siddhartha
gharjaggakosathi

सरकार संचालनमा आलोपालोको सूत्र : वाम गठबन्धनलाई लाग्न सक्छ दाग

राजु ढकाल


Monday, 18 Dec, 2017 3:34 PM
वाम गठबन्धनको बहुमत आएपछि अब धेरैको जिज्ञासा छ प्रधानमन्त्री को बन्ला ? पार्टी एकता होला कि न होला ? एकता भएपछि को अध्यक्ष बन्ला ? यो चासो नेकपा एमाले र माओवादीका कार्यकर्तालाई मात्र होइन सर्वसाधारणलाई पनि छ । तर वाम गठबन्धनका शीर्ष नेताहरुले यसको ठोस जवाफ अहिलेसम्म दिन सकेका छैनन् वा चाहेका छैनन् । केही नेताहरुले बिस्तारै ओठ खोल्दैछन्, तर नेताहरुका भनाई आउनासाथ त्यसले सकारात्मक भन्दा नकारात्मक तरंगहरु छोड्न थालेको छ । एमाले र माओवादीका दोस्रो तहका नेताहरुको अभिव्यक्तिमा संगती छैन । परस्पर विरोधी जस्ता देखिन्छन् । उनीहरुको भनाईमा अस्पस्टता, दम्भ र भय सबै मिश्रित जस्तो देखिन्छ । एमाले र माओवादीका नेताहरुले एक अर्कालाई हिजोका दिनमा भएका सहमति सम्झाउन खोजे जस्तो देखिन्छ ।

राष्ट्रिय सभा निर्वाचन सम्बन्धी विवाद बढ्दै गएपछि वाम गठबन्धनका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्न मै  आफ्नो अधिकांश समय खर्चेका थिए : देउवाले सत्तालिप्सा देखाए, सरकार गठनका लागि बाटो खोलिदिएनन्, नयाँ नियुक्तिहरु गरेर प्रजातान्त्रिक आचरण देखाएनन् आदि आदि । आरोपका सूचि लामै थिए । उनीहरुले सरकार गठनका लागि वाम गठबन्धनलाई जनादेश आएको तर देउवाले त्यसको अपमान गरिरहेको समेत भन्न छुटाएनन् । पत्रकारहरुले जिज्ञासा राखे पार्टी एकता कहिले हुन्छ ? अध्यक्ष को हुन्छ ? सरकार कसको नेतृत्वमा बन्छ । तर ओली र प्रचण्डले त्यसको सिधा जवाफ दिन चाहेनन् । ओलीले प्रचण्डतिर देखाउँदै भने, ‘उहाँ पनि पार्टी कै अध्यक्ष हो म पनि पार्टी कै अध्यक्ष हो अध्यक्ष बन्ने रहर होइन मुलुकलाई समृद्वि र विकासतिर लैजाने हो ।’ ओलीको कुरा नसकिदै प्रचण्डले ओलीतिर देखाउँदै भने, ‘उहाँ पनि प्रधानमन्त्री म पनि प्रधानमन्त्री भइसक्यौ हामीलाई अब प्रधानमन्त्रीको लोभ छैन ।’ दुबै नेताका कुरा सुन्दा महान त्यागी नेताको भन्दा कम थिएन । तर ओली र प्रचण्डले पत्रकारहरुको प्रश्न छल्न मात्र यो दृष्टान्त दिएको प्रस्ट थियो । नत्र उनीहरुले प्रश्नको सिधा जवाफ दिन्थे प्रसंगलाई अन्त मोड्न आवश्यक थिएन । उनीहरुको संयुक्त विज्ञप्तीमा पनि पार्टी एकताबारे अहिले उठेका जिज्ञासाहरुलाई शान्त पार्ने कुनै शब्द छैनन् । यसले अझै पनि ओली र प्रचण्डमा सरकारको नेतृत्व कसले गर्ने, पार्टी एकता कसरी हुने पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा अन्यौल रहेको संकेत गर्छ । एमाले र माओवादीको गठबन्धन चुनावसम्मका लागि मात्र हो, यो गठबन्धन लामो समयसम्म टिक्न सक्दैन भन्नेका लागि यसले थप बल दिइरहेको छ ।

आलोपालोको बहस
ओली र प्रचण्डले सरकार संचालन र पार्टी एकताबारे चित्तबुझ्दो जवाफ नदिइरहेको बेला एमाले र माओवादीका दोस्रो बरियताका नेताहरुले भने विस्तारै कुरा खोल्न थालेका छन् । केही दिन अघि गठबन्धनका सुत्रधार एमाले नेता वामदेव गौतमले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको अभिव्यक्ति दिए । तर उनले आलोपालोको स्वरुपबारे भने स्पस्ट पारेनन् । त्यो आलोपालो भनेको एउटा प्रधानमन्त्री बन्दा अर्को पार्टी अध्यक्ष बन्ने वा ५ बर्षभित्र पालैपालो प्रधानमन्त्री र अध्यक्ष बन्ने स्पस्ट छैन । गौतमको भनाई द्विअर्थी छ । गठबन्धन कै सूत्रधारमा देखिएको अन्यौलले एमाले र माओवादीका कार्यकर्तामा अन्यौल छाएको छ । माओवादीका अर्का प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ले एक राष्ट्रिय दैनिकमा दिएको अन्र्तवार्तामा सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् । उनको भनाईले पनि अन्यौललाई चिर्न सकेको छैन । अनन्तको भनाईको आशय दुई अध्यक्षले ५ बर्षभित्रै पालैपालो प्रधानमन्त्री हुने र पार्टीको अध्यक्षता गर्ने संकेत गरेको छ । यि दुई नेताका अभिव्यक्तिले सरकार संचालन भागवण्डामा हुने संभावनालाई बढावा दिएको छ ।

त्यसो गरिए 
यदि गौतम र अनन्तले भने झै ५ बर्षभित्र दुई पार्टीका नेताले पालैपालो सरकार संचालनको नेतृत्व गर्ने गोप्य सहमति गरेका हुन भने त्यो एमाले र माओवादीका लागि घातक परिणाम ल्याउने सम्झौता हुन सक्छ । पार्टी एकता भए वा नभए पनि । गठबन्धन बनाउँदाखेरि नै दुई पार्टीका नेताहरुले यो गठबन्धन मुलुकमा राजनीतिक स्थिरता र समृद्विका लागि भएको बताएका थिए । उनीहरुले यो गठबन्धनलाई चुनावी मात्र भनेनन् पार्टी एकताको लागि भएको विश्वास दिलाए । हरेक चुनावी सभाहरुमा ओली र प्रचण्डले अब दुई पार्टी एक भइसकेको भन्दै गठबन्धनका उमेद्वारहरुलाई सघाउन आग्रह गरे । पटक–पटक सरकार परिवर्तन हुँदा मुलुकमा अस्थिरता आएको भन्दै उनीहरुले गठबन्धनमार्फत राजनीतिक स्थिरता दिने प्रतिज्ञा गरेका छन् । आज गठबन्धले जे परिणाम ल्याएको छ त्यो ओली र प्रचण्डको वचनलाई जनताले विश्वास गरेकै कारणले हो । यसमा शंका गर्ने ठाउँ छैन । किनकी लामो समयदेखिको राजनीतिक अस्थिरताबाट जनता मुक्ति चाहन्छन् र समृद्विको दिशातर्फ मुलुक हिँड्न खोजेको हेर्न चाहेका छन् । विगतका सबै कमिकमजोरीलाई सच्याउने बलियो आधार जनताले वाम गठबन्धनलाई दिएका छन् । तर फेरि पनि प्रधानमन्त्री पदलाई भागवण्डाको विषय बनाउने हो भने त्यसले जनताको विश्वासमाथि ठेस लाग्न सक्छ । यसले दलका नेताहरु फेरि पनि नसच्चिएको सन्देश जानेछ । वाम गठबन्धनप्रति जनताको विश्वास खण्डित हुने छ ।

स्पस्ट बहुमतका साथ सरकार संचालनको जनादेश दिँदा पनि सरकार फेरबदलको काममा लाग्दा त्यसले जनताले खोजेको राजनीतिक स्थिरताको आकांक्षालाई सम्बोधन गर्न सक्नेछैन । किनकी प्रधानमन्त्री पद केही नेताका लागि भागवण्डाको विषय हुन सक्दैन । यदि साँच्चै नै ओली र प्रचण्डबीच प्रधानमन्त्रीको कार्यकाल आलोपालो गरेरै चलाउने सहमति छ भने उनीहरुले निर्वाचनका दौरान  भन्नुसक्नु पथ्र्यो हामी दुईजनाले पालैपालो सरकार चलाउँछौ मत दिनुहोस । मुलुकलाई राजनीतिक अस्थिरताबाट मुक्ति दिन्छौ भनेर मत माग्ने अनि सरकार पनि फेरबदल गर्दै जाने हो भने त्यो जनतालाई धोका हो । यसले नेपालको भविष्य त सुन्दर बनाउँदैन नै राजनीतिक दलप्रति जनताको विश्वास पनि हट्छ अनि एमाले, माओवादी र समग्र गठबन्धनको विकल्प खोज्न जनतालाई बाध्य पनि बनाउने छ ।

 


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top