ककपिटमा निदाउने नेपाल एयरलाइन्सका भारतीय पाइलट निलम्बित, पाकिस्तानीलाई जिम्मेवारी


Wednesday, 15 May, 2019 4:46 PM
१ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले एयरबस ३२० को प्रशिक्षक पाइलट (आइपी) लाई जहाज उडान गर्न प्रतिबन्ध लगाएपछि नयाँ आइपी नियुक्त गरेको छ । संयोगबस प्रतिबन्धमा परेका प्रशिक्षक पाइलट भारतीय हुन् । उनको स्थानमा नियुक्ति गरिएका नयाँ आइपी चाहिँ पाकिस्तानी नागरिक हुन् । नागराज जहाजको ककपिटमै निदाएको फोटो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निगमसँग अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । क्यानको निर्देशन अनुसार निगमले न्यारोबडी जहाजका आइपी नागराजलाई अघिल्लो हप्ता उडान प्रतिबन्ध लगाएको थियो ।

प्रशिक्षक पाइलट नागराज ककफिटमै निदाएको विषयमा छानबिन गर्न क्यानले दिएको निर्देशनअनुसार निगमले ३ सदस्यीय अध्ययन समिति गठन गरेको छ । छानबिन समितिमा हवाइ उडान हवाई सुरक्षा विशेषज्ञ रहेका बरिष्ठ पाइलट युवराज भट्टराई, अपरेसन विभागका डेपुटी डाइरेक्टर दिपु रुहार्जन र इन्जिनियर दिवाकर बन्जारा छन् ।

छानबिन समितिले ककपिटमा निदाउने पाइलट नागराज, उनीसँगै रहेका अन्य क्याप्टेन, को–पाइलटसँगसमेत बयान लिई प्रतिवेदन बुझाउनेछ । वैशाख २६ देखि उनी बिदामा छन् । नागराज निगममा फर्के लगत्तै बुधबार वा बिहीबारसम्म समितिले उनीसँग बयान लिई क्यानलाई प्रतिवेदन दिने निगम स्रोतले जनाएको छ ।

नागराज बिदामा बसेको फाइदा उठाउँदै निगमको अपरेसन विभागले दुई महिना अघिमात्र निगममा काम थालेका पाकिस्तानी पाइलट गनीलाई नयाँ प्रशिक्षक पाइलट (आइपी) का रुपमा उडान अनुमति दिएको हो । अपरेसन विभागका प्रमुख रविन्द्रकुमार शेरचन (आरके) ले  काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ उडानमा आइपी बनाएर पठाएका हुन् ।

निगमको एयरबस ३२० का लागि नेपाली आइपी सुवास रिजाल हुँदाहुँदै १५ हजार अमेरिकी डलर तिर्ने गरी प्रशिक्षक पाइलटका रुपमा गनीलाई ‘हायर’ गरिएको हो ।

उनलाइ दिइएको जिम्मेवारी निगमको अपरेसन म्यानुअल विपरीत छ । म्यानुअलको ५.२.१७ मा उल्लेख भएअनुसार नयाँ आइपीले उडान भर्न विमानको आइपीसँग ८ वटा उडान भरेको हुनुपर्छ । स्रोतका भनाईमा, गनीले नेपाल वायुसेवा निगमका कुनै पनि आइपीसँग यसअघि कुनै पनि उडान गरेका छैनन् ।  पहिलो उडानमा अपरेसन विभाग प्रमुख आरके शेरचनसँगै उनले आइतबार काठमाडौँ–दिल्ली उडानमा भरेका थिए । दोस्रो उडान काठमाडौँ–दिल्लीकै उडानमा कोपाइलट राजेश कुशुवासँग गरेका हुन् । तेस्रो उडान आइपीका रुपमा गरेका हुन् । एयरबस ३२० को नयाँ आइपीका रुपमा उनले काठमाडौँबाट बुधबार बिहान ८ बजे दिल्लीको उडान भरेका हुन् । गनीसँगै उक्त उडानमा पाइलट योगेशकुमार हिराचन, को–पाइलट सुरज भण्डारी छन् । 

एयरबस ३२० का एक पाइलटका अनुसार निलम्बनमा परेका नागराज प्रशिक्षक पाइलटका रुपमा दक्ष थिए । प्रशिक्षण उडानका समयमा उनी पाइलट तथा कोपाइलटलाई उडानसम्बन्धी विभिन्न प्रश्न सोध्ने गर्दथे । नाम बताउन नचाहने ती पाइलटका अनुसार आन्तरिक उडानबाट अपग्रेड भई न्यारोबडीमा गएका केही पाइलटलाई दक्ष बनाउन नागराजलाई निगममा ल्याइएको हो । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top