siddhartha
gharjaggakosathi

चुरोट, रक्सीका अम्बलीले हप्तामा एकपटक गरेकै राम्रो, चिसोबाट बच्न र स्वस्थ बन्न जिवनपयोगी ओफुरो


Monday, 1 Jan, 2018 2:28 PM
काठमाडौ । मानिसको जीवन निकै व्यस्त छ । खानपान र व्यस्त जीवनका कारण चाहेर पनि मानिस स्वस्थ बन्न सक्दैन । तर यस्ता मानिसलाई स्वस्थ भएर जीवन बरदान दिने पद्धती भनेको ओफुरो हो । अझ यो चिसो मौषममा त धेरैलाई चिसोले सताएको हुन्छ । चिसोबाट बच्न र स्वस्थ्व बन्न आफुरो अचुक उपाय भएपनि यो विषयमा आम मानिसलाई जानकारी कम छ । विश्वमा यो पद्धती निकै लोकप्रिय र प्रचलनमा भएपनि नेपालीहरु भर्खरै यसप्रति आकर्षित् हुँदै गएका छन् । 

आखिर के हो ओफुरो ?
ओफुरो भनेको जापानीज पद्धतिबाट गरिने प्राकृतिक उपचारको साथै आरामदायी सेवा हो । यो सेवा जापानमा निकै प्रख्यात छ । त्यहाँका मानिसहरुले दैनिकजसो बेलुका ३० मिनेट देखि ६० मिनेटसम्म यो सेवा लिने गर्छन् । जापानीज मानिसहरुको सरदर आयु अरु देशका मानिसहरुको भन्दा बढी छ । यसको कारण ओफुरो पनि एक हो । यो सेवा प्रायः जसो जापानीजहरुको घरमा नै भएको पाईन्छ । जसको घरमा छैन उनीहरु नजिकको स्पा वा हेल्थ क्लबहरुमा गएर सेवा लिने गर्दछन् । हाल आएर अफुरो विश्वका विभिन्न देशहरुमा दिनप्रतिदिन  प्रख्यात हुँदै गईरहेको छ र निर्माणाधीन नयाँ नयाँ स्पा र क्लबहरुमा अफुरो  सेवा उपलब्ध हँँदै गएको छ ।
  
अफुरो भनेको ज्याकुजी सँग मिल्दो जुल्दो खालको हुन्छ तर यसमा कुनै किसिमका बवल्सहरु (पानीका फोकाहरु) आउँदैनन् । अफुरो भित्रको पानीको तापक्रम सामान्यतया ४० देखि ४५ डि.सेल्सियस सम्म हुन्छ  यसलाई आफुले चाहेअनुसार तापक्रम घटबढ गर्न सकिन्छ । यो सेवा लिँदा ठाऊँ अनुसार बाहिर लगाएका कपडाहरु खोली राम्रोसँग नुहाएर मात्र  विभिन्न खालका कपडाहरु लगाउन दिईन्छ ।  अफुरो भित्र गईसकेपछि आफ्नो घाँटी भन्दा तलको भागलाई ताातोपानी भित्र डुबाएर आरामका साथ बस्नुपर्दछ । तातोपानीमा सन्चो, तितेपाती जस्ता विभिन्न प्राकृतिक र अर्गानिक वस्तुहरु समेत राखिने भएकाले यो सेवा मानिस स्वास्थ्यका लागि बरदान नै मानिन्छ । 

के हुन् ओफुरोका विशेषता ?
ओफुरोबाट निरोगी मानिसहरू स्वस्थ रहन मात्र होइन विभिन्न किसिमका रोग तथा शारिरीक समस्या समेत समाधान हुन्छन् । यसबाट ढाड दुखेको, जोइन्ट पेन, सुगर, युरीक एसीड, वेट लस, मस्कुलर पेन जस्ता रोगको उपचार हुन्छ । शारिरीक थकान भएका बेला पनि यो निकै उत्कृष्ट सेवा हो । निद्रा नपर्नु, खाना अपच हुनु, शरिरलाई स्फुर्ती राख्न यो पद्धती निकै उपयोगी मानिन्छ । अझ अहिले चुरोट, मदिरा सेवन गर्ने, अन्य खानेकुरा खाने मानिसहरूलाई त यो अझ बढि उपयोगी छ । मोटोपना घटाउने, बोँसो पगाल्ने सबैभन्दा उत्तम उपाय पनि यसैलाई मानिन्छ । 

नेपालमा कहाँ छ यस्तो सेवा ?
विश्वभर निकै लोकप्रिय बनेको ओफुरो सेवा नेपालमा समेत उपलब्ध छ । राजधानीको ठमेलमा रहेको रियल थेरापी एण्ड ब्युटी प्वाईन्टले नेपालमा पहिलो पटक ओफुरो सेवा भित्राएको हो । रियल थेरापीमा ओफुरो सेवा लिन सकिन्छ । ओफुरो हरेक व्यक्तिलाई उत्तिकै आवश्यक छ । अझ बढि मात्रामा कामको प्रेसर, अत्याधिक व्यस्त रहने, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, अधिकांश समय बैठक र छलफलमा बिताउने, चुरोट मदिरापन गर्ने यस्ता व्यक्ति सके हप्तामा एक पटक नसके कम्तिमा १५ दिनको एक पटक ओफुरो सेवा लिँदा उसको स्वास्थ्यमा निकै नै सहजता आउने चिकित्सकहरू सल्लाह दिन्छन् । 

रियलमा ओफुरो बाहेकका के के छन् सुविधा ?
राजधानीको ठमेलमा रहेको रियल थेरापीमा ओफुरोका साथै साउना बाथ, स्टीम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, अकुप्रेसर थेरापीलगायतका सेवा पनि सञ्चालनमा छन् । 
ओफुरो, साउना तथा स्टिममा बस्दा शरीरलाई फाइदा गर्छ । अहिले रियल थेरापीले नेपालीहरूका लागि भनेर ५० प्रतिशत छुटको विन्टर भ्याकेशन सुरू गरेको छ ।

कस्ता व्यक्तिले ओफुरो गर्नु हुँदैन  ?
कुनैपनि अंगको मेजर सर्जरी गरेको ६ महिना नपुगेको अवस्थाका व्यक्तिले
शरिभित्र स्टिल अथवा रड राखेका र प्रयोग गरेका व्यक्ति
गर्भावस्था भएको ४ महिनाभन्दा माथिका महिला
रजस्वला भएको अवस्थामा 

(ओफुरो सेवा दिइरहेका रियल थेरापीका सञ्चालक भवि शर्मासँगको कुराकानीमा आधारित )


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top