​नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ खुल्यो,यी ठाउँबाट दिन सकिन्छ आवेदन


Wednesday, 11 Jan, 2017 11:26 AM

२७ पुस,काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ साधारण सेयर (एफपिओ)  खुलेको छ । कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ विक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफलाई प्रति कित्ता १४२५ रुपैयाँमा एफपिओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३२५ रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्काशन गरेको हो ।  

कम्पनीले संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्नका लागि नयाँ साधारण सेयर निष्काशन गरेको जनाएको छ । एफपिओ निष्काशन गर्ने प्रस्ताव कम्पनीको १६ औं बार्षिक साधारण सभाले पारित गरेको थियो । नेपाल लाइफको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पुस २७ गतेदेखि छिटोमा माघ २ र ढिलोमा माघ १२ गतेसम्म विक्री खुला रहने एफपिओमा सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका शाखाहरु, लक्ष्मी क्यापिटल, एनआईबिएल क्यापिटल, कृति क्यापिटल, काठमाडौँ क्यापिटल, एस क्यापिटल, सिबिआईएल क्यापिटल, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई क्यापिटल, तिनाउ विकास बैंक, पूर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र यती डेभलपमेन्ट बैंकसहित ७९ वटा स्थानबाट आवेदन दिन सकिनेछ । 

हाल नेपाल लाइफको चुक्ता पुँजी दुई अर्ब १६ करोड रुपैयाँ रहेको छ । एफपीओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ४७ करोड रुपैयाँ नाघ्ने छ ।



Nmc

jutta mela

bijuli

bussewa

राजनीति

​नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता

३ माघ अबुधावी। ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको 

चैतमा चुनाव हुने सम्भावना टर्यो, सरकार भाग्न खोज्यो : नेताहरु

३ माघ, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । तर  दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको  भनेका छन् । 

​ तोकिएकै समयमा तिनै तहको निर्वाचनः सञ्चार मन्त्री

३ माघ, धरान । ​सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले तोकिएकै समयमा तिनै तहको निर्वाचन गर्ने वताए । धरानमा गरिएको पत्रकार सम्मेलनमा वोल्दै  उनले स्थानिय निकाय लामो समय देखि जनप्रतिनिधि विहिन भएको छ । यसले गर्दा पनि स्थानिय निर्वाचन तुरुन्त हुनुपर्नेमा 

प्रवास/अन्तर्राष्ट्रिय

​विश्वका शक्तिशाली १० खुफिया एजेन्सी ,जसको नाम सुनरै थररर हुन्छन्

विश्वका हरेक देशमा त्यस देशका नागरिक,दस्तावेज र बौद्धिक सुरक्षाको जिम्मेवारी एक एजेन्सीले निकै मौन र शालिन तरिकाले निभाइरहेका हुन्छन् । यस एजेन्सीमा काम गर्ने मानिसहरुका बारेमा प्रायलाई थाहा हुदैन् ।

​किर्गिस्तानमा विमान दुर्घटनाहुँदा ३२ जनाको मृत्यु, घरमा ठोकिएर दुर्घटना

३ माघ  । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।  विमान घरमा ठोक्किएर दुर्घटना भएको हो । 

​सपनामा बारम्बार किन आउँछन् बुद्ध र शिव भन्दै आत्तिए राहुल गान्धी

३ माघ । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले आफ्नो सपनामा बाराम्बार गौतम बुद्ध र शिव आउने गरेको उल्लेख गरेका छन् ।  उनले शिव र गौतम बुद्धको तस्बिरमा भारतीय कांग्रेस पार्टीको झन्डा देख्ने गरेको र सो कारण आफुलाई निकै डर लागेको भन्दै एक बाबालाई सुनाएका थिए । 

बिचार

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

ओली कमरेड!संघीयता र गणतन्त्र एमालकोे एजेण्डा होइन भने माओवादीसंग माफि माग्नुस्

एमाले त्यस्तो कुकुरको पुच्छर हो,जसको पुच्छर १२ वर्ष ढुङ्गा्रोमा राखेपनि कहिले पनि सिधा हुनसक्दैन् । उसले आफ्नो असली रुप देखायो । केपी ओलीले संघीयता मनै परेको छैन् भन्न थाले । बामदेव गौतम संघियता लागु हुदैन भन्न थाले । परिणाम संघियता नै धरापमा पर्ने खतरा छ ।  यतिबेला नेकपा एमाले संघीयताको विरुद्धमा उत्रिएको छ ।

Top