कम्युनिष्ट नेता स्वः निर्मल लामाको आत्मकथा :म तामाङ्गको छोरो कसरी मस्तराम भएँ ?


Saturday, 21 Jul, 2018 7:50 AM
म मस्तराम !
भारत स्वतन्त्र भएको थिएन । अङ्ग्रेजको उपनिवेशकै रुपमा थियो ।
दार्जिलिङको मुख्य उत्पादन चिया थियो । त्यहाँ दुई–चार सय परिवारले काम गर्न ठूल्ठूला चियाबारीहरु थिए । चियाबारीहरुमा अङ्ग्रेज साहेब रहन्थ्यो । अहिले बुझ्दा साहेब भनेको ‘म्यानेजर’ सरहको मान्छे रहेछ । म्यानेजरको दबदबा झन्डैझन्डै राणाशाही र निरङ्कुश पञ्चायतको जस्तो थियो । त्यहाँ काम गर्ने मानिसहरु कोही बोल्न, केही गर्न नसक्ने अवस्थामा थिए । साहेबले रिसाएर ‘हटाबार’ भनेपछि जोकोहीले पनि एकदुई घण्टाभित्र लट्टीपट्टी बोकेर भाग्नुपरथ्योे । कहाँ जाने ? केही थाहा हुँदैनथ्यो । यति हो, जहाँ गए पनि त्यो ‘एरिया’ चाहिँ काट्नैपथ्र्यो ।
त्यस्तो अवस्थामा काफिबारी चियाकमान गोदामधुरा (धुरा भनेको त्यहाँको चलनचल्तीमा गाउँ) मा १९८६ साल माघ १ गतेको दिन म जन्मेको थिएँ । मेरो आप्पा (बाबु) चारपाँच कक्षा मात्र पढ्नुभएको थियो । उसबेला चारपाँच कक्षा पढ्नु पनि ठूलै कुरा थियो । त्यति पढेका मान्छेहरु पनि थोरै हुन्थे । उनीहरु चियाबारीमा कुल्ली अर्थात् मजदुरी गर्न सक्दैनथे । त्यसैले, आप्पा पनि बेकार बसिरहनुभएको थियो । मौकाले हाम्रो घरको अलिकति माथि अर्को चियाबारी छोटा सिप्रिङ (monteviot state) मा उहाँले ‘क्लर्क’ (बहिदार) को काम पाउनुभयो । हामी मूल परिवार (बाजेको परिवार) बाट छुट्टियौं ।

बाल्यकालमा मेरो समय खोलानालामा खेल्ने, जङ्गल घुम्ने, चाँप–गुराँस टिप्ने, जङ्गली फफूलहरु खाने इत्यादि गर्दै बित्यो । हाम्रो घरभन्दा कमसेकम डेढ घण्टा तल झरेपछि बालासन नदी छ । त्यो नदी सिलगुडी मट्टिगढासम्म पुगेको छ । त्यही नदीमा म साथीहरुसँगै माछा मार्न जान्थें । हामी माछा मार्न गुन्द्रुक बोकेर जान्थ्यौं । कहिलेकाहीं माछा मार्न नसक्दा घरबाट बोकेर गएको त्यस्तै खाजाबाट काम चलाउनुपथ्र्यो । हामी भाँडाकुँडा भने बोक्दैनथ्यौं । माछा पकाउन हरियो बाँस काटेर करिब दुई हातबराबरको ढुङ्ग्रो बनाउँथ्यौं । त्यसलाई भित्तामा कोल्टे पारेर राख्थ्यौं र तलबाट आगो लगाथ्यौं । हरियो बाँस जल्दैन, आगोले कालो हुँदै गएर पातलो मात्र हुन्छ । हरियो बाँस पातलो भइसक्दा ढुङ्ग्रोमा जे पकाए पनि पाक्छ । त्यसमा पकाएको माछा धेरै मीठो हुन्थ्यो । भोक मीठो भएको हो कि बाँसमा पकाएको कारणले मीठो भएको हो, त्यो त यसै भन्न सकिँदैन । तर, ढुङ्ग्रोमा पकाएको चीज साह्रै मीठो लाग्थ्यो ।

हामी प्रायः हप्तामा एकचोटि माछा मार्न जान्थ्यौं । एकचोटि हामीले माछा पाएनौं । सदाझैं ढुङ्ग्रोमा भात र गुन्द्रुक पकायौं । तर, एकछिनपछि अलिकति माछा मार्यौं । हामीले त्यो माछा भात र गुन्द्रुकमा मिसाएर पकायौं । वाफ रे ! त्यो त साह्रै मीठो खाजा पो बन्यो । हामीले खुब स्वाद लिएर खायौं । अलिकति बाँकी बसेको माछा र गुन्द्रक मैले बेलुका घर लिएर आएँ । घरमा आमालाई भनें, “आमा माछा र गुन्द्रुक मिसाउँदा कस्तो मीठो हुँदो रहेछ ।” आमाले ‘त्यस्तो पनि हुन्छ र ?’ भन्नुभयो । मेरो पालो आमाले ‘हुन्नहुन्न’ भन्दाभन्दै पनि माछामा गुन्द्रुक मिसाइदिएँ । त्यो यस्तो रद्दी भयो– खानयोग्य नै भएन ।
यी कुराहरु म करिब दश–बाह्र वर्ष पुग्दाखेरिका हुन् ।
स्कुलमा जाडो महिनाको बिदा (यहाँ मीनपचास बिदा भनेजस्तै) हुँदाखेरि म चियाबारीमा काम गर्न जान्थें । केटाहरुलाई छोकडा र केटीहरुलाई छोकडी भनिन्थो । सायद हिन्दी शब्दलाई अङ्ग्रेजहरुले बिगार्दा ती शब्दहरु बनेका होलान् ।
मैले दिनको दुई आना अर्थात् आठ पैसा ज्याला पाउँथे । चौसठ्ठी पैसाको एक रुपियाँ हुन्थ्यो । अहिलेको जस्तो सय पैसाको होइन । हामीले चियाबारीमा विभिन्नथरिका कामहरु गर्नुपथ्र्यो । तीमध्ये एउटा काम खहरेखोलाको किनारमा राखिएको चियाको बेर्नाको लागि पाँचसात मिनेटको बाटो हिँडी खोलाबाट पानी बोकेर ल्याउनुपथ्र्यो । यो काम ठेक्कामा गर्नुपथ्र्यो । एकजनाले सय घिटी (बाँसको एकदुइटा आँखा भएको करिब दुई हात लामो ढुङ्ग्रो) बोक्नुपर्ने ।
म पहिलोचोटि त्यस्तो काम गर्न गएँ । सायद मेरो उमेर बाह्र वर्षको हुँदो हो । मैले पन्ध्रबीस घिटी बोकें हुंँला । मेरो काँध पिल्सिएर रातो भयो । काँध यति दुख्यो, मैले थप एक घिटी पनि बोक्न सकिनँ । म रोएँ । म रोएको देखेर कामदारी (काम लगाउने नाइके) ले मलाई नराम्रो शब्दले गाली गर्यो । म झन् साह्रो रोएँ । बाँकी पानी साथीहरु कसैले दुई घिटी, कसैले पाँच घिटी गरी पूरा गरिदिए । भोलिपल्ट मैले जान्नँ भने । साथीहरुले ‘हामी पूरा गरिदिन्छौं, हिंड्’ भनेपछि म फेरि गएँ । वास्तवमा दशबाह्र दिनसम्म मैले दशपन्ध्रभन्दा बढी घिटी बोक्नुपरेन । बाँकी सबै घिटी साथीहरुले नै बोकिदिए । पछि त मेरो पनि काँध पाको भयो । कोही साथीलाई सन्चो भएन, कोही थाके भने म उनीहरुलाई सघाइदिने मान्छे भएँ ।

मेरो त्यही उमेरमा हामी धेरै दुःखमा थियौं । आप्पा फेरि बेकार हुनुभयो । जागीर खोसियो । आमा एकजनाको कमाइ । त्यो पनि मजदुरी (कुल्ली काम) थियो । ‘औरत’ हुनुहुन्थ्यो उहाँ । आइमाई कुल्लीलाई औरत र लोग्नेमान्छेलाई ‘मरद’ भनिन्थ्यो । एउटै काम गर्दा पनि औरतको ज्याला छ आना र मरदको ज्याला आठ आना थियो । आमाको ज्यालाबाट नै हाम्रो घर धानिनुपथ्र्यो
मेरी आमा व्यवहारकुशल हुनुहुन्थ्यो । उहाँले कतैबाट एउटा गाई ल्याउनुभयो । गाईको नाम लालमू थियो । गाईको दूध बजारमा लगी बेचेको आम्दानीले अलिकति राम्रो खान पाउने अवस्था बन्यो । म बजारमा दूध लिएर जान्थें । चिया पसलपसलमा पाव (ट्वाक) ले दूध नाप्दै बाँड्दै जान्थें । हप्ताको एकचोटि पैसा उठाउन जान्थें । एकदिन अचानक एक घण्टा पनि बिरामी नपरीकन लालमू मर्यो । घरमा रुवाबासी भयो । त्यस दिन खाना पनि पाकेन । हामीहरुले घरकै अगाडि एउटा खाल्डो खन्यौं । एकमाना चामल, भारु एक रुपियाँको डबल, एकमुठ्ठी सिंदुर र फूलमाला राखी लालमूलाई गाडिदियौं । हामी धेरै दुःखी भयौं ।
दार्जिलिङ्मा रक्सी बनाउने भनेपछि धेरै गाह्रो । ‘एक्ससाइज’ भनिन्थ्यो, त्यसले रक्सी बनाउनेलाई पक्रिन्थ्यो । एक्ससाइज भनेको सायद कर विभाग वा त्यस्तै कुनै प्रशासनिक अङ्ग थियो । त्यस्तो अवस्थामा पनि आमाले मट्टीतेलको टिनमा चामलको जाँड बनाएर तारको जाली केके राखी भाँडामाथि राखेर अति गोप्य ढङ्गले रक्सी बनाउन थाल्नुभयो । अब त्यो रक्सी बजारको चिया पसल (रेस्टुरेन्ट) मा कसरी पुर्याउने ? यो काम फत्ते गर्नु धेरै गाह्रो थियो ।
सायद म स्कुलमा ६ कक्षामा पढ्थें । झोलामा किताब बोक्ने चलन थिएन । केटाकेटी सबैले हातमै किताबहरु बोकेर स्कुल जान्थे । तर, मैले झोला बोक्न थालें । त्यतिबेला एक किसिमको नरमखालको चारपाटे ‘मिलिट्री ब्याग’ पाइन्थ्यो । आजभोलिजस्तो ‘पोलिथिनसोलिथिन ब्याग’ केही थिएन । म मिलिट्री ब्यागमा रक्सी राखेर लान्थें । ब्यागमा मुस्किलले डेढ माना रक्सी अट्थ्यो । म हरेक दिन बोकेर जान्थें । त्यही ब्याग बोकेर म हरेक दिन चिया पसलमा जान्थें । किताब झिकेर रक्सी भएको ब्याग त्यहीं छाड्थें । र, स्कुल जान्थें । बेलुकी स्कुलबाट त्यही पसलमा पुगेर खाली ब्याग र पैसा लिएर घर फर्कन्थें ।

तर हाम्रो घर त्यतिले पनि चल्न सकेन । गाई–गोरुको एकशेर आन्द्राभुँडी आठ पैसामा पाइन्थ्यो । अहिलेजस्तो जोख्नको लागि किलोसिलोको चलन थिएन । चालीस शेरको एक मन हुन्छ । दशपन्ध्र शेर आन्द्राभुँडी किनेर आमा र म तल काफीबारीमा लगेर बेच्थ्यौं । हरेक बिहीवारको दिन हामी त्यो काम गर्थ्यौं । प्लास्टिकस्लास्टिक केही थिएन, थुन्छेमा बोक्थ्यौं । आन्द्रभुँडीको पानी चुहेर पछाडिको जम्मै लुगा भिज्थ्यो । त्यहाँ गएपछि आमाकी माइली बहिनीकहाँ बस्थ्यौं । बेलुकी फर्कन भ्याइँदैनथ्यो । त्यहीँ बास बस्थ्यौं । भोलिपल्ट विहानै उठेर फर्कन्थ्यौं । आमा कुल्ली काम गर्न जानुहुन्थ्यो । म ‘होमवर्कसोमवर्क’ केके छ, गरेर स्कुल जान्थें । दुईतीन वर्षसम्म प्रत्येक बिहीवार स्कुलमा आधा विदा लिएर गाईगोरुको आन्द्राभुँडी बेच्ने काममा मैले आमालाई सघाएँ । शिक्षकले औपचारिक रुपमै आधा दिन विदा दिने चलन थियो । म स्कुलमा विदा माग गरीकनै त्यो काम गर्थें । बिहीवारको दिन स्कुलमा खेल्दाखेल्दै मैले बिर्सें भने पनि ‘ल ल मस्तराम जानेबेला भएन र ?’ भनेर ‘टिचर’हरु कराउँथे । मेरो नाम त्यतिखेर मस्तराम थियो । औपचारिक नाम नै मस्तराम थियो । अर्थात् घर, स्कुल सबै ठाउँमा मेरो नाम मस्तराम थियो । अहिलेको नाम त मैले आफैंले राखेको हुँ । मेरो न्वारनको नाम अझ अर्कै छ तेजबहादुर ।
मेरो नाम मस्तराम कसरी हुन गयो भन्नेबारे एउटा सानो कथा छ ।
बाजेले घरको पूजा ‘देवाली’ (तामाङहरु पुर्खाको पूजा गर्नुलाई खोप्पासुङ भन्छन् ।) गर्दा पुर्खाको नाम सम्झियोस् भनेर मेरो नाम मस्तराम राखिदिनुभयो । मेरा पुर्खाहरु दुर्गादास, मस्तरामलगायत के के हो थिए । पछिल्ला सन्तानहरुले पुर्खाको नाम बिर्सिदेलान् भनेर बाजेले मलाई त्यो नाम दिएका रहेछन् ।
म सोच्छु– तामाङको नाम त सोनाम, वाङ्दी, साङ्गे, लाक्पा आदि हुनुपर्ने हो । तर, मेरो नाम मस्तराम कसरी हुन पुग्यो ?
सायद काभ्रेको पहाडको कतै टुप्पातिर हाम्रो पुख्र्यौली गाउँ अझै पनि छ । हाम्रो चारपाँच पुस्ता अगाडिको पुस्ता काभ्रेमा थियो । मलाई लाग्छ, सायद त्यहाँ कुनै जोगी आयो होला । मन्दिर बनाएर ऊ वर्षाैंसम्म बस्यो होला । उसले हाम्रा बाजेबराजुहरु जन्मनेबित्तिकै नाम राख्दै गयो होला । किनभने, ती नामहरु त हिन्दू नामहरु भए नि, तामाङ नाम त होइनन् । ‘मस्तराम’ भन्ने नाम त्यसरी आयो होला भन्ने लाग्छ ।
प्रसङ्ग आएकोले भनिहालौं, हाम्रो पुर्खाको गाउँ काभ्रेको दोलालघाटबाट माथितिर रहेको कार्तिके हो । हामी २००७ सालमा काठमाडौं आएपछि हाम्रा बाजेबराजुहरुबाट नाम सुनेको आधारमा त्यो ठाउँ कहाँ हो भनेर खोज्ने विचार गर्यौं । हामीलाई आमाले गाली गर्नुहुँदा ‘यो कार्तिके‘’ भन्नुहुन्थ्यो । त्यसको अर्थ कार्तिके भन्ने गाउँ नेपालमा अवश्य पनि छ भन्ने हामीलाई लाग्यो । अर्काे कुरो, बाजेहरु कोशी नदी, सैलुङ्गा लेकको कुरा गर्नुहुन्थ्यो । ‘उँभो त सैलुङको लेकैमा, मालिङ्गोको घारीमा’ भनेर बाजेहरु गीत गाउँदै नाच्नुहुन्थ्यो । काठमाडौं आएर खोजिगर्दा सैलुङ लेक पनि भेटियो र कार्तिके गाउँ पनि भेटियो । तर, कार्तिके गाउँ दुइटा पाइयो । एउटा कमानसिंह लामाको गाउँ कुँडारीछेउमा र अर्काे दोलालघाटमाथिको पहाडको टुप्पामा । कमानको गाउँछेउको कार्तिकेमा हाम्रो थरका मानिसहरु रहेनछन् । यता दोलालघाटमाथि भने रहेछन् । त्यहाँ त हाम्रो थर ‘लो’ को गाउँ नै रहेछ । मेरो दाइ (निर्मल लामाको जेठा दाइ नरेन्द्र लामा हुनुहुन्छ । उहाँ जनमुक्ति सेनामा भर्ती भएर सात सालमा राणाशासनविरुध्द लड्नुभको थियो ।) त्यहाँ जानुभयो । त्यतिबेला मोटरबाटो खोलिएको थिएन । उहाँ पैदलै जानुभयो । त्यहाँका मानिसहरुसँग कुराकानी गर्नुभयो । सबै कुरा मिल्यो । उनीहरुका अनुसार हाम्रा बराजुमध्ये कोही एकजना दार्जिलिङ् गएर फर्केनन् भन्ने कुरा पनि मिल्यो । हाम्रो घरमा पूजापाठ गर्ने तौरतरीका इत्यादिलगायत नामसाम सबै मिल्यो । दाइलाई सबैले स्वागतसत्कार गरे । गाउँलेहरुले बेलुकी कुखुरा काटेर रक्सी पनि ख्वाए । तर, राति अचम्मै भयो ! घटना के घट्यो भने, राति त त्यस गाउँमा एकजना पनि लोग्नेमान्छे देखिएनन् । जहाँ गए पनि, जुन घरमा गए पनि सबै ठाउँमा आइमाईहरु मात्र भेटिए । भोलिपल्ट बिहान पनि कोही लोग्नेमान्छे देखापरेनन् । सबै वेपत्ता भए । के भयो ? के भयो ? दाइलाई केही थाहा भएन । उहाँ फर्कनुभयो ।
दाइले फर्केर आएपछि हामीलाई त्यो घटना सुनाउनुभयो । मैले केही काम परेर लोग्नेमान्छेहरु हिँडेका होलान् भनें । बीस वर्षपछि त्यही गाउँकी एक चेलीसँग मेरो भेट भयो । हामी दुईको एउटै थरले गर्दा मसँग उनको कुरा मिल्यो । कुराकानी राम्रै भयो । ऊ एउटी ‘लोसा’ (तामाङहरु छोरीचेलीलाई ‘लो स्या’ भन्छन् ।) थिई । हाम्रो लो थरमा स्वास्नीमान्छेलाई ‘लोसा’ भनिन्छ । तामाङ जातिमा महिला भए थरको पछाडि ‘सा’ थप्ने चलन छ । मैले उनलाई ‘घर कहाँ हो ?’ भनेर सोधें । उनले उनको गाउँ कार्तिके भएको बताइन् । उनी करिब ३५–४० वर्ष उमेरकी हुँदी हो । उनको विवाह थानकोटमा भएको रहेछ । कुराकानीको क्रममा मैले उनलाई छोटकरीमा कुरा बताएँ र अन्तमा सोधें, “दश वर्षअगाडि मेरा दाइ तपाईंको गाउँमा जानुभएको थियो । हाम्रा पितापुर्खाहरु त्यहींका हुन् भन्थे । रीतिथिति सबै मिल्यो । यसबाट हामीहरु त्यहींबाट दार्जिलिङ हिँडेको भन्ने कुरा चाहिँ सावित भयो । मेरा दाइलाई राम्रै सत्कार पनि गरियो । तर, बेलुकी सबै लोग्नेमान्छेहरु भागे रे ! किन होला ?”

उनले भनिन, “ल ! किन नभाग्नु ? चारपाँच पुस्तादेखिको अंश खोज्न आयो । पढेलेखेको मान्छे छ, हामी पढेलेखेको मान्छे होइनौं । अब यसले गाउँ खाने भयो भनेर सबै भागेका हुन् नि !” त्यो सुनेर म जिल्ल परें । बडो रमाइलो भयो । मेरा दाजुले भोग्नुभएको यो अनौठो घटना सायद २०१० सालतिरको होला ।

साभार : निर्मल लामाको आत्मकथा ‘सर्वहारा राजनीति’बाट 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट घर पुगे ओली

१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक भक्तपुरको बालकोटस्थित निवास पुगेका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट गएको जानकारी दिएका हुन्।

​सचिवालयबाट सहमति खोजौँः ओली, स्थायी कमिटी अलपत्र पारेर सचिवालयमा जान सकिन्नः प्रचण्ड

१९ साउन, काठमाडौं । सत्तारुढ नेकपा पार्टी भित्रको विवादको समाधान खोज्न निरन्तर असफल हुँदै आएको छ। सोमबार बालुवाटारमा भएको भेटमा पनि आ–आफ्ना अडान राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिमा पुगन सकेनन्।

अन्तर्राष्ट्रिय

जम्मु र कस्मिरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

२१ साउन, काठमाडौं । पाकिस्तानले भारतीय नियन्त्रणमा रहेका जम्मु र कस्मिरसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। भारतसँग विवादमा रहेका जम्मु, काश्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्।

लेबनानमा नाइट्रेट भण्डारमा भयंकर विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु, चार हजार बढि घाइते

२१ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्। लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। झन्डै चार हजार बढि मानिस घाइते भएको उनले बताएका छन्। लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेशमा कोरोनाबाट मन्त्रीको मृत्यु

१८ साउन, काठमाडौँ ।
भारतको उत्तर प्रदेशकमा क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान मृत्यु भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top