syangyong

अभिनेता निखिल उप्रेतीले जहिल्यै लुकाउने दुई कुरा


Tuesday, 15 May, 2018 5:11 PM
अभिनेता निखिल उप्रेती नेपालमा ‘एक्सन हिरो’को परिचयमा ख्यातिप्राप्त छन् । झण्डै दुई दशकदेखि उनी नेपाली फिल्ममा निरन्तर छन् । सेलेब्रिटी भएपनि उनी धेरै कुरा आफ्ना फ्यान, दर्शक तथा मिडियासामु खुलस्त पार्छन् । तर, दुई विषय भने निखिलले सँधै लुकाउँछन् । 

आज उनको जन्मदिन । तर, निखिल आफ्नो उमेर कहिल्यै सार्वजनिक गर्दैनन् । उमेर सोध्यो भने उनी टारिहाल्छन् । आफ्नो लागि हरेक दिन जन्मदिन भएको तर्क गर्छन् । आजसम्म उनको उमेरबारे धेरै पत्रकारले प्रश्न सोधे, तर उनले कहिल्यै उमेर बताएनन् । बरु उमेरले मेरो जीवनमा अर्थ राख्दैन भन्दै आएका छन् । 

निखिलले  ‘पिंजडा’ फिल्मबाट डेब्यू गरेका हुन् । उनी करिअरमा कहिल्यै पछाडि फर्किनु परेन । सफल अभिनेता निखिल आफ्नो शैक्षिक प्रमाणपत्र पनि लुकाउँछन् । कसैले सोधे उनी विषय मोड्छन् । आफ्नो जीवनमा सर्टिफिकेटको कुनै अर्थ नरहेको तर्क गर्छन् । करिअर निर्माणका क्रममा कसैले सर्टिफिकेट माग्दा पनि उनले सिधै रिजेक्ट गरिदिएको बताएका छन् । आफ्नै पुस्तकालय पनि भएका निखिलसँग धेरै किताब छन् । झण्डै ८ सय किताब पढिसकेको बताउँछन् । तर, कोर्सका किताब भने उनी पढ्दैनथे ।

एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘पढ्दै जाँदा त्यसको सार नबुझेका कारण सबै किताबहरु च्यातेर फालेको थिए । आफ्ना सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु पनि च्यातिसकेको छु । कसैले शैक्षिक योग्यताको प्रमाणपत्र माग्छ सबैलाई रिजेक्ट गरिदिन्छु । अर्काले दिएको सर्टिफिकेटले मलाई माने राख्दैन र म ती व्यक्तिहरुसँग कामगर्न पनि चाहन्न’ । म एजुकेसन सिस्टमको विरोधमा पनि छु । म अनुभवको लागि जन्मिएको हो त्यहीबाट मैले धेरै कुरा सिक्न सक्छु ।’


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

४ भदौ, काठमाडौँ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरेका हुन्। सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार

​सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

४ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको आरोप लगाएका छन् ।सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको

​नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

४ भदौ, काठमाडौँ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो।प्रधानमन्त्री ओलीले गत 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top