एनआरएन रुसले दियो पर्वतको एक विकट गाउँलाई एम्बुलेन्स


Monday, 9 Oct, 2017 9:38 AM
पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद रुसले पर्वतको एक विकट गाउँलाई एम्बुलेन्स प्रदान गरेको छ ।

पर्वतको बिहादी गाउँपालिका वडा नं.३ स्थित रानीपानी स्वास्थ्य चौकीलाई एनआरएन रुसले एम्बुलेन्स हस्तान्तरण गरेको हो । एम्बुलेन्स सेवा नहुँदा थुप्रै विरामीहरुले बाटोमै ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीहरुले रकम संकलन गरी २० लाख रुपैयाँभन्दा बढी पर्ने एम्बुलेन्स स्थानीय स्वास्थ्य चौकीलाई प्रदान गरिएको हो ।

अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकाट गाउँको बाध्यता अन्त्यका लागि अध्ययन, व्यापार र बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा रहेका नेपालीहरुले रकम जुटाएर स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरिएको एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले जानकारी दिनुभयो । एम्बुलेन्स गउँपालिकाले व्यवस्थापन गरी मानवीय सेवाअन्तर्गत सञ्चालनमा ल्याइनेछ ।

आइतबार एक कार्यक्रमबीच पर्वत क्षेत्र नं.२ का सांसद विकास लम्साल, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो,एन.आर.एन.रुसका अध्यक्ष रामेश्वर गौतमलगायतको टोलीले रानीपानी स्वस्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो ।

सांसद लम्सालकै पहलमा यसअघि पैंयु गाउँपालिकाको हुवास, महाशिला गाउँपालिकाको लुंख, फलेवास नगरपालिकाको पाङराङ र खानीगाउँ कुश्मा नगरपालिकाको ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा संचालनमा आइसकेको छ ।

एनआरएनका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतलगायतको टोली हेलिकोप्टरमार्फत एम्बुलेन्स हस्तान्तरण गर्न रानीपानी पुगेको थिए ।
एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको तथा आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पु¥याउन सहज हुने रानिपानी स्वास्थ्य चौकीका अध्यक्ष सुर्य बहादुर थापाले बताउनुभयो ।

एम्बुलेन्स सेवा संचालन सँगै दक्षिण पर्वतको विहादि गाउँपालिका अन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैंयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दाहरु सामान्य उपचारका लागि पनि स्याङ्जा, तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ ।
एम्बुलेन्स खरिदका लागि रुसको राजधानी मस्कोमा रहेर व्यवसाय गरिरहनु भएका एनआरएन आइसीसी सदस्य गोविन्द प्रसाद गौतमको संयोजकत्वमा समिति बनेको थियो । । समिति उपसंयोजकमा खेम लामिछाने रहनु भएको थियो । गाउँमा विरामीहरु अस्पताल पुग्न नपाएकै कारण अकालमा ज्यान गुमाउन बाध्य भएपछि गौतमले एनआरएन रुसको बैठकमा एम्बलेन्स गरिदका लागि प्रस्ताव राख्नु भएको थियो। पर्वत निवासी गौतमको पहलमा रानीपानी स्वास्थ्य चौकीले एम्बुलेन्स पाएपछि स्थानीय हर्षित बनेका छन् ।

भूकम्प पीडितहरुका लागि गैरआवासीय नेपाल अभियानले संकलन गरेको रकमबाहेक पनि आफ्नो गाउँका लागि छुटटै सहयोग गर्नुभएको थियो। गौतमको पहलमा पर्वतमा यसअघि पनि विद्यालय निर्माणदेखि क्याम्पस संचालनसम्मका लागि विभिन्न सामाजिक काम भएको बताइएको छ । कार्यक्रममा संयोजक गौतमले आफू विदेशमा रहेर पनि आफ्नो देश र गाउँका लागि केही गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले एम्बुलेन्स गरिदमा सहयोग गर्नुहुने सबै गैरआवासीय नेपालीहरुलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।

गैरआवासीय नेपाली संघ रुसले स्थापनाकालदेखि नै देशका विभिन्न गाउँमा विभिन्न समाजिक काम गर्दै आएको छ ।

 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top