syangyong
nlic

एनआरएनको मध्यपुर्व सम्मेलनमा कस्ले के भने ?


Friday, 24 Aug, 2018 4:32 PM
गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रबारबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको वताए । ‘हरेक नेपाली युवाहरु गास र बासको लागि विदेशिन नपरोस्,’ उनले भनिन्,‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपुर्ण छ ।’
वैदेशिक रोजगारमा जाने कामदारले आफुसग नेपाल सरकारको साथमा रहेको अनुभुति हुने गरी काम भइरहेको बताइन् । ‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भनिन्,‘नेपाली कामदारको हितको पक्षमा सरकार वलियो ढंगले उभिएको छ ।’

उनले कोमामा रहेका नेपाली कामदारलाई फिर्ता लैजाने तयारी भइरहेको बताइन् । ‘परिवारले आफुले नै कोमाका विरामीलाई ल्याउन र ब्यबस्था गर्न सकेको छैन । अब कोमाको विरामीको जिम्मेवारी सरकारले लिन्छ ।’, उनले भनिन् । 
नेपाली कााग्रेसका नेता एवं पूर्व श्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगार नेपालीको लागि बाध्यात्मक अनिवार्य भएको बताए । मुलुकमा तत्काल रोजगार सिर्जना गर्न सक्ने स्थिती नभएको र विशेश नै नजाऊ भन्ने अवस्थामा सरकार नरहेको उनले बताए ।  घरेलु कामदारका सम्बन्धमा  सरकारले  मध्यमार्गी  बाटो पहिल्याउनुपर्ने उनको भनाई थियो । उनले भनिन् , समस्या पर्यो भनेर रोक्ने होइन समाधानको बाटो खोज्ने हो । जटिलता, जोखिम र सम्भाबना र अबसर सबै रहेको विदेशी रेमिटयान्सकै भरमा मुलुकको ठूलो हिस्सा ओगटेको उनको भनाई थियो ।   युवालाई रोजगारी दिएर देशको बिकास गरी मुल प्रबाहमा ल्याउने सम्भाबना तत्कालै छैन । देशभित्र पसिना बगाउनुपर्ने थियो । तर देशबाहिर गएर पसिना मात्रै होइन रगत बगाउनुपरेको छ’, उनले भने,यो कामलाई मर्यादीत र सुरक्षीत बनाउने बाहेक हामीसाग अर्को बिकल्प छैन । यतिधेरै जोखिम र जटिलता छ कि जति काम गर्दा पनि गरेको जस्तो देखिन्दैन । जटिलता, जोखिम र सम्भाबना र अबसर दुवै छ । विद्यमान चुनौतीलाई न्युनीकरण गरेर अवसरलाई दोहन गर्नुछ ।’  उनले विदेशमा महिला कामदार समस्यामा पर्‍यो भनेर जान रोक्नु गलत भएको बताए । ‘महिला कामदारको बिषयमा बिशेष सम्झौता गर्नुपर्छ,’ उनले भने । 
एनआरएनका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड तयार गर्ने अबधारणा ल्याएको बताए ।  बल छउन्जेल  विदेशमा काम गर्ने र कमजोर भएपछि देश फर्कने स्थिति रहेको भन्दै उनले  सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड बनाउन जरुरी बताए । स्थिर सरकार बनेपछि संसारले नेपालमा लगानी गर्न वाताबरण बनेको उनको भनाई थियो ।  संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले देशको आर्थिक समृद्दि भएमात्रै नागरीकको समृद्धि हुने बताए ।  उनले नेपालमा दक्ष जनशक्ति अभाव भएकोले विदेशमा सिकेका ज्ञान सीप  नेपालमा भित्र्याउन आवश्यक रहेको बताए ।   विप्रेषणबाट शिक्षा, स्वास्थ्य, निर्माण लगायतको क्षेत्रमा काम गर्न सकिने सम्भावना उनले बताए । गैरआवसीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछानेले बैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखेर एनआरएनले काम गर्दै आएको बताए ।  विश्वव्यापीकरणको युगमा जो जहाा पनि जान सक्ने भन्दै उनले भने,  सम्भाबना छ भने जहाँ पनि जान सकिन्छ  । नेपालले जनशक्ति नै निर्यात गर्न सक्ने हो । अहिले अदक्ष कामदार पठाइरहेको छ । त्यसलाई दक्ष वनाएर पठाउनुपर्छ’, उनले भने अदक्षको रुपमा गएकोले धेरै समस्याहरु सिर्जना भइरहेको छ । संघको सिमितताले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ।’
युएईका कार्यबाहक राजदूत सागर फुयालले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन निकै जरुरी रहेको बताए । ‘आबश्यक अभिमुखीकरण तालिम दिन श्रम आवासमै गइरहेको छ, उनको भनाई थियो , सम्मेलनमा कतार, साउदी अरव, बहराइन, ओमन, कुबेत लगायत मध्यपुर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा सुरक्षीत र मर्यादीत वैदेशिक रोजगारी,  आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशिलता समृद्दिको लगायत बिषयमा छलफल भइरहेको छ । 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top