मन्त्री र सांसदको लुकामारीः संघीय निजामति सेवा ऐनमा कस्ले अड्कायो टाङ ?


Wednesday, 18 Mar, 2020 3:17 PM
५ चैत, काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी उपस्थित नभएपछि राज्य व्यवस्था समितिको आजको बैठक ( चैत ५) स्थगित भएको छ।  बैठकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघको हुने कि प्रदेशको भन्ने विषयमा मन्त्री त्रिपाठीले आफ्नो धारणा सुनाउने भनिएको थियो तर मन्त्री नै उपस्थित भएनन् । (चैत २) को बैठकमा सांसदहरुबीच मत बाझिएपछि मन्त्री त्रिपाठीले यो विषयमा आफूले राजनीतिक तहमा पनि छलफल गरिरहेको बताएका थिए। उनले चैत ५ सम्मको समय माग गरेका थिए।



वर्ष दिन बित्यो छलफलमै
विवादित विषयमा सहमति हुन नसक्दा संघीय निजामती कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा अल्झिएको १ वर्ष भन्दा बढी भयो ।  यो विधेयक गत वर्ष माघ २७ मा प्रतिनिधिसभामा दर्ता भएको थियो ।

चार दिन समय मागेका मन्त्री २ महिना गायब
यसअघि करिब साढे २ महिना अघि पनि मन्त्री त्रिपाठीले समितिमा चार दिन समय मागेका थिए । तर उनि दुई महिना सम्म आएनन् । त्यस अवधिमा समितिले पटक–पटक छलफलमा बोलाए पनि त्रिपाठीले समय दिएनन् । समितिका सभापति शशि श्रेष्ठले भेटेरै विवादित विषयमा सहमति जुटाउन पटक पटक आग्रह गरेको बताएकी थिइन् ।

मन्त्रीको आएन स्पष्ट धारणा
प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघबाट खटाउने कि सोहो ठाउँबाट राख्ने, परराष्ट्र सेवा राख्ने कि हटाउने,  स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन,  ट्रेड युनियनको अधिकारजस्ता विषयमा समितिमा सहमति जुट्न बाँकी छ । मन्त्रीको स्पष्ट धारणा नआएसम्म यी विषयलाई अघि नबढाउने समितिको तयारी छ । तर मन्त्री यी विषयमा आफनो धारणा सार्बजनिक गरेका छैनन्।

प्रदेश निजामती ऐन प्रभावित
संघीय निजामती ऐन नबन्दै प्रदेश ऐन बनाउन मिल्दैन । त्यसैले प्रदेश सरकारको कर्मचारी सम्बन्धी ऐनहरू निर्माण गर्न यहीँ ऐनलाई कुर्नुपर्ने स्थिति छ । प्रदेश मन्त्रालयको मुख्य सचिव, सचिव र स्थानीय तहहरूका प्रशासकीय अधिकृत केन्द्र सरकारले नै पठाउने प्रस्ताव सरकारको छ ।  तर समितिमा सांसदहरूको एउटा समूहले उक्त अधिकार प्रदेशलाई दिनुपर्ने तर्क राख्दै आएका छन् । एकथरी सांसदले भने सबै अधिकार प्रदेशलाई छोड्दा केन्द्रसँगको सम्बन्ध टुट्ने तर्क गरेका छन् ।
विधेयक पारित नहुँदा स्थानीय तह, प्रदेश र संघबीचको अन्तरसम्बन्ध स्पष्ट भएको छैन । कर्मचारीको पदपूर्ति, सरुवा, बढुवामा समेत चलखेल भएको छ । प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ती समेत संघीय सरकारले पठाउन सकेको छैन ।


विधेयकका प्रस्तावक सबै बाहिरिए
निजामती विधेयक प्रस्ताव गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सचिव र सहसचिवहरू अहिले मन्त्रालयमा छैनन् । तत्कालीन मन्त्री लालबाबु पण्डित, सचिव यादव कोइराला, प्रशासन प्रमुख सहसचिव बाबुराम अधिकारी, प्रवक्ता भूपाल बराल, समायोजनको जिम्मेवारी पाएका सहसचिव केदार पनेरु अन्यत्र सरुवा भइसकेका छन् ।

समस्या र गुनासा सम्बोधन गर्ने मन्त्रीको भनाई
प्रदेश लोकसेवाको र प्रदेश निजामतीको व्यवस्था संविधानमा गरिएको स्मरण गराउँदै संघबाट प्रदेश र स्थानीय तहमा जबर्जस्ती पठाइएका कर्मचारीको समस्या र गुनासा सम्बोधन गर्नुपर्ने अडानमा मन्त्री त्रिपाठी छन् । प्रदेश लोकसेवाले जाँच लिएको अधिकृत सचिव बन्न १२ वर्ष लाग्ने उल्लेख गर्दै उनले तबसम्मका लागि व्यवस्थापन गर्ने गरी कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।  स्थानीय तहका लागि लोकसेवाले लिएको परीक्षामा कतिपय पास भएका शाखा अधिकृत नियुक्ति पत्र नलिएको विषयको प्रशंग उठाउँदै मन्त्रीले स्थानीय तहमा भविष्य नभएको कर्मचारीको बुझाइ रहेको बताएका थिए  । संघबाट गएकाहरूको पनि मनोबल गिरेको उनले बताएका थिए । मन्त्री त्रिपाठीले संघीयता कार्यान्वयनका क्रममा यसअघि कर्मचारीलाई जबरजस्ती समायोजन गरेकोले स्थानीय तहमा गएका कर्मचारीले आफूलाई असुरक्षित महसुश गरेको दावी गरे । समायोजनका क्रममा स्थानीय तहमा जवरजस्ती कर्मचारी पठाएका कारण उनीहरुलाई फिर्ता भएर हाजिरी गरेर बस्ने गरेको बताए । कर्मचारी प्रशासनको बनावट ठीक नभएकाले त्यसलाई सच्याएर जानुपर्ने मन्त्री त्रिपाठीको भनाइ थियो ।

अन्तिम समयमा ऐनको विधेयक  परिमार्जन गर्ने प्रस्ताव
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले करिब करिब टुङ्गोमा पुग्न लागेको विधेयकलाई परिमार्जन गर्नु पर्नेमा जोड दिएका छन् । त्यसका लागि आफूलाई केही समय चाहिने बताएपछि सत्तारुढ दलकै सांसदहरु  विरोधमा छन् ।

प्रदेश र स्थानीय तह भंग गरिदिए हुन्छ: सांसद जनार्दन शर्मा
नेकपा सांसद जनार्दन शर्माले संघीयता कार्यान्वयनमा इमान्दार प्रयास नभएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिप्रति केन्द्रबाट अविश्वासपूर्ण व्यवहार भएको भन्दै उनले  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीयता कार्यान्वयनको बाटो नखोल्ने हो भने प्रदेश र स्थानीय तह भंग गरिदिए हुने बताए ।

विधेयक सरकारले फिर्ता लगोस्: सांसद पम्फा भुसाल
सांसद पम्फा भुसालले सरकारले नै विधेयक अड्काएको बताएकी छिन् । उनले भनिन् यसलाई छिटो पास गरौं, होइन भने सरकारले फिर्ता लगोस्। राजनीतिक सहमति खोजेको हो भने कति समय लाग्ने हो भन्नुस्।  उनले निजामती विधेयक अगाडि नबढ्नुमा समिति जिम्मेवार नहुने भनेपछि मन्त्री त्रिपाठीले प्रतिवाद गर्दै अबदेखि यो विधेयकको जिम्मेवारी आफूले लिने बताएका थिए।





 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्लुएचओलाई थर्काए ट्रम्पले, आर्थिक सहयोग रोक्ने चेतावनी

एजेन्सी । कोरोना भाईरसको संक्रमणका कारण अमेरिका अहिले सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म अमेरिकामा संक्रमितहरुको संख्या झण्डै साढे चार लाख पुगेको छ भने मृत्यु हुनेको संख्या १३ हजारको नजिक पुगेको छ ।यद्यपी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश संसारकै धेरै कोभिड–१९ संक्रमित देखिएको देश नभएको दावी गर्न छाडेका छैनन् । ‘वास्तवमा अन्य देशको तुलनामा धेरैको परीक्षण गरिएकाले यस्तो आँकडा देखिएको हो ।’ उनले बताए ।

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top