cg electronics
nlic

आँशु झार्दै ओवामाले भने,परिवर्तनका लागि हृदय परिवर्तन गर्नुपर्छ


Thursday, 12 Jan, 2017 12:25 PM


२८ पुस ।
ह्वाइट हाउसमा दुई कार्यकाल विताएका ओबामाले आफ्नो अन्तिम औपचारिक सम्बोधनमा सबैलाई भावुक बनाए । सारा अमेरिका  र अमेरीकी जनतालाई सम्झदै एकाएक भावुक बनेका ओवामाले आफ्नो  आखँँको आशु  कोटको खल्तीबाट रुमाल निकालेर पुछे । हजारौ समर्थकको ताली सहित आफ्ुनो भाषण शुरु गरेका उनले आफ्नो कार्यकालमा गरेका सकारात्मक कुारको चर्चा गरे ।

राष्ट्रपतिका रूपमा ८ वर्ष बिताएर बाहिरिने क्रममा मंगलबार गृहनगर सिकागोमा ओबामाले दिएको बिदाइ सम्बोधनले धेरैलाई भावुक बनायो । सम्बोधनमा उनले अधिकांश समय अमेरिकी प्रजातन्त्रको विशेषता वर्णन गर्नमा खर्चिए ।

साथै प्रजातन्त्र रक्षाका लागि आम नागरिकलाई आह्वान पनि गरे ‘अबका १० दिनमा विश्वले हाम्रो प्रजातन्त्रको नमुना देख्नेछ’, ओबामाले भने,‘डोनाल्ड ट्रम्पलाई मेरो प्रशासनले त्यसरी नै सहज रूपमा सत्ता हस्तान्तरण गर्नेछ, जसरी राष्ट्रपति बुसले मेरा लागि गर्नुभएको थियो ।’

ओबामाले निर्वाचन र जनसहभागितालाई प्रजातन्त्रको खास विशेषताका रूपमा उल्लेख गरे । ‘संविधान वास्तवमा आफैंमा कागजको खोस्टोबाहेक केही होइन,’ उनले भने, ‘तर जनसहभागिता र चुनावमार्फत हामीले यसलाई शक्ति प्रदान गरेका छौं । हामी स्वतन्त्रताको पक्षमा उभिन्छौं कि उभिँदैनौं, कानुनी शासनको सम्मान र पालना गर्छौं कि गर्दैनौं भन्ने कुराले नै हाम्रो प्रजातन्त्र कस्तो छ भन्ने निर्धारण गर्छ ।’

आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्युबासँगको सम्बन्ध पुनस्स्थापना र समलिंगी विवाहलाई कानुनी मान्यता दिने लगायतका कामलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका ओबामाको सम्बोधनका थप मुख्य आशय यस्ता थिए–‘हरेक दिन मैले तपाईंहरूबाट सिकें । तपाईंहरूले मलाई असल राष्ट्रपति बनाउनुभयो । तपाईंहरूले नै मलाई असल मान्छे पनि बनाउनुभयो ।

हाम्रो जीवन, स्वतन्त्रता र उन्नति कसैले हनन गर्न नसक्ने अधिकारसम्पन्न छन् । यो हामीलाई हाम्रा अग्रजहरूले दिएको एउटा बिर्सनै नसक्ने  उपहार पनि हो । 

हरेक व्यक्तिका सपना पूरा गर्ने असल र महान् प्राप्तिका लागि हामीले पसिना, मिहिनेत र कल्पनाशीलताका माध्यमबाट एकसाथ मिलेर संघर्ष गर्नुपर्छ । हो, हाम्रो प्रगति सधैं एकनासको रहेन । प्रजातन्त्रको कार्य सधैं कठिन, विवादपूर्ण र कहिलेकाहीं रक्तपात पूर्णसमेत हुन्छ । 
अन्ततः हामी विश्वमै धनी, शक्तिशाली र सम्मानित राष्ट्रका रूपमा छौं । र, अझै पनि हाम्रा युवा र तिनीहरूको ऊर्जा, हाम्रो विविधता र खुलापन, हाम्रो जोखिम मोल्ने र परिवर्तन गर्ने असीम क्षमताको अर्थ हो– भविष्य हाम्रै हुनुपर्छ ।


Ruslan

sponserworldcup

राजनीति

प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश

३ असार काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गरेका छन् । विधेयक प्रस्तुत गर्दै उनले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको बताए । यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण 

सरकार मधेशसँग अनुदार भएको आरोप

३ असार काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए । सांसद राजकिशोर यादवले सरकार 

​संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : महतो

२ असार, लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा नजाने बताएका छन् । सिरहाको चोहर्वामा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने कुनै सम्भावना नरहको बताएका हुन् ।

अन्तर्राष्ट्रिय

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

रूसी राष्ट्रपति पुटिनका कट्टर आलोचक खोज पत्रकारको हत्या

१६ जेठ काठमाडौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका एकजना चर्चित रुसी खोज पत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ।प्रहरीको विज्ञप्तिमा आर्काडी बाब्चेन्कोलाई मंगलवार साँझ गोली हानिएको र त्यसको केहीबेरपछि नै उनको ज्यान गएको उल्लेख गरिएको छ। अहिलेसम्मका प्रमाणहरूले सुनियोजित हत्या भएको संकेत गरेका छन्। बाब्चेन्कोकी श्रीमतीले मंगलवार साँझ बाहिर गोली चलेको सुनिन्। 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top