नेपाल भारत व्यापार तथा पारवाहन सन्धी र वर्तमान अवस्था


Friday, 9 Oct, 2015 10:44 AM
डा.खोमराज खरेल

नेपाल र भारतबीचको व्यापार सम्बन्धको बारेमा ४०० वि.सी. पहिले देखि रहेको सन्दर्भ वरिष्ठ अर्थशास्त्री कौटिल्यले उल्लेख गरेकोबाट प्रस्ट हुन्छ त्यतिखेर नेपाल ऊनीका वस्तुहरु निर्यात गर्ने प्रमुख थियो । ईशा पूर्व ३२० को शुरुमा गुप्ताहरुको सुनौलो युगमा नेपाल र उत्तरी भारतको व्यापार बढेको थियो । सन् १७९१ को नेपाल तिब्बतको युद्धको समयमा इष्ट इन्डिया कम्पनीले वस्तुको आयात र निर्यातको लागि भारत र ब्रिटिश इन्डियाबीच ७ वटा धारा सहितको सन्धीको प्रस्ताव गरेको थियो जसमा २.२५ प्रतिशत भन्सार दर राखिएको थियो । सन् १८१६ मा ब्रिटिशले नेपालको बजारमा प्रवेशका लागि सुगौली शान्ति सन्धि गरिएको थियो । त्यतिबेला नेपालको वैदेशिक व्यापार भारत र तिब्बतमा मात्र सीमित थियो ।

नेपाल र भारतबीचको व्यापारको निरन्तरता १९२३ को  ब्रिटिश इन्डियासँगको सम्झौता सम्म कुनै सन्धी बिना चलिरह्यो । त्यस समयमा ब्रिटिश इन्डिया कम्पनी नेपालमा निर्यात बढाउनका लागि नेपालसँग व्यापार सम्बन्ध राख्न ईच्छुक थियो । नेपाल र भारतको व्यापार सम्बद्र्धन गर्न र भारत तिब्बत मार्ग विस्तार गर्न गोड्से मार्गलाई बढी जोड दिइएको थियो । सन् १९२३ को नेपाल र ब्रिटिश इन्डियाबीच व्यापार  सन्धी हुनु अघि ९५ प्रतिशत भन्दा बढी व्यापार भारतसँग मात्र हुन्थ्यो । सन्  १९२३ को व्यापार सन्धीको दफा ४ मा नेपाल र ब्रिटिशबीचको व्यापार प्रवद्र्धनको लागि ब्रिटिश इन्डियाको बन्दरगाह मात्र प्रयोग गर्नुपर्ने प्रावधान राखिएको थियो । नेपाललाई समुन्द्रपारका देशहरुबाट वस्तुहरु आयात गर्न प्रतिबन्द थियो । नेपाललाई ब्रिटेनमा निर्मित वस्तुहरु मात्र किन्न बाध्य गरिएको थियो । उक्त सन्धी नेपालका लागि हानिकारक थियो ।

भारत स्वतन्त्र भएपछि सन् १९५० मा शान्ति तथा मैत्रीपूर्ण सन्धी गरिए  लगत्तै जुलाई ३१, १९५० मा नेपाल भारतबीच काठमाडौंमा व्यापार तथा वाणिज्य सन्धी औपचारिक रुपमा कुनै एक बर्षको लिखित सूचना नभएसम्म १० बर्षका लागि गरियो । शान्ति तथा मैत्रीपूर्ण सन्धीले दुई देशहरुबीचको सम्बन्ध नजिक्याउने कार्यलाई औपचारिकता दियो । उक्त सन्धीलाई गैर आपसी (Non-reciprocal treaty) सन्धकिो रुपमा हेरिन्छ । सन् १९५० को व्यापार सन्धीको दफा १ को प्रावधानमा नेपालले भारतको कुनै पनि भूभाग तथा बन्दरगाहबाट सबै वस्तु तथा उत्पादनको पूर्ण तथा निःशन्देह व्यापारिक पारवाहन गर्न पाउने व्यवस्था गरिएकोछ । उक्त सन्धीलाई क्रमश १९६१ र १९७१ मा नविकरण गरियो । उक्त सन्धीमा निःशन्देह  रुपमा नेपालले तेश्रो देशमा पारवाहन गर्न पाउने सुविधाहरुको प्रावधानलाई विस्तार गर्ने र अनधिकृत रुपमा हुने व्यापार नियन्त्रण गर्न सहयोग गर्ने व्यवस्था गरिएको छ । उक्त सन्धीले देशको भूभागबाट कुनै भिन्न झण्डा गाडीमा राखेर भित्र वा बाहिर पारवाहन गर्ने स्वतन्त्रता प्रदान गरेकोछ । सन् १९७१ को सन्धीमा भारत सरकारले नेपाली वा भारतीय वस्तुबाट नेपालमा उत्पादन गरिएका सम्पूर्ण प्राथमिक उत्पादनहरुलाई आधारभूत भन्सार दर र परिणात्मक प्रतिबन्द बिना भारतीय बजारमा प्रवेश गर्नका लागि सहमति दिएकोछ । सन् १९७१ को व्यापारिक सन्धीले भारतबाट नेपालमा निर्यात गरिने वस्तुहरु माथि लगाइने महशुल तथा अन्य भन्सार वापतको रकम फिर्ता गर्ने सुविधा प्रदान गरेकोछ ।  

सन् १९७८ मा विस्तृत उद्देश्यहरु सहितको दुई देशहरुबीचको नयाँ सन्धी भयो सो सन्धीमा तीनवटा सहमतिहरु गरिए जस्तैः व्यापार सन्धी, पारवाहन सन्धी र अनधिकृत व्यापार नियन्त्रण गर्न सहयोग गर्ने सहमति । सो सन्धीमा १२ वटा प्राथमिक वस्तुहरुमाथि परस्पर रुपमा सामान्य भन्सार तथा परिमाणात्मक रोक छुट गर्ने प्रावधानको व्यवस्था गरिएको थियो । त्यसैगरी पारवाहन सन्धीमा नेपालले जहाजमा ल्याएको वस्तुहरुलाई भारतको कलकत्ता र हल्दिया बन्दरगाहमा ७ दिनसम्म निःशुल्क राख्न पाउने सुविधा दिएकोछ । नेपाललाई बंगलादेश भएर तेश्रो मुलुकहरुसँग व्यापार गर्न पाउने अवसर प्रदान गरिएकोछ   । नेपाल र भारत दुई देशहरुबीच व्यापार गर्न भारतले २१ वटा नाकाहरु  खुला गरेको थियो । सन् १९७८ को सन्धीलाई अर्को पाँच बर्षका लागि केही परिमार्जन सहित  १९८३  र १९८९ मा नविकरण गरियो । सन् १९८९ मा व्यापार र पारवाहन सन्धीहरुको समय सीमा समाप्ति भए पश्चात् करिव १५ महिना सम्मका लागि व्यापार तथा पारवाहन सन्धी तोडियो । २१ वटा नाकाहरु मध्ये दुई वटा नाकाहरु मात्र भारतले  खुला गरेको थियो । अन्य नाकाहरु भारतले नेपाललाई व्यापारिक नाकाबन्दी ग¥यो। त्यसको लगत्तै बहुदलिय प्रजातान्त्रिक आन्दोलन सफल भए पश्चात् समय समयमा व्यापार तथा पारवाहन सन्धीहरु सन् १९९१, १९९६, २००२, २००७, २००९ र सो पश्चात् नविकरण गरिए । सन् १९९१ पश्चात् नेपाल नयाँ युगमा प्रवेश ग¥यो र सोही बमोजिम अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न थाल्यो ।

सन् १९९६ मा नविकरण गरिएको व्यापार सन्धीले द्विक्षिय व्यापारमा उल्लेख्य रुपमा परिवर्तन ल्याएको थियो । त्यस सन्धीले पारवाहन सन्धीमा समेत नयाँ पद्धति ल्यायो । सन् १९९६ मा नेपाल भारतबीच भएको व्यापार सन्धीको भूमिका निकै महत्वपूर्ण मानिन्छ । विशेषगरी उक्त सन्धी नेपालको अर्थतन्त्रमा निर्यात व्यापार र औद्योगिक विकासका लागि प्रस्थानविन्दु मानिन्छ । उक्त सन्धीले नेपाल भारत व्यापार सम्बन्धमा उदार संरचना प्रदान गरेकोछ । त्यस सन्धीमा भएका परिवर्तनहरुमा ः
(क) भारतीय सरकारले नेपालमा निर्मित सम्पूर्ण उत्पादनहरु भन्सार महशुल र परिमाणात्मक  निःषेद विना स्रोत÷प्रारम्भ प्रमाणपत्र (Certificate of origin) का आधारमा भारतीय बजारमा लैजान पाउने ।
(ख) स्रोत÷प्रारम्भ प्रमाणपत्रका साथ नेपालले निर्यात गरेको माल सामानलाई भारतको भन्सार नाका÷चेक पोष्टमा ढिला नगर्ने ।
(ग) भारत सरकारले बंगलादेशका लागि पारवाहन गर्न फुलबारी बन्दरगाह खुला गर्ने ।
(घ) प्रतिहप्ता हवाई सिटको संख्या  बढाउने र दुवै देशका सरकारहरुले खुला  आकाश नीतिका लागि सहमति गर्ने ।
(ङ) नेपाल सरकारले आफ्नो वैदेशिक लगानी नीति, कम्पनी कानुन र प्रविधि हरुतान्तरण ऐन सुधार गर्ने जस्ता विभिन्न पक्षहरुमा परिवर्तन गरेको छ । यी बाहेक त्यस सन्धीले नेपाल भारतबीच राम्रो व्यापारिक तथा लगानीको वातावरण सृजना गरेको थियो । उक्त सन्धीबाट नेपालले धेरै अवसरहरु पाएको थियो तर उचित सदुपयोग गर्न सकेन् । उक्त सन्धीलाई सन् १९९९ मा पून हस्ताक्षर गरियो ।

नेपालको निर्यातले गर्दा  प्रतिस्पर्धा बढ्न गएकोले  भारतीय उद्योगीहरुबाट  दवाव आएकोले रोकावटको समस्या थुप्रिदै गयो । सन् २००२ मा सन् १९९६को सन्धीलाई केही धाराहरुमा थपघट सहित परिमार्जन गरियो । केही वस्तुहरुको निर्यातमा कोटाको व्यवस्थाको साथै निर्यातमा थप महशुल लगाउने जस्ता प्रावधानहरु थपिए । जसले गर्दा नेपाल भारत व्यापार तथा पारवाहनमा समस्याहरु उत्पन्न हुन थाले । सन् २००७ मा नेपाल भारत व्यापार सन्धी पून नविकरण गरियो । उक्त नविकरण गरिएको सन्धीले सम–सामयिक केही प्रमुख विषयहरु जस्तै गैर महशुल दरलाई संवोदन गरेन ।  केही थप क्षेत्रहरुमा समेत सहयोग तथा सहमति हुने अपेक्षा गरिएको थियो तर अपेक्षा अनुरुप सुधार हुन सकेन् । 

सन् २००९ मा ७ बर्षको अवधि सम्मका लागि नेपाल भारत व्यापार सन्धी नेपालसँग सरोकार राख्ने  अतिरिक्त महशुल र गैर महशुलको निर्धारण अवरोधलाई संवोदन हुने गरी नविकरण गरियो । तथापि परिवर्तनबाट नेपालबाट भारतमा हुने  निर्यात व्यापारमा सुधार हुने कुरामा शंका देखिन्छ । नेपालले पाँचवटा अतिरिक्त महशुल प्रयोग ल्यायो जसमध्ये भारतीय उत्पादनमा कृषि विकास शुल्कलाई जोड दिइयो ।

भारतले द्विपक्षिय आर्थिक सहयोगको आवश्यकताको नमुनालाई जोड दिएको छ । दुवै देशहरुले व्यापारलाई आयात केन्द्रित कम र बढी वृहत र एकआपसमा फाईदाजनक बनाउने तर्फ अघिबढ्न विस्तृत आर्थिक साझेदारी सहमति (Comprehensive Economic Partnership Agreement- CEPA) गर्न वस्तु तथा सेवाको व्यापारिक र लगानी सम्बन्धी सम्बन्धलाई विस्तार गर्न आवश्यक ठानेको देखिन्छ । सम्पूर्ण व्यापारिक सन्धी र सम्झौताहरुको अवधिमा नेपालले नेपालमा उत्पादित प्राथमिक वस्तुहरुको भारतमा निर्यात गर्दा भारतीय गैर महशुल अवरोधहरुको समन्वय सम्बन्धको विषयमा चासो देखायो भने भारतले भने व्यापारिक प्रवद्र्धनलाई चासो देखाएकोछ ।

नेपाल भारतबीच विभिन्न समयमा जे जस्ता व्यापारिक तथा पारवाहन सम्बन्धी सन्धी तथा सम्झौताहरु गरिएता पनि भारतले नेपाललाई एउटा असल छिमेकी तथा संयुक्त राष्ट्र संघको १९६५ को प्रावधान अनुसार एउटा भूपरिवेष्ठित देशले निर्वाध रुपमा पाउने पारवाहन सुविधालाई वेवास्ता गर्दै आएको छ । एकातर्फ भारतको नेपालप्रतिको दृष्टिकोण हेपाह प्रकृतिको देखिन्छ भने अर्कोतर्फ नेपाल सरकार र नेपाली नेताहरुको अदरुदर्शीता  गम्भिर विषय हाम्रो चिन्ता हो ।

नेपालको अर्थतन्त्र निकै सानो र उत्पादनको अवस्था कमजोर साथै भूपरिवेष्ठित देश भएको वैदेशिक व्यापार घाटा ठूलो परिमाणमा छ । विगत बर्षको तथ्यांक अनुसार नेपालको व्यापार घाटा ६१२ अर्ब भन्दा बढी छ ती मध्ये कुल व्यपारको ६५ प्रतिशत भन्दा बढी व्यापार भारतसँग मात्र छ । वर्तमान तथ्यांक अनुसार भारतसँगको वैदेशिक व्यापार घाटा साढे चार खर्ब भन्दा बढी छ । नेपालको भारतसँगको प्रतिबर्ष व्यापार बढ्दो छ । सन् २००२।०३ देखिको नेपाल भारतबीचको व्यापार हेर्दा नेपालबाट भारतमा प्रतिबर्ष खरबौ रुपैंया गएको छ । नेपाल भारत व्यापार घाटाको निम्न तालिकामा देखाईएकोछ ।

तालिकाः नेपालको भारतसँगको आयात, निर्यात र व्यापारघाटा (२००२।०३ देखी २०१३।१४)
(रु.करोडमा)
आ.ब.    आयातरु.    निर्यात रु.    व्यापारघाटा रु.    प्रतिदिन घाटा रु.
२००२।०३    ७०९२.४२    २६४३.००    –४४४९.४२    १२.१९
२००३।०४    ७८७३.९५    ३०७७.७१    –४७९६.२४    १३.१४
२००४।०५    ८८६७.५५    ३८९१.६९    –४९७५.८६    १३.६३
२००५।०६    १०७१४.३१    ४०७१.४७    –६६४२.८४    १८.२०
२००६।०७    ११५८७.२३    ४१७२.८८    –७४१४.३५    २०.३१
२००७।०८    १४२३७.६५    ३८५५.५७    –१०३८२.०८    २८.४४
२००८।०९    १६२४३.७६    ४१००.५९    –१२१४३.१७    ३३.२७
२००९।१०    २१७११.४३    ३९९९.३७    –१७७१२.०६    ४८.५३
२०१०।११    २६१९२.५२    ४३३६.०४    –२१८५६.४८    ५९.८८
२०११।१२    २९९३९.००    ४९६१.६०    –२४९७७.३०    ६८.४३
२०१२।१३    ३६७०३.१०    ५१००.००    –३१६०३.२०    ८६.५८
२०१३।१४    ४७७९४.७०    ५९६१.४०    –४१८३३.३०    ११४.६१

नेपालको सन् २००२।०३ देखी २०१३।१४को भारततर्फको व्यापार घाटालाई विश्लेषण गर्दा प्रतिबर्ष व्यापार घाटा बढ्दो छ । सन् २००२।०३ मा भारतसँगको कुल व्यापार घाटा रु.४४४९.४२ करोड र प्रतिदिन घाटा रु.१२.१९ करोड, थियो भने सन् २००३।०४मा कुल व्यापार घाटा रु.४७९६.८६ करोड र प्रतिदिन व्यापार घाटा रु.१३.१४ करोड रहेको थियो । २००४।०५ मा भारतसँगको कुल बार्षिक व्यापार घाटा रु.४९७५.८६ करोड थियो सोही बर्ष प्रतिदिन रु.१३.६३  करोड व्यापार घाटा थियो । क्रमशः २००५।०६ मा ६६४२.८४ करोड बार्षिक व्यापार घाटा र रु. १८.२० करोड प्रतिदिन व्यापार घाटा, सन् २००६।०७ मा कुल व्यापार घाटा रु.७४१४.३५ करोड र प्रतिदिन घाटा रु.२०.३१ करोड घाटा, २००७।०८ मा कुल घाटा रु.१०३८२.०८ करोड र प्रतिदिन रु. २८.४४ करोड, २००८।०९ मा कुल व्यापार घाटा रु .१२१४३.१७ करोड र प्रतिदिन घाटा रु.३३.२७ करोड, २००९।१० मा रु.१७७१२.०६ करोड र प्रतिदिन घाटा रु.४८.५३ करोड, २०१०।११ मा कुल घाटा रु. २१८५६.४८ करोड र प्रतिदिन घाटा रु.५९.८८ करोड, २०११।१२ मा कुल घाटा रु.२४९७७.३० करोड र प्रतिदिन घाटा रु.६८.४३ करोड, २०१२।१३ मा कुल घाटा रु.३१६०३.२० करोड प्रतिदिन घाटा रु.८६.५८ करोड थियो । यसैगरी सन् २०१३।१४ मा कुल घाटा रु.४१८३३.३० करोड र प्रतिदिन घाटा रु.११४.६१ करोड रहेको देखिन्छ । करिव १२ बर्षसम्मको नेपाल र भारतबीचको व्यपारलाई विश्लेषण गर्दा नेपालको वैदेशिक व्यापार भारतमुखी देखिन्छ । भारतसँगको व्यापार आयात मुखी छ  । अहिले २०१४।१५ को आँकडालाई समेत हेर्दा नेपालको भारतसँगको कुल व्यापार घाटा साढे चार अर्ब भन्दा बढी रहेको छ । भारतसँग आयात व्यापारका लागि भारतीय मुद्रा अभाव भएकोले नेपाल राष्ट्र बैंकले आ.ब.२०१४।१५ मा अमेरिकी डलर ३ अर्ब ५० करोड बिक्री गरि रु.३४८ अर्ब ९ करोड बराबरको भा.रु. खरिद रु. गरेको छ । यसरी नेपालको एकातर्फ भारतसँगको बढ्दो व्यापार घाटाको कारणले गर्दा भारतीय मुद्रा क्रमशः अभाव हुँदै छ भने अर्कोतर्फ भारतीय बजारमा नेपाली कामदारहरुको घट्दो संख्याको कारणले गर्दा भारतीय मुद्राको अभाव को अवस्था सृजना भएको छ ।

वास्तवमा नेपाल र भारत दुवै एक अर्काका महत्वपूर्ण व्यापारिक साझेदार देश हुन् । नेपाल एक भूपरिवेष्ठित राष्ट्र भएकोले छिमेकी देशहरुबाट पाउनु पर्ने पारवाहन सुविधा संयुक्त राष्ट्र संघको प्रावधान अनुसार नेपालको अधिकार नै हुन्छ । भारत विश्वको चौथो अर्थतन्त्र भएको र नेपाल ठूलो परिमाणमा निर्यात व्यापार गर्ने  देश तथा छिमेकी देशको कारणले गर्दा नेपाललाई सम्मानका साथ व्यवहार गर्नु पर्ने दायित्व हुन्छ । विगत सन् १९८८ को भारतले नेपाल विरुद्ध गरेको औपचारिक व्यापारिक नाका बन्दी अहिले गरेको अघोषित नाका बन्दीका कारणले गर्दा क्षेत्रफलको दृष्टिकोणले आफु भन्दा चौबिस गुणा सानो एक भूपवेष्ठित तथा विकासको दृष्टिकोण समेत अल्पविकसित देशप्रति देखाएको व्यवहार निकै अशोभनीय छ । आगामि दिनहरुमा भारतले आफ्नो मात्र उन्नति र प्रगति गर्ने नीति नियम तथा योजनाहरु कार्यान्वयनमा ल्याएर हुँदैन । उसले आफ्ना छिमेकी देशहरुको समेत विकास हुने क्रियाकलापहरु ल्याउनु पर्दछ । भारतीय सरकार र त्यहाँका नेता तथा जनताहरुले समेत छिमेकी देशहरुको भलो हुने कुरा सोच्नु पर्दछ । विश्वव्यापी सिद्धान्त अनुसार ठूला देशहरुको साझा दायित्व भनेको साना देशहरुको अर्थतन्त्र उकास्ने र जनतालाई राहत दिने क्रियाकलापहरु अघि बढाउनु पर्दछ ।

नेपालको अर्थतन्त्र बलियो हुँदा भारतलाई सुरक्षा, रोजगारी,पारस्परिक सम्बन्ध, साँस्कृतिक, सामाजिक, आर्थिक,व्यापारिक, राजनैतिक, धार्मिक आदिका दृष्टिकोणले सकारात्मक प्रभाव पर्दछ । भारतले सोही दृष्टिकोणले नेपाललाई व्यवहार गर्नुपर्दछ । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top