खुलासा नं. ४ : पम्पहरूबाट रकम अशुल्दै आयल निगम, घुस नदिएको भन्दै पम्पहरूमा तेल रोक्का


Tuesday, 27 Oct, 2015 3:08 PM
१०, असोज काठमाडौँ । 
नेपाल आयल निगमले पेट्रोलपम्पहरूलाई तेल वितरण गर्दा ब्यापक मात्रामा रकम अशुल्ने गरेको रहस्य खुलेको छ ।  निगमको भैरहवा डिपोले तेल वितरण गर्दा अधिकांश पेट्रोलपम्पबाट मासिक रूपमा अतिरिक्त रकम अशुल्दै आएको रहस्य खुलेको हो ।

पश्चिमाञ्चलमा तेल वितरण गर्ने जिम्मा पाएको भैरहवास्थित् भलवारी डिपोले त्यस क्षेत्रका पेट्रोलपम्पहरूमा रकम अशुल्ने र घुस नपाए तेल नदिने गरेको व्यवसायीहरूले ब्यापक गुनासो गरेका छन् । भैरहवा डिपो प्रमुख दिनेश कुमार यादवले मासिक ५ हजार लिँदै आएको र अहिले त्यति रकमले नपुगेको भन्दै तेल नदिएको एक पम्प व्यवसायीले गुनासो गरे । स्रोतका अनुसार डिपो प्रमुख यादवले आफैले सिधै रकम अशुल्ने गर्छन् । त्यसैका लागि उनले कसलाई तेल दिने/नदिने लिष्ट बनाउने र रकम नदिनेलाई तेल नदिन आफु मातहतका कर्मचारीलाई बाध्य पार्ने गरेका छन् । बुटवलका एक पम्प सञ्चालकले न्यूजसेवा डटकममा फोन गरि भने, “यसअघि तेल नदिएर बाध्य पारेपछि मासिक ५ हजार दिँदै आएको थिएँ, अहिले १० हजार मागेको छ, १०/१० हजार तिरेर हामी कसरी बाँच्ने, दुख दिनुको पनि हद हुन्छ नि ? ” उनी मात्र होइन अर्घाखाँची, कपिलवस्तु, दाङ लगायतका जिल्लाका अधिकांश पेट्रोलपम्पले घुस दिएर मात्र तेल लैजाने गरेको व्यवसायीहरू बताउँछन् । 

मागेजति घुस दिए तेल फालाफाल 
भैरहवा डिपो प्रमुख यादवलाई घुस खुवाउनेले जतिपनि तेल पाउँछन् । एक व्यवसायी भन्छन्, पहुँच भएका र बढि रकम घुस खुवाउनेले मागेजति तेल पाउने गरेका छन् । तर घुस नदिने पम्पहरूलाई महिनामा ३ केएल तेल पनि नदिएको पम्प व्यवसायीहरू बताउँछन् । अर्घाखाँचीका एक पम्प सञ्चालकले भने “म भैरहवा डिपोमा धाएको ५ दिन भयो, मलाई तेल छैन भन्ने, कहिले भोलि दिन्छु भन्दै झुलाइरहेको छ, तर दाङको एक पेट्रोल पम्पले भने मेरै अगाडी २ पटक सम्म ६ केएलका दरले डिजेल र पेट्रोल लग्यो, यस्तो अन्याय कसरी सहने हामीले ? ” 



पिएनको काम आफै गर्दै यादव 
क्षेत्रीय डिपो भैरहवाका प्रमुख हुन् दिनेश यादप । उनको काम भनेको सहज रूपमा तेल आपूर्ति गर्ने, न्यायोचित वितरण गर्ने हो । तर उनी बिहानदेखि बेलुका सम्म कसलाई तेल वितरण गर्ने नगर्ने लिष्ट बनाउने र कसले तेल लोड गर्यो, गरेन भन्दै कुर्ने र घुस नदिएका पम्पहरूलाई लोड गर्न नदिने गरेको व्यवसायीहरूको भनाइ छ । 

तेलचोरसँगको साँठगाँठ
भैरहवाको भलवारी डिपो त्यहि डिपो हो, जहाँ निगमकै कर्मचारीको मिलेमतोमा तेल चोरी हुने गरेको घटना पटक पटक आइरहेका हुन्छन् । एकवर्ष अघिको तेल चोर काण्डमा पक्राउ परेपनि तेलचोरहरूलाई उन्मुक्ति दिएको थियो निगमले । अहिले तिनै तेलचोरहरूको साँठगाँठमा यादवले डेरा जमाएर अनियमितता गरिरहेका छन् । उनीहरूको मिलेमतोमा कसलाई तेल दिने, नदिने लिष्ट बनाउने गरेको भैरहवा डिपो स्रोतको दाबी छ ।

केन्द्र मौन
भैरहवा डिपोमा ब्यापक अनियमितता हुँदा पनि आयल निगम केन्द्रिय कार्यलय मौन छ । भारतीय अघोषित नाकाबन्दी पछि मुलुकमा इन्धन हाहाकार छ । केन्द्रका व्यवस्थापक÷पदाधीकारी आपूर्ती सहज कसरी हुन्छ भन्नेमा लागिरहँदा यादवले भने भैरहवामा आएको थोरै तेलमा पनि कमाउ धन्दा मच्चाएको व्यवसायीहरू बताउँछन् । पम्पहरूमा भत्ता उठाउन जसरी आएर पैसा अशुल्ने गरेको विषयमा केन्द्रलाई जानकारी गराउन खोज्दा केन्द्रले कुनै वास्ता नगरेको व्यवसायीहरूको भनाइ छ । 
त्यसोत, भैरहवामा भएको ब्यापक अनियमतिता र घुस प्रकरणबारे बुझ्न खोज्दा भैरहवा डिपो प्रमुखसँग सम्पर्क हुन सकेन ।  उनको मोबाईल नम्बर ९८५७०२३२२० अफ छ भने भैरहवाको डिपोको ल्याण्डलाइन नम्बर ०७१५६०८२८ नम्बरमा फोन उठ्दैन । यादवले आफुलाई सुधारेर तेल नदिए अख्तियारमा उजुरी हाल्ने व्यवसायीहरूले तयारी गरेका छन् ।  


global ime

Ruslan

runner bike

राजनीति

बूढीगण्डकीको मुआब्जाबारे सरकारसँग वार्ता गर्ने जिम्मा बाबुराम र नारायणकाजीलाई

२ मंसिर, काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावित क्षेत्र गोरखातर्फ आरूघाट र धादिङतर्फ खहरेको मुआब्जा पुनरावलोकन गर्न समिति बनाइएको छ । गोरखा र धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, पूर्वसांसद, पूर्वमन्त्री, जनप्रतिनिधिहरू र सरोकारवाला समितिका प्रतिनिधि सम्मिलित वार्ता टोली बनाइएको हो । मंसिर १६ गते जिल्ला प्रशासन कार्यालय र बूढीगण्डकी आयोजनाले प्रति रोपनी ५० हजारदेखि सात लाख रूपैयाँसम्म दिने गरी मुआब्जा निर्धारण गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए ।

विश्व युवा संगठनको उपाध्यक्षमा युवा संघ नेपाल निर्वाचित

२२ मंसिर, काठमाडौं । विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ ।  साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए । संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ । भुसाल यसअघि संगठनको एशिया प्यासिफिकको उपाध्यक्षसमेत थिए । यही डिसेम्बर २ देखि ७ गतेसम्म चलेको सम्मेलनमा विश्वका ६३ देशका ९५ युवा संगठन सहभागी थिए ।

सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा

२२ मंसिर, काठमाडौं । दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५ औँ वार्षिकोत्सव मनाउँदैछ । सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको यात्रा सुरु भएको हो । सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्ररसरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भूटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, 

अन्तर्राष्ट्रिय

इराकमा भएको सरकार विरोधी आन्दोलनमा मर्नेको संख्या चार सय नाघ्यो

२२ मंसिर, काठमाडौं । इराकको राजधानी बगदादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर कयौं घाइते भएको बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । ट्रकमा आएका बन्दुकधारीहरुले अल सिनाक पुल नजिकै एउटा व्यापारीक भवनमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै बीबीसीले जनाएको छ । सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला बन्दुकधारीहरुले जथाभावी गोली चलाएर सर्वसाधारणलाई त्रसित पार्न खोजेको आन्दोलनकारीहरुले आरोप लगाएका छन् ।

इरान र अमेरिकाले कैदीबन्दी साटासाट गर्ने !

२२ मंसिर, काठमाडौं । इरान र अमेरिकाले पछिल्लो समय बढ्दै गएको एक अर्काबीचको तनाव अन्त्य गर्न कैदीबन्दी साटासाट गर्ने निर्णय गरेका छन् । तेहरानले अमेरिकाबाट इरानी वैज्ञानिक मसुद सोलिमानीलाई रिहा गर्ने घोषणा गरेको छ । केही दिनअघि अमेरिकाले प्रिस्टनमा अध्ययनरत एक इरानी विद्यार्थी घर फर्किएको बताएको थियो । इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले बन्दी बनाइएको चिनियाँ मुलका अमेरिकी नागरिक झियु वाङलाई चाँडै नै परिवारको जिम्मा लगाइने बताएका छन् । उक्त कदमको पुष्टि गर्दै राष्ट्रपति डोनाल्ड ट्रपलेसमेत आफ्ना नागरिकलाई स्वागत गर्न आतुर रहेको बताएको ह्वाइट हाउसले जनाएको छ । 

राष्ट्रपति ट्रम्पविरुद्व महाअभियोग लगाउन प्रसस्त प्रमाण : अनुसन्धान समिति

१८ मंसिर, काठमाडौं ।  अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ । ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ । समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध र्पुयाएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन् । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top