अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

समीक्षा


Sunday, 28 Jan, 2018 3:46 PM
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले काठमाडौंमा गरेको एक संयुक्त पत्रकार सम्मेलनमा दुबै पार्टीका अध्यक्षले निकै गर्वका साथ आफूहरुलाई पदको कुनै लोभ नभएको बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई देखाउँदै भने, ‘म प्रधानमन्त्री भइसकेको मान्छे उहाँ पनि प्रधानमन्त्री भइसकेको मलाई पद ठूलो कुरा होइन ।’ प्रचण्ड पनि के कम उनी त्यतिबेला झन् त्यागी बने र भने,‘ म पनि पार्टी अध्यक्ष, उहाँ पनि पार्टी अध्यक्ष, मलाई पनि पद ठूलो कुरा होइन ।’ त्यस दिन दुबै नेता निकै उदार र त्यागी देखिए, मानौ उनीहरुलाई कुनै पदको लोभ र आशा छैन । छ त केवल देशको चिन्ता । दुबै नेताहरुले त्यस दिन आफूहरु कुनै पदको लागि पार्टी एकता गर्न खोजेको नभई देशलाई समृद्विको दिशातर्फ लैजान एकता गर्न लागेको बताएका थिए । निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । दुबै पार्टीका दोस्रो तहका नेताहरु ‘यस्तै हो भने पार्टी एकीकरण हुन नसक्ने’ सम्मका अभिव्यक्ति दिन थालेका छन् । यसले एकता प्रक्रियाप्रति नै शंका उब्जाएको छ । 

अध्यक्षहरुलाई अध्यक्ष नै बन्ने चाहना
पार्टी एकता संयोजन समितिको बैठक पनि बसिसकेको छ । एकता संयोजन समितिले पनि विभिन्न चरण वार्ता र छलफल गरिसकेको छ तर, कुरा मिल्न सकेको छैन । नयाँ पार्टीको राजनीतिक विचार के हुने भन्नेमा एमाले र माओवादीबिच ठूलो विवाद नभए पनि सांगठनिक स्वरुप र केन्द्रीय नेतृत्वमै ठूलो सकस देखिएको छ । त्यसमा पनि पार्टी अध्यक्ष को बन्ने भन्ने विषयले नै एकता प्रक्रियालाई अघि बढ्न दिएको छैन । पत्रकार सम्मेलनमा भनेझैँ दुबै नेताहरुले आफूहरुलाई पदको कुनै आकांक्षा नभएको बताए पनि एकीकृत पार्टीको अध्यक्ष बन्ने रहर ओली र प्रचण्ड दुबैलाई लागेको छ । एकता प्रक्रियाका लागि संयोजन समिति र कार्यदल बने पनि त्यसले पार्टी अध्यक्ष को बन्ने भन्ने विषयको छिनोफानो लगाउन सक्दैन । यसमा ओली र प्रचण्डकै अन्तिम सहमति चाहिन्छ । त्यसैले विगत दुई दिनयता ओली र प्रचण्डले ‘वान टू वान’ वार्ता गरिरहेका छन् । तर, दुबै नेताले एक अर्कालाई कन्भिन्स गर्न सकिरहेका छैन । अर्थात् एकीकृत पार्टीको अध्यक्ष आफू नै हुनुपर्ने अडानमा छन् । 

ओली रणनीति
ओलीको रणनीति पार्टी एकतापछि प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष आफैं बन्ने छ । ठूलो पार्टीको अध्यक्षको नाताले उनले कार्यकारी अधिकारयुक्त प्रधानमन्त्रीको लागि व्यक्त गरेको आकांक्षालाई कसैले पनि अन्यथा लिएका छैनन् । स्वयम् माओवादी अध्यक्ष प्रचण्डले पनि भावी प्रधानमन्त्रीे ओली नै हुने बताउँदै आएका छन् । प्रधानमन्त्री पद पक्का भइसकेका ओलीले प्रधानमन्त्रीमा मात्र चित्त बुझाउन चाहिरहेका छैनन् । उनी पार्टी अध्यक्ष पनि बन्न चाहन्छन् । ओलीले आफ्नो यो भित्री चाहना धेरै अघि पार्टी महासचिव ईश्वर पोखरेलमार्फत् व्यक्त गरेका थिए । पोखरेलले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुँदा अनेक शक्ति केन्द्र बन्ने र यसले सरकार र पार्टी सञ्चालन गर्न कठिनाइ हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए । पोखरेलको यो भनाईसँगै माओवादी वृतमा ठूलै खैलाबैला मच्चिएको थियो । पोखरेलको भनाईको माओवादीका केही नेताहरुले प्रतिवाद गरे । पोखरेलको भनाईले नकारात्मक तरंग पैदा गरेपछि ओलीले पार्टी एकताको विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरुलाई सचेतसमेत गराएका थिए । एमाले अध्यक्ष ओली एकीकृत पार्टीको अध्यक्ष सकेसम्म आफै बन्ने नभए प्रचण्डलाई बनाउने पक्षमा समेत देखिन्छन् । तर, उनी खेमाका नेताहरु प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन तयार देखिदैनन् र त्यस अनुरुप सहमति नगर्न ओलीलाई दवाव दिइरहेका छन् । ओली खेमाका दोस्रो तहका नेताहरुको तर्क दुईटा देखिन्छ । उनीहरु एमाले ठूलो पार्टी भएको र समग्र जनमतको नतिजामा माओवादी आफूहरु भन्दा निकै पछाडि रहेकाले अध्यक्ष पद दिइरहनु नपर्ने बताउँछन् । एमालेको ठूलो कार्यकर्ता पंक्तिले प्रचण्डलाई अध्यक्षको रुपमा स्विकार गर्न गाह्रो हुने उनीहरुको भनाई छ । ओली खेमाका दोस्रो तहका नेताहरुलाई अर्को के पनि डर छ भने पार्टी एकता भएर प्रचण्ड अध्यक्ष बने भने माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफूहरुलाई पेल्छ । त्यसका लागि पनि प्रचण्डलाई रोक्नु पर्छ भन्ने बुझाई देखिन्छ । प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष भए भने पार्टी र सरकारमा आफूहरुको पकड कमजोर हुने ठानेर नै ओली खेमाका दोस्रो तहका नेताहरुले ओलीलाई अध्यक्ष पद नछाड्न दवाव बनाइरहेका छन् । महाधिवेनसम्म ओलीलाई नै पार्टी अध्यक्षको रुपमा कायम गर्न सकियो भने नयाँ अधिवेशनमा पनि आफ्नो खेमाको बर्चस्व कायम राख्न सकिने उनीहरुको आँकनल छ । ओली खेमाका नेताहरु प्रचण्डलाई पार्टीको सह–अध्यक्षको रुपमा राख्नुपर्ने निष्कर्षमा देखिन्छन् । 
 
प्रचण्ड रणनीति
प्रचण्ड पार्टी एकतापछि आफ्नो पद सुरक्षित गर्न चाहन्छन्, त्यो पनि पार्टी अध्यक्षको रुपमा । निकै अघिदेखि छरिएर रहेका वाम शक्तिहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताउँदै आएका प्रचण्ड कम्युनिष्टहरुको साझा नेता बन्ने चाहना राखेका छन् । १० बर्षे लामो जनयुद्व हाँकेका प्रचण्ड त्यो जनयुद्वका क्रममा लागेका आफ्ना कतिपय गम्भीर आरोपहरुलाई पार्टी एकतापछि अध्यक्ष बनेर मेट्न चाहन्छन् । पार्टी एकतापछि अध्यक्ष बन्न सकियो भने ठूलो वाम जनमतको समर्थनबाट विगतमा जनयुद्वका विषयमा लाग्ने गरेका तिखा आरोपबाट मुक्ति पाइने उनको विश्वास छ । त्यसैले पनि उनी अध्यक्ष पदका आफ्नो दावी कायम राखिरहेका छन् । अहिलेको परिवर्तनको सूत्रधार, कुनै समयको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेका प्रचण्डलाई खाली हात पार्टी एकता गर्न सजिलो छैन । अहिले पार्टी अध्यक्ष बन्न सकियो भने अब हुने महाधिवेशनमा पुनः पार्टी अध्यक्ष बन्न सजिलो हुने र त्यसपछि हुने संसदीय निर्वाचनपछि प्रधानमन्त्रीको पद पनि सुरक्षित गर्न सकिने प्रचण्डको रणनीति छ । पार्टी अध्यक्ष बनियो भने पार्टी सञ्चालनका क्रममा आउने ओली पक्षको अवरोधहरुलाई माधव नेपाल र झलनाथ खनालको सहयोग म्यानेज गर्न सकिनेमा प्रचण्ड विश्वस्त देखिन्छन् । हुन त प्रचण्डलाई ओली पक्षबाट अर्को महाधिवेशनपछि पार्टी अध्यक्ष बनाउने प्रस्ताव पनि आएको छ, तर यसलाई मान्न प्रचण्ड तयार छैनन् । उनकै पार्टीका नेताहरुले पनि यस्तो उधारो सम्झौता नगर्न दवाव दिइरहेका छन् । लिखित सहमति त पालना नहुने नेपाली राजनीतिको चरित्र राम्ररी बुझेका प्रचण्डले ओली पक्षको यस्तो प्रस्तावलाई विश्वास गर्ने आधार देखिदैन । स्वयम् प्रचण्ड पनि आफ्नै पार्टीका नेताहरुको दवावमा छन् । प्रधानमन्त्री र अध्यक्ष दुबै पद एमालेलाई दिँदा आफ्नो पार्टी एमालेमा विलय भएजस्तो मात्र हुने भएकाले त्यसरी एकता नगर्न दोस्रो तहका नेताहरुले प्रचण्डलाई भनिरहेका छन् । प्रचण्डले अध्यक्ष पद नपाउने हो भने एकीकृत पार्टीमा आफूहरुको भूमिका कमजोर हुने दोस्रो तहका नेताहरुको बुझाई छ । 

 


global ime

runner bike

राजनीति

सभामुखमा नेकपाका सापकोटाले दिए उम्मेदवारी, राजपाको समर्थन

७ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

​कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

७ माघ, काठमाडौं । पुष्पा भुसाललाई सभामुखको उम्मेदवार बनाउने तयारीमा रहेको कांग्रेस अन्ततः पछि हटेको छ । पार्टी संसदीय दलको कार्यसमितिको बैठकले सभामुख निर्वाचनमा उम्मेदवारी नदिई तटस्थ बस्ने निर्णय गरेको मीन विश्वकर्माले बताए । 

सभामुखमा पुष्पा भुसाललाई अघि सार्ने काँग्रेसको तयारी

६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । ‘पार्टीमा यस विषयमा छलफल भइसकेको छ,’ कांग्रेसका एकजना नेताले भने,‘व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।’नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए

५ माघ, काठमाडौं । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top