syangyong
nlic

नेपालमै यस्तो सरकारी जागिर : दिनमा दुई घण्टामात्रै काम, जीवनभर छाड्नु नपर्ने, घरबाटै गर्न सकिने


Tuesday, 13 Mar, 2018 3:15 PM
२९ फागुन, वीरगञ्ज । दिनमा दुई घण्टामात्र खुल्ने सरकारी कार्यालय ? सुन्दा अचम्म लाग्छ, तर यहाँ यो सत्य हो ।

सरकारी कार्यालयकै अभिन्न अंगका रुपमा रहेको छ – अतिरिक्त हुलाक कार्यालय । जिल्लाका यी कार्यालय बिहान १० देखि अपराह्न १२ बजेसम्मका लागि मात्र खुल्ने गरेका छन् ।

अतिरिक्त हुलाक कार्यालय सरकारी कार्यालयअन्तर्गत रहेपनि यसमा काम गर्ने कर्मचारी भने निजामती होइनन् । उनीहरु निजामती कर्मचारीजस्तो तलब सुविधा भने पाउँदैनन् । न्यूनतम तलब, वर्षको १५ दिनको औषधि, उपचार खर्च र घामपानीबाट जोगिन एउटा छाता ।

पर्सा जिल्लामा ६६ वटा अतिरिक्त हुलाक कार्यालय छन् । तीनमा काम गर्ने प्रमुख एजेण्टले मासिक रु ६ हजार ९२५, डेलिभरी एजेण्टले मासिक ६ हजार ६२ रुपैयाँ ५० पैसा र क्यारियर एजेण्टले मासिक छ हजार ६२ रुपैयाँ ५० पैसा तलब पाउने गर्छन् ।

जिल्लामा रहेको अतिरिक्त हुलाक कार्यालयमा भने २५१ कर्मचारी कार्यरत रहेका छन् । श्रेणीविहीन कर्मचारीका रुपमा रहेका प्रमुख एजेण्ट, डेलिभरी एजेण्ट र कैरियर एजेण्टले दैनिक दुई घण्टामात्र काम गर्छन् ।

अर्को रोचक पक्ष त के छ भने दिनमा दुई घण्टामात्र खुल्ने यी सरकारी कार्यालयको आफ्नो कार्यालय भवन हुँदैन । गाउँपालिकाको कार्यालय भवनको एउटा कुना, कर्मचारीको आफ्नै घर, पसल, किराना, पान पसल वा अन्य कुनै पसल यसको कार्यालय भवनका रुपमा रहेका हुन्छन् ।

अर्को आश्चर्य भने यी कर्मचारीहरु सरकारी कर्मचारी त हुन् तर निजामती कर्मचारी भने होइनन् । झन् खोतल्दै जाँदा अर्को आश्चर्य भने झन् रोचक रहेको छ । त्यो के हो भने कर्मचारीको जागिर खाने उमेरको हदबन्दी भने हुँदैन । मृत्यु नहुन्जेल वा आफैँले नछोडुन्जेल यिनीहरुको जागिर आजीवन सुरक्षित हुनेगर्छ ।

राज्यले अतिरिक्त हुलाक कार्यालयलाई छुट्टै वर्गमा राखेकाले यिनीहरुलाई निजामती कर्मचारी मान्न सकिँदैन–जिल्ला हुलाक कार्यालय, पर्साका निमित प्रमुख प्रदीपकुमार मेहताले राससलाई भन्नुभयो, प्रत्येक अतिरिक्त हुलाक कार्यालयमा तीनदेखि पाँचजनासम्म कर्मचारी हुने गर्छन् ।

महँगी आकाशिएको अहिलेको अवस्थामा अतिरिक्त हुलाक कार्यालयका कर्मचारीले कुनै सुविधा नपाउनु र थोरै तलबमा चित बुझाउनु भनेको ‘हात्तीको मुखमा जिरा’ भन्ने उखान जस्तै भएको ती कर्मचारीले टिप्पणी गरे । न्यूनतम, बेतनभोगी र सुविधाविहीन यस्ता कर्मचारीका बारेमा राज्यको स्पष्ट नीति नहुँदा यहाँ काम गर्ने कर्मचारी आर्थिक संकट झेल्दै आएका छन् ।

योग्यता र सेवाको ग्यारेन्टी छैन भने मानवीय हिसाबले नेपाल अधिराज्यमा यस्तो विभेदपूर्ण सरकारी पेशा र क्षेत्र कहीँ देख्न पाइँदैन, वीरगञ्जवासीको टिप्पणी छ ।

सञ्चार क्षेत्रको सबैभन्दा पुरानो र परिपक्व संस्थाका रुपमा रहेको अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु ३० वर्षसम्म काम गरेर यसै पेशामा जीवनको उत्तराद्र्धतिर लागेका कर्मचारीलाई जागिर छाड्दा रित्तो हात फर्कनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

आर्थिक दृष्टिकोणले आत्मनिर्भर बनाउन सरकारी क्षेत्रभित्रै स्वशासित संस्थाका रुपमा अतिरिक्त कार्यालयलाई सञ्चालन गर्नुपर्ने माग उनीहरुको छ । रासस


MEGA COLLEGE

ime

bussewa

राजनीति

​महिला हिंसा नियन्त्रण गर्न पहल गर्न सरकारलाई सांसदको आग्रह

२ असोज, काठमाडौ । प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय बढ्दै गएको महिला हिंसा नियन्त्रणका लागि सार्थक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले  पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 

राजपा सरकारमा जान राजेन्द्र महतोको बटमलाइन : रेशम चौधरी छुट्नुपर्यो

२ असोज, नेपालगञ्ज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन् । मंगलबार यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको बताए । 

​दलहरू विषयगत समिति सभापतिका लागि मापदण्ड बनाउँदै

२ असोज, काठमाडौ ।  प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गते हुने भएपछि नेकपालगायत दलभित्र उम्मेदवारको बारेमा छलफल सुरु भएको छ । विषयगत समिति सभापतिका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले अधिकांश समितिमा सभापतिका सम्भावित उम्मेदवार टुङ्गो लगाएको छ । 

अन्तर्राष्ट्रिय

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

​शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु

फिलिपिन्स । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।  आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top