syangyong
nlic

एनआईसी एशिया बैंकको समुन्नती बचत र धनवर्षा मुद्धती योजना चैत्र २ गतेसम्म्म मात्र सञ्चालन हुने


Tuesday, 13 Mar, 2018 12:30 PM
२९ फागुन काठमाडौ । एनआईसी एशिया बैंकले गत फागुन ११ गतेदेखि सञ्चालनमा ल्याएको  समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) योजना त्यसपछि यी दुबै योजनाहरू बन्द गर्ने भएको छ । 
यी योजनाहरुले आम जनमानसमा अत्यन्त लोकप्रियता हासिल गरेको भएपनि विगत केहि दिन यता नेपाल बैंकर्स संघ र यस बैंक विच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गरेर जानुपर्छ भन्ने धारणा महशुस गरि चैत्र २ गतेबाट यो योजना बन्द गर्न लागिएको बैंकले जनाएको छ । चैत्र बिहीबारसम्म भने यो योजनामा सहभागी हुन सकिने छ ।  हालै सृजना भएको असहज परिस्थितीले उल्लेखित दुवै योजनाहरुलाई ग्राहकको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा बैंकले क्षमा समेत मागेको छ । 

निजी क्षेत्रको सबैभन्दा बढि १८३ वटा शाखासञ्जाल रहेको बैंका मुलुकमै सबैभन्दा बढि एटिएम सञ्जालभ एको बैंक हो । जसका १ सय ८५ वटा एटिएम रहेका छन् ।  ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट सहित ५,३७५ भन्दा बढि भौतिक सञ्जाल मार्फत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाख भन्दा बढि पुगेको हुँदा ग्राहकको संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भएको बैंकको भनाई छ । त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ ।

बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगीसकेको बैंकको भनाई छ । वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

छोटो समयमै बैंकलाई यस उचाईमा पुर्याउन अमुल्य योगदान पुर्याएको भन्दै बैंकले आम सर्वसाधारण, सेयरधनीहरु, सेवाग्राहीहरु सबैलाई धन्यवाद दिएको छ । 


MEGA COLLEGE

ime

bussewa

राजनीति

​महिला हिंसा नियन्त्रण गर्न पहल गर्न सरकारलाई सांसदको आग्रह

२ असोज, काठमाडौ । प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय बढ्दै गएको महिला हिंसा नियन्त्रणका लागि सार्थक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले  पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 

राजपा सरकारमा जान राजेन्द्र महतोको बटमलाइन : रेशम चौधरी छुट्नुपर्यो

२ असोज, नेपालगञ्ज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन् । मंगलबार यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको बताए । 

​दलहरू विषयगत समिति सभापतिका लागि मापदण्ड बनाउँदै

२ असोज, काठमाडौ ।  प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गते हुने भएपछि नेकपालगायत दलभित्र उम्मेदवारको बारेमा छलफल सुरु भएको छ । विषयगत समिति सभापतिका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले अधिकांश समितिमा सभापतिका सम्भावित उम्मेदवार टुङ्गो लगाएको छ । 

अन्तर्राष्ट्रिय

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

​शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु

फिलिपिन्स । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।  आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top