syangyong

छाडा शब्द जोडेर र शरीरका लुगा खोलेर कहिलेसम्म बिकाउने संगीत ?

मीना घोरसाइने


Saturday, 21 Jul, 2018 1:43 PM
५ साउन, काठमाडौं । ‘केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो’ । प्रकाश सपूतको इपिक ब्याटल दोहोरी गीतले नेपाली युवा पुस्तामाझ निकै चर्चा बटुलेको छ । सपूत र प्रीति आलेको गायन रहेको यो गीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ ।

यस्ता खालका गीत लोकबजारमा भित्रिन थालेसँगै नेपालको लोक मौलिकपन हराउँदै गएको स्पष्ट रुपमा देखिन्छ । लोकसंगीतका पारखी चाबहिलकी २३ वर्षीया सृष्टि नेपाल पछिल्लो समयमा यस क्षेत्रमा देखिएको विकृतिका कारण लोकगीतप्रतिको आफ्नो मोह घट्दै गएको बताउछन् । ‘आजभोलि बजारमा आएका गीत सुनिनसक्नुका छन्’, नेपालको बुझाई छ ।

बजारमा आएका नयाँ छाडा गीतले नेपाली पहिचान गुम्दै गएकोमा उनले दुखेसो व्यक्त गरिन् । ‘आजकलका गीत त सुन्न पनि छाडिसकेँ’ उनले भनिन् ।

‘छाडेर काम सारा, एक काम रोजिरहेछु, 
यो देशमा म एउटा मानिस खोजिरहेछु ।’


गायक शिशिर योगीले गाएको यो गीत अहिले पनि निकै लोकप्रिय छ । हरेक मानिसको मुख मुखमा देशभक्तिका यस्ता गीत झुण्डिरहन्छन् । योगीको यो गीत विसं २०७० मा डिजिटल माध्यममा देखिन थालेपछि झन् चर्चामा आउन थालेको छ । यो गीतलाई युटुबमा हालसम्म करीब ६८ हजारले हेरेका छन् ।

डिजिटल प्रविधिको विकास नहुँदा विगतमा यस्ता पुराना शैलीका गीतहरु संग्रहित गर्न निकै कठिन थियो । समीक्षक राम सहयात्रीले साँच्चिकै मार्मिक शब्द अनि स्वर भएको उक्त गीत सुनेपछि मनमा कताकता सिरिङ्ग भएको र आफू शिशु नै पो भएको जस्तो आभास भएको बताए ।

अहिले त्यस किसिमका लोक मौलिकता बोकेका गीतसंगीत थोरै मात्र बन्न थालेका छन् । अहिले देशभक्तिका भन्दा पनि प्रेमसँग जोडिएका गीत बढी सुनिन थालेका छन् ।

नेपाली गीतसंगीतका लागि लामो समयदेखि काम गरिरहेका वरिष्ठ संगीतकार शक्तिबल्लभ भन्छन्, ‘नयाँ गीतसंगीतमा जति सिर्जनात्मकता चाहिने हो, त्यो अहिले छैन । ‘गीतको भिडियो बनाउने कुरामा र शब्दको चयनमा स्रष्टाले ध्यान दिनुपर्छ ।’

उनका अनुसार नेपाली गीतसंगीत दीर्घकालीन समयसम्म पनि छाप बस्ने खालको हुनुपर्छ । अहिलेका गायक, संगीतकार, रचनाकार र भिडियो बनाउने व्यक्तिले राष्ट्रियताको सन्देश दिनेभन्दा पनि छोटो समयका लागि मात्र निर्माण गर्ने गरेको उनको बुझाई छ । नयाँ पुस्ताले नेपालीपनलाई बढी ध्यान दिनुपर्ने र छायाङ्कनमा पहिरनमा नेपालीपन झल्कनुपर्ने उनी बताउँछन् ।

जति पुराना गीतप्रति सकारात्मक विचार पुराना पुस्तामा पाइन्छ, त्यो पटक्कै अहिलेका धेरैजसो गीतमा पाइँदैन । पहिले लेखिएका गीतका शब्द सुन्नलायक थिए, त्यो अहिलेका गीतमा भेट्टाउनै मुश्किल रहेको केहीको भनाइ छ । विशेष गरी लोकगीत त सुन्नलायक नै छैनन् ।

‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’, ‘खैरेनीमा गेट’, ‘घुम्तीनिर भेट भयो’ लगायत गीतले जति हाम्रा मौलिक लोकगीत जोगाएका थिए, त्यति अहिलेका लोकगीतमा पाइँदैन ।

नेपाली गीतसंगीतप्रति ज्यादै रुचि राख्ने काठमाडौँ चाबहिल निवासी सीआर बस्नेत बढी पुराना गीतसंगीत सुन्न रुचाउँछन् ।

‘नयाँ शैलीका गीतसंगीत खासै सुन्नलायक नै छैनन’, बस्नेतले भने । ‘साह्रै जाडो भो’, ‘साँढे गोरु’, ‘पीरतिमा दम छ’, ‘चालु रैछ यार’, ‘तिम्रै यादमा’, ‘झ्याप्पै माया लाउने’ लगायत लोकगीत भनिएका गीतमा लोक मौलिकपना पाउन नै मुश्किल रहेको उनको भनाई छ ।

‘पुराना मौलिक गीत भन्नेबित्तिकै तिनीहरुले समाजमा केही न केही लोक मौलिकपना बोकेका हुन्थे’, उनी थप्छन्, ‘नयाँ गीतहरुमा नेपालीपन नै छैन ।’  ‘ज्यान त टाढा छ, तर बिरानो नसम्झ माया गाढा छ’ गीतमा जति मौलिकपना र शब्द पनि सुनिरहुँ जस्तो लाग्ने छ, अहिलेका गीतमा वासनात्मक कुरा बढी घुसाएकाले लोकगीतप्रतिको मानसिकतामा समेत परिवर्तन आएको उनले बताइन् ।

पहिलेका गीतमा बनाइएका भिडियोमा महिलाको पहिरन पनि हेर्नलायक थिए । तिनीहरुले नेपाली संस्कृतिलाई जोगाएका थिए । अहिले गुन्युचोलीबाट बदलिएर महिलाले छोटाछोटा पहिरन लगाएको पाइन्छ जुन संस्कृति हाम्रो नभएको जानकार बताउँछन् ।

नेपाली संस्कृतिमा अहिले पाश्चात्य संस्कृति घुसेको प्रष्टै हुन्छ । प्रायःनग्नताले संगीत बिक्छ भन्ने धारणा अहिलेका निर्मातामा पाइने लोकगीतका पारखी बताउँछन् ।

अहिले सुन्नेभन्दा हेर्ने गीत आएको भनी अहिलेका छाडा गीतहरुप्रति नकारात्मक दृष्टिकोण बढिरहेको छ । स्वतन्त्र नेपाली गीतमा भन्दा पनि नेपाली चलचित्रमा लोकगीत घुसाउने गरेको पाइन्छ । ‘सान्नानीलाई भेट्न आउँदा रातै पर्‍यो बाटैमा’, ‘कुटुमा कुटु सुपारी दाना’ लगायत नेपाली चलचित्रको गीतमा नायिकाले गुन्युचोलो लगाएका छन् । तिनका दाँजोमा अचेल गाइने प्रायः लोकगीतमा उच्छृङ्खल शब्दको प्रयोग बढी छ ।

‘पहिलेका नेपाली गीतमा छुट्टै खालका मीठास हुन्थे,” लोक, आधुनिक र भजनगायिका ज्ञानु राणा भन्छन्, ‘अहिलेका नेपाली गीतले हाम्रो संस्कृति नै हराउँदै गएको आभास हुन्छ ।’ नयाँ गीत कुनै यथार्थमा भन्दा पनि काल्पनिकतामा रच्ने गरेको अनुभव उनको छ ।

पहिले गीतको बजार सानो थियो, तर अहिले यो एउटा यो ठूलो उद्योगको रुपमा स्थापना भइसकेपछि प्रतिष्पर्धाका नाममा विकृति भित्रिएको उनी बताउँछन् ।

पहिले गीतको बजार सानो भएको तर अहिले यो एउटा यो ठूलो उद्योगको रुपमा स्थापना भइसकेपछि प्रतिष्पर्धाका नाममा विकृति भित्रिएको संस्कृतिविद् बताउँछन् । कुनै गीतका शब्द राम्रा भए पनि छायाङ्कनमा पहिरनको छनौट राम्रो पाइँदैन ।

‘तरकारी काउली बसी बसी खाउली’– कृष्ण समीप सुवेदीको यो गीतमा केही मौलिकता पाइए पनि पहिरनको छनोट भने सुहाउँदो छैन । सो गीतमा दिलीप रायमाझी र सावित्रा भुजेलको अभिनय छ ।

युट्युबमा सो गीतका विषयमा यस्तो प्रतिक्रिया छ, ‘गीतको सबै पक्ष राम्रो छ तर अभिनय गर्ने केटीको कपडाले पाउनुपर्ने नम्बर पाएन ।’ नेपाली संगीतमा नयाँपन ल्याउँदै राष्ट्रियता बचाउने गीतमा नयाँपुस्ताको ध्यान बढी जानुपर्ने विज्ञको सुझाव छ । रासस

 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

४ भदौ, काठमाडौँ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरेका हुन्। सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार

​सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

४ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको आरोप लगाएका छन् ।सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको

​नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

४ भदौ, काठमाडौँ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो।प्रधानमन्त्री ओलीले गत 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top