प्रधानमन्त्री केपी ओलीले पहिला भारतकै भ्रमण गर्ने तयारी गरेको खुलाशा


Wednesday, 6 Jan, 2016 5:35 PM
 २२ पुष,काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण छिमेकी भारतबाट सुरु हुने खुलासा गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ प्रधानमन्त्रीको दुबै छिमेकी मित्र राष्ट्रहरु चीन र भारतको औपचारिक भ्रमणको प्रारम्भिक तयारी सुरु भईसकेको छ । प्रधानमन्त्रीलाई निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर भ्रमणको निम्तो दिनु भएको थियो । त्यसैको आधारमा तयारी गरेका छौ । मेरो भ्रमणको बेला अर्को छिमेकी मित्र चीनले पनि निम्तो दिएको छ । त्यसको आधारमा तयारी भईरहेको छ । तयारीको आधारमा म भन्छु प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारतबाटै सुरु हुन्छ । ’

साक्षात्कारमा उपप्रधानमन्त्री थापाले प्रधानमन्त्रीको भ्रमण कहाँबाट सुरु हुन्छ भन्ने परम्परागत मान्यताबाट मुक्त हुनु आग्रह गर्दै एक मित्र राष्ट्रको सम्बन्धलाई अर्को राष्ट्रसँग दाज्नु उपयूक्त नहुने तर्क गरे ।उपप्रधानमन्त्री थापाले  प्रधानमन्त्री ओलीको भारत भ्रमणको लागि  केही नयाँ विषय र केही क्रमागत विषयहरु रहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला घोषणा गरेको १ हजार करोड र भुकम्प पछिको पुर्ननिर्माणमा घोषणा गरेको १ हजार करोड सहयोग कार्यान्वयनमा लाने र गतिरोध पूर्ण रुपमा अन्त्य गर्ने विषय प्रमुख रहेको बताए ।

उनले भारत र चीनबाट नेपालले फाईदा लिनु पर्ने भन्दै नेपाल भारत र चीनको आर्थिक कोरिडोरलाई मुर्त रुप दिने महत्वपूर्ण अवसर आएको बताए । आफ्नो चीन भ्रमणले दुई देशवीचको सम्बन्धमा मेजर पोलिसि डिपार्चर गरेको दावी गर्दै उनले चीनसँग नेपालको आर्थिक विकास र ब्यापारिक सम्बन्ध नयाँ ढंगले अघि बढाउन महत्वपूर्ण पहल भएको बताए ।

उपप्रधानमन्त्री थापाले भने,‘ चीनसँग अहिलेसम्म कुनै पनि ब्यापार सन्धी छैन । हामी भुपरिबेष्ठित भन्दा पनि भारत परिबेष्ठित भयौ । हामीले यो विर्सियौ कि चीनसँग पनि समुन्द्र छ र त्यसमा पनि पहुँचको हाम्रो अधिकार हो । मेरो भ्रमणले नेपाल र चीनवीचको सम्बन्ध नयाँ ढंगले अगाडि बढाउन फ्रेमवर्क तयार पारेको छ । ’

उनले चीनसँग पारवहन सन्धी गर्ने तयारी स्वरुप प्रारम्भिक मस्यौदा चीन समक्ष पेश गरिसकेको जानकारी दिदै एक पटककै भ्रमणमा सबै सम्झौता हुनु पर्छ भन्ने हतारो कुटनीतिमा नहुने स्पष्ट पारे ।उपप्रधानमन्त्री थापाले भने,‘ यो प्रयासलाई निरन्तरता दिए भावी पिढीले आर्थिक नाकाबन्दी भोग्नु पर्दैन । अहिलेसम्म ब्यापार र पारावहनमा भारतसँगको निर्भरता थियो त्यसैले हामीले कष्ट बेहोर्नु पर्यो ।’

उनले थपे,‘ हाम्रो दुबै छिमेकीसँग सदियौदेखिको सम्बन्ध छ । हामी दुबैलाई महत्व दिन्छौ । दुबैको आ–आफ्नै चरित्र छ । चीनसँगको नयाँ सम्बन्धको फ्रेमवर्क तयार गर्ने काम भारतको विकल्पमा होईन । बृहत्तर राष्ट्रिय हितकोलागि हो । यसलाई कार्डको रुपमा बुझ्नु हुँदैन ।’उपप्रधानमन्त्री थापाले कुटनीतिक प्रयास स्वरुप भारतसँगको असमझदारी क्रमस हट्दै गएकोले बीरगञ्ज बाहेकका नाकाहरु पुर्ण रुपमा सञ्चालनमा आएको दावी गर्दै अब सरकार र ब्यापारीहरुको आपूर्तिमा ध्यान जानु पर्नेमा जोड दिए । उपप्रधानमन्त्री थापाले मुलुकको अबको गन्तब्य आर्थिक विकास र समृद्धि हुनु पर्ने भन्दै त्यसै आधारमा आफूले आर्थिक कुटनीतिलाई अगाडि बढाउने गृहकार्य सुरु गरिसकेको जानकारी दिए ।
 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top