esewa

​अब आवेदन दिएको एक साता भित्रै नयाँ मिटर जडान हुने


Thursday, 10 Jan, 2019 1:50 PM
२६ पुस काठमाडौँ ।  तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । 

प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालयका प्रमुखलाई सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । 

प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेज मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र उद्योग तथा प्रतिष्ठानमा प्रयोग हुने ‘टिओडी’ नयाँ मिटर क्रमश : १५ र ३० दिनभित्र उपलब्ध मात्रै गर्नेछैन, जडान नै गरिदिनुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।  
ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।  मुलुकभर विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरण विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएको छ । 

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने र महसुल बक्यौता असुलीमा कडाइ गर्दै आएको छ । यस्तै प्राविधिक चुहावट नियन्त्रण गर्न काठमाडौँ उपत्यका र प्रमुख शहरी क्षेत्रमा पाँच हजार नयाँ ट्रान्सफर्मर जडान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यस्तै वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणको काम पनि अगाडि बढाइएको छ । सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्ने व्यवस्थासमेत मिलाइएको छ । 
नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको तथा घुस मागेको र घुस माग्दामाग्दै प्राधिकरणका कर्मचारी समेत पक्राउ पर्न थालेपछि प्राधिकरणले नयाँ व्यवस्था गरेको हो । प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्ने व्यवस्थासमेत मिलाएको छ । 

हरेक वितरण केन्द्रले आफूले प्रदान गर्ने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क मोबाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । 

नयाँ व्यवस्थाअनुसार सिङ्गल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिनभित्र मर्मत गरिनेछ । यस्तै थ्रि फेजको तीन दिन र टिओडी १० दिनभित्रमा जडान÷मर्मत गर्ने व्यवस्था समेत मिलाइएको छ । 

प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोबाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा पनि उजुरी गर्न सकिने व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रीत भई क्षेत्रीय कार्यालय र त्यसअन्तर्गतका केन्द्र प्रमुखसँग धमाधम कार्यसम्पादन करार सम्झौतासमेत गर्दै आएको छ । रासस


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सामाजिक सुरक्षा योजनालाई उद्योगी नेताहरुले नै सहयोग गरेनन् : मन्त्री विष्ट

८ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योगी नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको बताए । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वाहनामात्रै भएको भन्दै उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वयनमा समस्या सिर्जना भएको दाबी गरे ।

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : रवीन्द्र मिश्र

८ भदौ, बुटवल । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भने, ‘भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका 

सरकार सफल भएमात्र संघीयता सुदृढ हुन्छ : पर्यटनमन्त्री भट्टराई

७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताए । 
 

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण

८ भदौ, काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले शनिबार छोटो दूरीका दुई वटा ब्यालेस्टिक मिलाइल परीक्षण गरेको हो  दक्षिण कोरियाका ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ ले भनेका छन्, ‘सेनाले दुई अज्ञात प्रक्षेपास्त्रहरु देखेको छ । ती छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु हुन सक्ने अनुमान गरिएको छ ।’

कश्मीर पुग्न नपाइ विमानस्थलबाटै फर्काइएपछि के भने राहुल गाधीले ?

भारत सरकारले धारा ३७० खारेज गरेपछि पहिलो पटक जम्मू–कश्मीर भ्रमणमा निस्केका कांग्रेस नेता राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलबाटै फर्कायो । गान्धीसहित ११ जना नेताको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले विमानस्थलबाट बाहिर निस्कन प्रतिवन्ध लगाएपछि उनीहरु त्यहाँबाट फर्किए । आफूहरुलाई त्यहाँका नागरिकसँग भेट गर्न नदिएपछि राहुलसहितका नेताहरुले पत्रकार सम्मेलन गरे । 

कश्मीर विवाद : धार्मिक प्रार्थनापछिको विरोध प्रदर्शनमा झडप

७ भदौ, काठमाडौं । भारत प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन् । सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए । शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो । प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो । कम्तीमा दुईजना घाइते भएका छन् । तीन साता अगाडि भारत सरकारले जम्मू(कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top