siddhartha

अमेरिकालाई कहिल्यै सहन नगरेको ‘भयानक पीडा’ दिने उत्तर कोरियाको चेतावनी


Wednesday, 13 Sep, 2017 9:55 AM

संयुक्त राष्ट्र संघको नयाँ आर्थिक प्रतिबन्धपछि उत्तर कोरियाले अमेरिकालाई ‘भयानक पीडा’ दिने चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघमा उत्तर कोरियाका राजदूतले अमेरिकामाथि ‘राजनीतिक, आर्थिक र सैन्य प्रतिस्पर्धा’ को विकल्प चुनेको आरोप पनि लगाए ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उत्तर कोरियाको सामना गर्नका लागि जे गर्न सकिन्थ्यो त्यसको तुलनामा यो प्रतिबन्ध केही पनि होइन ।

संयुक्त राष्ट्रसंघको नयाँ प्रतिबन्धको उद्देश्य उत्तर कोरियाका लागि तेल निर्यात रोक्नु र उसको हतियार कार्यक्रमका लागि आम्दानी अन्य गर्नु हो ।

यही महिना उत्तर कोरियाले आफ्नो छैटौ र अहिलेसम्मकै सबैभन्दा ठुलो परमाणु बम परीक्षण गरेको थियो। यो प्रतिबन्ध त्यसैको जवाफमा लगाइको हो ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघका दूत हान ताए सोंगले यसलाई अवैध बताएका छन् । जेनेभामा संयुक्त राष्ट्र संघको एउटा सम्मेलनमा उनले भने–उत्तर कोरिया जे गर्न गइरहेको छ, त्यसबाट अमेरिकालाई ‘भयानक पीडा हुनेछ, जुन उसले यस्तो पीडा यसअघि कहिल्यै भएको छैन ।

संयुक्त राष्ट्र संघले सर्वसम्मतिबाट उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध पारित गरेको हो ।

यद्यपि यो प्रस्ताव त्यतिबेला परित भयो जब उत्तर कोरियाका सहयोगी देश रुस र चीनको आग्रहमा अमेरिकाले प्रस्ताव गरेको निकै कडा प्रतिबन्ध केही हल्का गरियो ।

सुरुवातमा उत्तर कोरियाको तेल आयतमा पूर्ण प्रतिबन्ध लगाउने मस्यौदा तयार गरिएको थियो । केही विशेषज्ञहरुका अनुसार यसो गर्दा उत्तर कोरियाको सरकार अस्थिर हुन सक्थ्यो ।

सन् २००६ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाविरुद्ध ९ वटा प्रस्ताव एकमतले पारित गरेको थियो ।

हालैका महिनामा उत्तर कोरियाले कयौ मिसाइल परीक्षण गरेको छ । यस्ता हतियारसमेत परीक्षण गरेकोछ जसको पहुँच अमेरिकासम्म छ ।

विगत केही दिनअघि नै उत्तर कोरियाले जापानको आकाशमा एउटा मिसाइलसमेत प्रहार गरेको थियो । जापानका प्रधानमन्त्री शिंजो आबेले यसलाई अभूतपूर्व खतरा बताएका थिए ।

उत्तर कोरियाले प्रशान्त महासागरस्थित अमेरिकी टापु गुआमा पनि मिसाइल आक्रमण गर्ने धम्की दिएको छ। अगस्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई विनाश गर्ने धम्की दिएका थिए । एजेन्सी
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​रसुवामा विप्लव समूहका कार्यकर्ता पक्राउ

६ मंसिर, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ । कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पक्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । 

​बारामा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार शुन्य

५ मंसिर, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्राथमिकतामा एउटा महिला नपरेपछि बारा जिल्लामा राजनीतिक गर्ने महिला सकसमा परेका छन् । समानुपातिक समावेशिताको नारा दलहरुले जतिसुकै दिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले बाराबाट कुनै पनि महिला उम्मेदवार नदिनुलाई महिलाप्रति विभेद् भएको बारावासीको गुणासो छ । 

​गुल्मी १ का उम्मेद्धार ज्ञवालीको प्रतिबद्धता, गाउँमा बोका–राँगादेखि विमानस्थलसम्म

हुमाकान्त पोखरेल
६ मंसिर, गुल्मी
 । गुल्मी क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । ज्ञवालीले स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्मका आयोजनाहरु समयमै सम्पन्न 

अन्तर्राष्ट्रिय

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

अमेरिकाले उत्तर कोरियालाई फेरि चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

५ मंसिर । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका छन्। यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई 

विचार / ब्लग

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व

ओम प्रकाश घिमिरे 
नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल 
Top