​न्यायमा गरीबलाई पहिलो प्राथमिकता


Wednesday, 11 Jan, 2017 5:43 PM

२७ पुस,खोटाङ ।  प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायमा गरीबलाई पहिलो प्राथमिकता दिने जनाएकी छिन् । न्याय सम्पादनलाई सेवाग्राहीमैत्री बनाउन जोड दिएकी छन्। कार्कीले ‘न्याय पाउनुपर्नेले नपाउने र नपाउनेले पाउने’ स्थिति आउन नदिन न्यायकर्मी सँधै चनाखो रहनुपर्ने उल्लेख गरिन्। 

न्यायकालागि लामो समयसम्म पर्खनुपर्ने र झन्झट बेहोर्नुपर्ने समस्याबाट न्यायलयलाई मुक्त गर्न न्यायाधीशहरुलाई निर्देशन दिईन्। ‘न्यायका लागि लामो समयसम्म पर्खनुपर्ने, झिजो, झन्झट बेहोर्नु पर्ने, खर्च गर्नुपर्ने, कर्मचारीबाट राम्रो व्यवहार भएन भन्ने गुनासो अहिले पनि सुनिन्छ,’ भवन उदघाटनकालागि हेलीकोप्टरबाट आएकी कार्कीले भनिन्, ‘सबै मान्छे बेफुर्सदी हुन्छन्। पहाडमा पाखा भित्ता हिँड्नु पर्छ। घरका काम गर्नुपर्ने हुन्छ, त्यसैले मुद्दालाई झिँजो, झन्झट र घूस पेश रहित समयमै फैसला गरिदिन माननीयहरुलाई बारबार निर्देशन गर्दछु।’ प्रधानन्यायाधीश कार्कीले निमुखा, गरिब र पीडीतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न न्यायलयलाई आग्रह गरिन्।

‘जो निमुखा छन्, जो गरिब छन्, जो अदालतमा आएर खर्च गर्न सक्दैनन्, उनीहरुप्रति हामी न्यायकर्मी समर्पित हुन सक्नुपर्दछ,’ कार्कीले भनिन्, ‘अशल डाक्टर सामु पुगेका बिरामीले ‘बाँच्छु’ भन्ने महसुस गरे झैँ न्यायलयमा आउने सेवाग्राहीले बिना झन्झट, उदार र सहयोगी व्यवहारका बिच न्याय पाउने वाताबरण बनाउनु सक्नु पर्छ।

बुधबार जिल्ला अदालत खोटाङको भवन उद्‍घाटन काक्रममा बोल्दै प्रधान न्यायाधीश कार्कीले प्रत्येक न्यायलयलाई न्यायको आस्थाको धरोहरका रुपमा स्थापित गर्न सेवाग्राहीमैत्री बनाउन जोड दिएकी हुन्।जिल्ला अदालतको परिषरमा आयोजित कार्यक्रममा कार्कीले  उनले महिलाका मुद्दा दुई÷तीन महिनामै भित्रै सल्ट्याउने व्यवस्था भए समाजमा सकरात्मक प्रभाव पर्ने उल्लेख गरिन्।

लामो मुद्दा मामिलाले पक्षबिपक्ष दुबैलाई खरानी बनाउने भएकाले न्यायलयले मेलमिलापमा पनि बल गर्नुपर्ने प्रधानन्यायाधीश कार्कीले जोड दिईन्।

कार्यक्रममा बरिष्ठ न्यायधिश बैद्यनाथ उपाध्ययले फटाहाले ‘साँचोलाई झुटो र झुटोलाई साँचो’ बनाएर न्याय सम्पादनलाई प्रभाबित पार्नेमा सतर्क रहनुपर्नेमा जोड दिए। ३ करोड ८९ लाख ५२ हजारको लागतमा २०६८ साल चैत्र १५ गते निर्माण सम्पन्न गरिएको अदालतको भवन ढिलागरी उदघाटन गरिएको हो।



Nmc

paicho

nepal life

bussewa

राजनीति

जातिय क्षेत्रियता भएको भन्दै कांग्रेस कार्यकर्ताले कांग्रेसलाई भोट नदिने

११ जेठ, कञ्चनपुर  । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी उँपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले जातिय क्षेत्रीयताको आधारमा टिकट बितरण हुन लागेको भन्दै  कांग्रेसको चर्को बिरोध गरेका छन् ।

​नयाँशक्ति र फोरमद्धारा कपिलवस्तुमा वार्ता समिती गठन

इमरान खान
११ जेठ, कपिलवस्तु ।
 नयाँशक्ति पार्टी नेपाल र संघिय समाजबादी फोरम नेपाल ले कपिलवस्तुमा संयुक्त उम्मेद्वारको प्यानल तयार पार्नका लागी १४ सदस्यीय सर्वाधिकार सम्पन्न जिल्ला स्तरिय वार्ता समिती गठन गरेको छ । कपिलवस्तु सदरमुकाम स्थित सार्थक होटेलमा आज

​राष्ट्रपतिले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

११ जेठ, काठमाडौं । सरकारले आफ्ना नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने भएको छ । बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्पराअनुसार सरकारले  नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

प्रवास/अन्तर्राष्ट्रिय

एरिना आक्रमणका क्रममा प्रयोग भएका बम र रगतका तस्विर सार्बजनिक, बेलायत रूष्ट

११ जेठ, काठमाडौं । बेलायत सरकारले आतंक छानबिन विवरण जारी नगर्न अमेरिकी अधिकारीहरुलार्इ चेतावनी दिएको केही घण्टा नपुग्दै म्यानचेस्टर एरिना आक्रमणमा प्रयोग भएका बम र रगत लागेका टुक्राहरुको तस्विरहरु सार्वजनिक भएको छन् । पहिलो पटक न्यू योर्क टाइम्सले सार्वजनिक गरेका तस्विरहरुमा २२ जनाले ज्यान गुमाएको उक्त आत्मघाती बम आक्रमणमा प्रयोग भएको ब्याकप बमको अवशेषहरु र सलमान अबेदी जो 

डुंगाा दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी- लिबियाली तट क्षेत्रमा एउटा डुंगा दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इटालियन तटरक्षक टोलीका अनुसार आप्रवासी सवार डुंगामा करिब ५ सय जना सवार भएका थिए । अचानक सन्तुलन बिग्रिएपछि करिब दुई सय जना समुद्रमा खसेको बताइएको छ । तीमध्ये अधिकांशलाई उद्धार 

​पाकिस्तानको चौकीमा आक्रमण गरेको भिडियो सार्वजनिक

१०, जेठ, नयाँ दिल्ली । भारतीय सेनाले जम्मु–कश्मिरको नौशेरा सेक्टरमा रहेको पाकिस्तानको कयौँ चौकीमा हमला गरेर ध्वस्त बनाएको छ । ध्वस्त पारिएका चौकीबाट भारतमा घुस्ने आतंकवादीलाई मद्दत गरिरहेको भारतको आरोप छ ।

बिचार

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

अभाव, अशिक्षा, गरिबी, बेरोजगारी, जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, देउकी प्रथा, कमलहरी, हलिया, कमैया, सुकुम्बासी लगायतका शब्दले दिइने सुदूरपश्चिमको परिचय फेरिदै गएको छ । ‘सुदूरपश्चिम’ को सट्टा अब ‘सुन्दर सुदूरपश्चिम’ भन्न थालिएको छ । सुदूरपश्चिम बाहिरबाट आउनेहरुका आँखामा अभावै अभाव र समस्यै समस्याको सुदूरपश्चिम भएपनि सुदूरपश्चिमेली भने ‘सुन्दर सुदूरपश्चिम’ देख्न थालेका छन् । 

​महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ। नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग 

​यसकारण पतन हुनेछ एमाले

सुरुमै प्रस्ट्र भनौं, यो कसैलाइ लक्षित गरि लेखिएको लेख होइन । बस् ,जिम्मेवार दलको चरित्रलाइ केलाउँदै मतदातालाइ सचेत पार्ने एक चेष्टा मात्र हो ।दुई दशकपछि  स्थानीय चुनाब हुन गइरहँदा यो देशमा लाखौं नयाँ निर्णायक मतदाता जन्मिएका छन् । कयौं लामो संक्रमणकाल अन्त्य हुनैलाग्दा भइरहेको निर्वाचनले देशलाइ गतिशिल मात्र बनाउने छैन, दुरदराजका नेपालीले संघियताको आयाम र महत्वबारे बुझ्नेछन् । दैनिक जनजीबनमा आइपर्ने हरेक

Top