esewa

सरकारद्धारा संविधान प्रचारको राष्ट्रिय अभियान सुरु


Monday, 7 Dec, 2015 3:04 PM
२१ मंसिर काठमाडौं ।
सरकारले आज देखि संविधानको एक महिने प्रचार अभियान सुरु गरेको छ । प्रचार अभियानको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको हो । सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियानको शुभारम्भ गरेको हो ।

‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त राष्ट्रिय अभियान समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएपछि सात दशक लामो नेपाली जनताको आकाङ्क्षा पूरा भएको र यसले पटकपटकका राजनीतिक सङ्घर्षको उपलब्धिलाई संस्थागत गरेको बताए।

संविधानले सबै जातजाति, वर्ग, क्षेत्र, लिङ्ग, धर्मको अधिकारलाई सुनिश्चित गर्नुका साथै पूर्ण समावेशीताको सिद्धान्त अपनाएकाले यसबारेमा रहेका नकारात्मक भ्रमलाई चिर्नुपर्नेमा जोड दिँदै उनले भने, “कसैलाई भ्रम नहोस् संविधानले सबै जातजाति, वर्ग, क्षेत्रलाई समान हकअधिकार र अवसर प्रदान गरेको छ ।”

संविधानसभाको अत्याधिक बहुमतद्वारा लोकतान्त्रिक विधिबाट प्रत्येक धाराधारामा छलफल र मतदान गरी संविधान जारी भएको अवगत गराउँदै प्रधानमन्त्री ओलीले भने “संविधानसभाबाट संविधान जारी हुनु जनताका लागि ठूलो उपलब्धि हो, जनतामा पर्न गएको वा पारिएको भ्रमलाई हटाउनुपर्छ ।” उनले पिछडिएका र उत्पीडित वर्ग तथा क्षेत्रका लागि संविधानले गरेको विशेष व्यवस्थालाई जनतासम्म पु¥याउन सबै लाग्नुुपर्नेमा जोड दिए ।

सभामुख ओनसरी घर्तीले संविधानले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीतालगायतका आन्दोलनका मुख्य उपलब्धिलाई संस्थागत गरेको बताउँदै संविधानले मौलिक अधिकारमार्फत सुनिश्चित गरेका जनताका हकअधिकारका बारेमा जनतालाई स्पष्ट पार्नुपर्ने अहिलेको आवश्यकता हो भनिन्।

संविधानका सम्बन्धमा देखिएका केही असन्तुष्टिलाई सबै दलले सहमति, सहकार्य र एकताबाट सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै सभामुख घर्तीले संविधानको प्रभावकारी कार्यान्वयनबाट मात्र यसमा भएका हकअधिकार जनताले उपभोग गर्न पाउने बताइन ।

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले विचारको पूर्ण स्वतन्त्रता, राजनीतिक पार्टीलाई प्रतिबन्ध नुहुने, संविधान संशोधनको लचिलो प्रावधान र आवधिक निर्वाचनको व्यवस्थाका कारण नेपालको संविधान उत्कृष्ट रहेको बताए ।

उपप्रधानमन्त्री थापाले संविधानले कसैलाई पनि विभेद नगरेको बताउँदै यस सम्बन्धमा पारिएका भ्रम चिर्नुपर्ने र संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गरिने बताए।

समारोहमा एकीकृत नेकपा माओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा हालसम्म बनेका संविधानमध्ये संविधानसभाबाट बनेको यो संविधान सबैभन्दा बढी लोकतान्त्रिक र समावेशी हुनुका साथै सबैका हकअधिकारलाई सुनिश्चित गरेको बताए ।

समावेशीताका दृष्टिमा नेपालको संधिवान दक्षिण एसियामा मात्र नभई विश्वमा नै अद्वितीय रहेको दाबी गर्दै अध्यक्ष दाहालले भने, “संविधानका सम्बन्धमा देखिएका असन्तुष्ट पक्षका केही जायज मागलाई सम्बोधन गर्नुपर्छ तर मुलुकको राष्ट्रिय एकता र सार्वभौमसत्ता विरुद्धका विचार र मागलाई भने सबैले खण्डन र भण्डाफोर गर्नुपर्छ ।”

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले यसअघि काँग्रेस नेतृत्वको सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्बाट पारित गरे संविधानका सम्बन्धमा देखिएका असन्तुष्ट पक्षका माग सम्बोधन हुने बताए ।
महामन्त्री सिटौलाले प्रदेशको सीमाङ्कन हेरफेर गर्दा फेरि अर्को आन्दोलन नहोस् भन्नेमा सचेत हुनुपर्ने भन्दै आन्दोलनरत मधेसी मोर्चाको मागका सम्बन्धमा राजनीतिक समिति बनाएर माग सम्बोधन गर्न सकिने धारणा राखे ।


मधेसी जन अधिकार फोरम लोकतान्त्रिक का उपाध्यक्ष नसिर सिद्धिकीले मध्यमार्गी रुपमा आफ्नो पार्टीले अघि सारेको आठबुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने र सोहीअनुसारको आठ प्रदेश बनाए हाल तराई मधेशमा देखिएको समस्या समाधान हुने बताए ।

तत्कालीन संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले विश्वमै समावेशीको अद्वितीय नमूना रहेको संविधानसभाबाट जारी भएको नेपालको संविधानले सबैका हकअधिकार स्थापित गर्नुका साथै समानुपातिक समावेशीताको सिद्धान्त अपनाएको अवगत गराए ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्ने अभिप्रायले अभियान सुरु गरिएको बताउँदै मुलुकभर ७५ वटै जिल्ला, २१७ नगरपालिका र तीन हजार १५७ गाविसमा आगामी पुस २१ गतेसम्म सञ्चालन गरिने बताए ।

मन्त्रिपरिषद्को मङ्सिर ८ गतेको निर्णयबमोजिम सरकारले सो अभियान मङ्सिर २१ देखि एक महिनासम्म सञ्चालन गर्न लागेको हो । जिल्ला सदरमुकाममा हुने सभा तथा मूल कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्तिलगायत सर्वसाधारण जनताको सहभागिता हुने जनाइएको छ ।
 


Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top