन्दिप जोराले पनि २ रन मात्र जोड्न सके भने सोमपाल कामी एक चौकासहित ७ रन बनाएर आउट भए ।

नेपाललाई अन्तिम ओभरमा २५ रन चाहिएको थियो । अघिल्लो म्याचमा नेपाललाई सनसनीपूर्ण जित दिलाएका करण केसी क्रिजमा थिए । अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरेर करणले झिनो आशा जगाए । तेस्रो बलमा पनि छक्का हान्ने प्रयास गर्दा उनी लङ अनमा क्याच हुन पुगे । उनको विकेटसँगै नेपाल पराजित भयो । 
यसअघि बलियो मानिएको आयरल्याण्डलाई सस्तैमा रोक्ने क्रममा नेपाली बलरहरुको प्रदर्शन उत्कृष्ट बन्यो । ७ रन हुँदा पहिलो विकेट गुमाएको आयरल्याण्डले एक समय २ सय रन बनाउने देखिएको थियो । 
आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले एन्डी बलबिर्नीसँग निकै महत्वपूर्ण साझेदारी गरे । फलस्वरुप ११ ओभरमा आयरल्यान्डले एक विकेट मात्र गुमाएर ९४ रन बनाइसकेको थियो ।  १२ औँ ओभरमा ललित राजवंशीले फ्याकेको बलबाट आयरल्यान्डले लगातार दुई विकेट गुमायो । तेस्रो बलमा राजवंशीले बलबिर्नीलाई विनोद भण्डारीको हातबाट स्टम्पिङ गराए । त्यसपछि चौंथो बलमा आयरल्यान्डका टेक्टर रनआउट भए । त्यसपछिका ओभरहरुमा नेपाली बलरले निकै कसिलो बलिङ गरे । १४.५ ओभरमा अविनाश बोहराले गेरी विल्सनको विकेट लिए । १५ औं ओभरमा पनि आयरल्यान्डले दुई विकेट गुमायो । ओभरको दोस्रो बलमा मार्क अडायर रन आउट भए भने लगत्तको बलमा करण केसीले पाउल स्टर्लिङको निर्णायक विकेट लिए । त्यतिबेलासम्म स्टर्लिङले ४७ बलमा ५९ रनको महत्वपूर्ण इनिङ खेलिसकेका थिए । उनको इनिङमा २ छक्का र ६ चौका सामेल थिए ।

सन्दिपले आफ्नो अन्तिम ओभरमा गारेथ डेलानीको विकेट लिँदै आफ्नो विकेट संख्या बढाए । १८ औंभरमा फेरि अविनाशले पनि आफ्नो व्यक्तिगत दोस्रो विकेट लिए ।

नेपालले आयरल्यान्डलाई १ सय ३५ रनभित्रै समेट्ने सम्भावना देखिँदा करण केसीको अन्तिम ओभर भने महंगो बन्न पुग्यो । उनले दुई छक्का सहित १८ रन खर्चिन पुगे । यहि महंगो ओभरका कारण नेपालले खेल गुमायो ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

रुसले बनाएको कोरोना भ्याक्सिन तत्कालै प्रयोग नगर्न ब्ल्युएचओको चेतावनी

२८ साउन, काठमाडौँ ।
विश्व स्वास्थ्य संगठनले रुसमा निर्मित भएको कोरोनाविरुद्धको भ्याक्सिन पूर्ण परीक्षण नभई प्रयोग गर्न नहुने बताएको छ।  अहिलेसम्म रुसले बनाएको भ्याक्सिनबारे मूल्यांकन गर्न पर्याप्त जानकारी प्राप्त नभएको डब्ल्यूएचओले जनाएको छ। डब्ल्युएचओ अन्तर्गतको पेन अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्, ब्राजिलले पनि भ्याक्सिन बनाउन थालेको भनिएको छ, तर पूर्ण परीक्षण नभइकन यी

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top