siddhartha

​आजबाट दसैँका नयाँ नोट साँट्न पाइने, कहाँबाट कति नोट साँट्न पाइन्छ ?


Wednesday, 13 Sep, 2017 12:33 PM

२८ भदौं, काठमाडौं ।
दसैँका लागि सर्वसाधारणले नयाँ नोट साट्ने व्यवस्था आजदेखि सुरु भएको छ । 

राष्ट्र बैंकदेखि निजी बैंकसम्म गएर नयाँ नोट साँट्न सकिन्छ । राष्ट्र बैंकमै गए प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सकिनेछ । यो वर्ष ३० देखि ४० अर्ब रुपैयाँ नयाँ नोट साटिने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ । 

यो वर्षदेखि सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा प्रत्तिव्यक्ति २० हजार रुपैयाँसम्म मात्र नयाँ नोट साट्न पाइने छ । 

नेपाल बैंकको बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ ।

कृषि बिकास बैंकको मुख्य कार्यालयसहित कोटेश्वर, गौशला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकको क्षत्रीय कार्यालय र मुद्रा सञ्चिती रहेका वाणिज्य बैंकबाट पनि नयाँ नोट वितरण हुनेछ ।

निजी क्षेत्रका बैंकहरुबाट पनि नयाँ नोट साट्न पान्५ । राष्ट्र बैंकले निजी बैंकहरुलाई साढे ३ करोड देखि ११ करोड रुपैयाँसम्मका नयाँ नोट दिने भएका छन् । 

बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका हुन् । सरकारी निकाय लगायतकाले भदौं २१ गतेदेखि नोट साट्न सक्ने व्यवस्था गरेका थिए ।


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​रसुवामा विप्लव समूहका कार्यकर्ता पक्राउ

६ मंसिर, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ । कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पक्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । 

​बारामा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार शुन्य

५ मंसिर, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्राथमिकतामा एउटा महिला नपरेपछि बारा जिल्लामा राजनीतिक गर्ने महिला सकसमा परेका छन् । समानुपातिक समावेशिताको नारा दलहरुले जतिसुकै दिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले बाराबाट कुनै पनि महिला उम्मेदवार नदिनुलाई महिलाप्रति विभेद् भएको बारावासीको गुणासो छ । 

​गुल्मी १ का उम्मेद्धार ज्ञवालीको प्रतिबद्धता, गाउँमा बोका–राँगादेखि विमानस्थलसम्म

हुमाकान्त पोखरेल
६ मंसिर, गुल्मी
 । गुल्मी क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । ज्ञवालीले स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्मका आयोजनाहरु समयमै सम्पन्न 

अन्तर्राष्ट्रिय

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

अमेरिकाले उत्तर कोरियालाई फेरि चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

५ मंसिर । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका छन्। यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई 

विचार / ब्लग

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व

ओम प्रकाश घिमिरे 
नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल 
Top