​ओली सरकार ढल्ने केही भित्री र महत्त्वपूर्ण संकेतहरु


Wednesday, 15 Jun, 2016 6:57 PM
१ असार, काठमाडौं । दोस्रो ठूलो सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकार तत्काल नढाल्ने बताउन थाले पनि ओली सरकार ढल्न लागेका केही महत्त्वपूर्ण लक्षणहरु एकपछि अर्को गरेर देखिन थालेका छन् । यी प्रमुख कारण हुन् सत्ताका लागि मरिमेट्ने ओली सरकारमा सहभागी उपप्रधानमन्त्रीहरुको छटपटी । 

सत्तामा पुग्नका लागि जस्तोसुकै अन्तरघात गर्न पछि नपर्ने भएको मुसा को उपमा पाएका कमल थापा भारत पुगेर अर्को सरकारमा आफ्नो स्थान सुरक्षित राखिदिन आग्रह गरेर फर्केका छन् । शेरबहादुर देउवा र प्रचण्डको नेतृत्वमा सरकार गठन हुन नसकेपछि आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सारिदिन भारतीय सत्तारुढ दलका दोस्रो दर्जाका नेता थापाले आग्रह गरेको बुझिएको छ । थापा प्रधानमन्त्री हुने सम्भावना नभए पनि अर्को सरकारमा पनि आफ्नो स्थान सुरक्षित राखिदिन उनले दौडधूप गरिरहेका छन् ।

ओली सरकार ढल्न लागेको दोस्रो प्रमुख कारण हो भ्रष्ट्र नेताका रुपमा परिचित विजय गच्छदारले सरकार छाड्ने धम्की । सरकार ढल्ने लक्षण देखिएपछि आफैं सहभागी सरकारलाई विगतमा पनि उनले यस्तै धम्की दिने गरेका थिए । सरकार ढल्ने सम्भावना देखेपछि नयाँ सरकारमा आफ्नो स्थान सुरक्षित राख्न गच्छदारले यस्तो गर्दै आएका छन् र एकपछि अर्को सरकारमा लगातार सहभागी हुँदै पनि आएका छन् । सरकारमै सामेल भएपछि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र मार्फत मधेसका माग राखेर मधेसमा आफ्नो भोट बचाउने खेल खेलेका गच्छदार नयाँ सरकारमा स्थान सुरक्षित राख्ने दाऊमा लागि रहेका छन् ।

यी त भए सत्ताका लागि नाम चलेका दुई उपप्रधानमन्त्रीका नयाँ गतिविधि । तर स्वार्थरहित नेताका रुपमा चिनिएका चित्रबहादुर केसीले समेत उपप्रधानमन्त्री भएपछि सत्ता छाड्न नचाहेको देखिन्छ । सरकारमा रहँदारहँदै उनको दल जनमोर्चाले अब सडक संघर्षसहितको आन्दोलन गर्ने घोषणा वुधबार गरेको छ । 

संघीयतासहितको संविधान कार्यान्वयन गर्ने सपथ खाएर उपप्रधानमन्त्री बनेका केसीले अब आएर संघीयता खारेजीका लागि सडक संघर्ष गर्ने घोषणा गरेका हुन् ।

केसीको दलको यो घोषणाले ओली सरकार ढल्ने कुरालाई बलियोसँग पुष्टि गर्छ । किनभने संविधान बनेपछि संघीयताको विरोधमा सडक संघर्ष गर्न आवश्यक नठानेका केसीले सरकार ढल्ने भएपछि मात्रै आवश्यक ठानेका हुन् । उनले दुई स्वार्थका लागि यस्तो घोषणा गरेको बुझ्न सकिन्छ । सरकार ढल्ने निश्चित भैसकेपछि सरकार छाड्नुभन्दा पहिले आफ्नो एजेण्डा उठाउँदा आफ्नो राजनीतिक अडान कायम रहेको सन्देश जाने पहिलो स्वार्थ केसीको छ । त्यस्तै दोस्रो स्वार्थ उनको पनि विजय गच्छदार र कमल थापाकै जस्तो देखिन्छ । सत्ताको सुखभोग गरिसकेको केसीले पनि गच्छदार र थापाकै शैलीमा नयाँ सरकारमा आफ्नो स्थान बनाउन चाहेका हुन सक्छन् । 

नेपाल र नेपालीका संघीयता लागि विषवृक्ष भएको र यसले देश र जनतालाई हानि मात्र पुर्याएको ठहर गर्दै चित्रबहादुर केसीको जनमोर्चाले दुई महिने आन्दोलन घोषणा गरेको छ । कम्तीमा चित्रबहादुर केसी जस्ता त्यागी नेताले सत्तामै बसेर यस्तो दोहोरो चरित्र देखाउनु उदेकलाग्दो छ । केसीको यो शैलीले सत्ता स्वार्थमा डुबेका कम्युनिस्टकै शैलीमा केसी पुगेको र ओली सरकार ढल्ने भएपछि अत्तालिएको बुझ्न कुनै कठिन छैन ।

नेपाली राजनीतिमा भित्रभित्रै के पाकिरहेको छ भन्ने कुरा बाहिर नआउने गरेका पहिलेदेखिकै नजिरहरु छन् । तर, कतिपय भित्री मान्छेहरुलाई यसको अभास हुनु स्वभाविक हो र त्यो आभास सरकारका महत्त्वपूर्ण घटकलाई नुहने कुरै भएन । ओली सरकार बजेट पारित गरेपछि नरहने देखेर नै सत्तारुढ घटकहरुको यस्तो प्रतिक्रियाहरु बाहिर आएको स्पष्ट हुन्छ ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top