siddhartha

केआई सिंहका बडीगार्डको स्मरण : सिंहदरबार कब्जादेखि चीन निर्वासनसम्मको भित्री कथा


Saturday, 7 Oct, 2017 2:47 PM
केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह । विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री । उनी होमियोप्याथी डाक्टर थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रीय सिंह दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलन नछाडेका व्यक्ति हुन् । आन्दोलनकै क्रममा उनी पक्राउ परे र काठमाडौं ल्याइए । सिंहदरबारभित्रै कैद गरियो । तर, पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरे सिंहले । १२ घण्टे त्यो असफल सिंहदरवार कब्जाकै कारण केआई सिंहको चर्चा नेपाली इतिहासमा झन् बढी छ । सिंहदरबार कब्जालगत्तै उनी केही समर्थकसहित चीन पसे । पछि नेपाल फर्किएपछि ०१४ मा राजा महेन्द्रले उनलाई प्रधानमन्त्री बनाए । भैरहवाको बिद्रोहदेखि सिंहदरबार कब्जासम्म उनको साथमा एक युवक निकै जोशका साथ खटिएका थिए । ती थिए पदमबहादुर आले । डा. सिंहका अत्यन्त विश्वासपात्र । उनलाई डा. सिंहले आफू प्रधानमन्त्री बन्दा निजी सुरक्षा गार्डसमेत बनाएका थिए । ९४ बर्षीय आले अहिले पुख्र्यौली थलो तनहुँको थप्रेक नयाँगाउँमा बुढ्यौली जीवन बिताइरहेका छन् । आलेले न्यूजसेवाका राजु ढकालसँग भैरहवा बिद्रोहदेखि सिंहदरवार कब्जाहुँदै चीन निर्वासनको स्मरण गरेका छन् :  


राणाविरुद्व बन्दुक उठाइयो  
सन् १९४२ मा ब्रिटिस आर्मीमा भर्ती भएँ । गोरखपुरमा गएर छाती नपाइयो । तालिम सकेपछि हाल पाकिस्तानमा पर्ने कुइचामा गएर बस्यौं । लडाईंमा भने म परिनँ । सिपाहीलाई परेड खेलाउँथे । ब्रिटिसले भारत छोडेपछि मलाई बस्न मन लागेन । सन् १९५० मा नेपाल फर्कें । ८ बर्ष लाहुरे बनियो । 

नेपालमा राणा शासनविरुद्ध क्रान्ति चलिरहेको थियो । राणा शासन मलाई मन परेको थिएन । यसको विकल्प खोज्नैपर्छ भन्ने लागिरहन्थ्यो । राणा शासन विरुद्वको क्रान्ति देश सुधारको लागि भन्थे । मलाई पनि त्यो ठिकै लाग्यो । नेपालमा सशस्त्र क्रान्ति सुरु भइसकेको थियो । मातृकाप्रसाद कोइरालाले बिराटनगर, विश्वेश्वरप्रसाद कोइरालाले वीरगंज र डा. केआई सिंहले भैरहवाको मोर्चा सम्हालेका थिए । तीनवटा पोस्टलाई कब्जा गर्न तीन नेता अघि बढेका थिए । तीन ठाउँबाट राणाहरुलाई आक्रमण गर्ने तयारी थियो । म सिंहको पछि लागेँर भैरहवाको नौतनवामा गएँ । मेउडियामा सिंह बस्थे । ‘जनताको अधिकार राणाले लिए, जनताहरुले अधिकार खोज्दै छ, जनताको अधिकारको लागि लड्न प-यो’ भनेर सिंहले हामीलाई प्रोत्साहित गर्नुहुन्थ्यो । आफू पनि जनता परियो । केही पनि पाएको छैन । सबै सुखभोग राणाहरुले गरेका छन् । आर्मीको मान्छे परियो । दिलोज्यान दिएर राणाविरुद्व लडियो । 

खोजेको प्रजातन्त्र अर्कै थियो 
७ फागुन २००७ मा प्रजातन्त्र आयो । देशभर खुसीयाली छायो, तर हामीलाई त्यो प्रजातन्त्रले खुसी दिन सकेन । हामी रमाउन सकेनौं । राणा प्रधानमन्त्री मोहन शम्शेरलाई पुनः प्रधानमन्त्री बनाउने गरी दिल्लीमा सम्झौता भएको थियो । डा. सिंहले त्यसलाई धोका भन्नुभयो । राणालाई जरैदेखि फालेपछि मात्रै क्रान्ति पूरा हुन्छ भन्ने उहाँको सोचाई थियो । तर, प्रजातन्त्र आएपछि पनि राणा नै प्रधानमन्त्री बने । विपी गृहमन्त्री बन्न तयार भए । त्यसको खिलाफमा थियौं हामी । त्यसैले हामीले क्रान्ति पुरा भएको छैन भन्दै आन्दोलन जारी राख्यौं । 

धेरै जना प्रजातन्त्रको पक्षमा थिए । विरोध गर्नेहरुको संख्या कम भयो । अनि, भारतीय फौजको सहयोगमा डा. सिंह पक्षका विद्रोहीहरुलाई पक्राउ गर्न लगाइयो । सिंह पनि पक्राउ पर्नुभयो । भारतीय फौजसँग हाम्रो दोहोरो भिड्न्त भने भएन । मेउडिया भन्ने ठाउँमा भारतीय फौजले घेरा हालेर हामीहरुलाई पक्राउ ग-यो । कम्तीमा २ सय पक्राउ प-यौं होला । हामीहरुलाई भैरहवा जेलमा राख्यो । सिंह र हामीलाई अलग–अलग राखेको थियो । भेटघाट हुन पाउँदैन्थ्यो । हामीसँग कुनै सोधपुछ गरेन । तर, सिंहसँग गरेको रहेछ, पछि थाहा भयो ।

वार्ता गर्ने भनेर फेरि पक्र्यो
केही दिनपछि हामीलाई भैरहवा जेलबाट रिहा ग-यो । जेलबाट निस्केपछि उत्तरतर्फ लाग्यौं । तानसेन, रिडी, गल्कोट हुँदै बुर्तिवाङ पुगियो । साठी–सत्तरी जनाको टोली थियो । ज–जसलाई मन छ मेरो पछि लाग, मन नहुनेलाई  म कर गर्दिन भन्नुहुन्थ्यो सा’ब (केआई सिंह) । ग्रह मिलेर होला उहाँको पछि–पछि लागेर गइयो ।  हामीसँग केही हतियार पनि थिए । भैरहवामा लुटेका । भरुवा बन्दुक, राइफल र पेस्तोल थिए । उतैबाट चिन पस्ने योजना थियो हाम्रो । तर, त्यहीबेला सरकारले खबर पठायो । वार्ता गरेर कुरा मिलाउने सरकारको खबर थियो । हामीले विश्वास गर्यौं र पाल्पा फर्कियौं । 

तर, सरकारले धोका दियो । रुद्र शम्शेरले पक्रेर पाल्पा जेलमा राखे । सात दिन पाल्पा जेलमा राख्यो । हामीले जेल ब्रेक गर्ने योजनासमेत बनाएका थियौं, तर सकेनौं । सात दिनपछि हामीलाई काठमाडौंतर्फ हिँडाइयो । ७० जना थियौं । यो २००८ सालको कुरा हो । सेन्ट्रल जेलमा तीन दिन राख्यो । अनि नख्खु जेलमा ।  सिंहलाई सिंहदरबारमा थुन्यो । 

१२ घण्टा सिंहदरवार कब्जा 
विद्रोही रक्षादलका जवानहरुले ९ माघ २००८ बिहानसम्म बारुदखाना, मुलुकी खाना, बन्दुकखाना, तोपखाना, सिंहदरबार, केन्द्रीय जेल, नख्खुजेल, डिल्लीबजार खोर, जनाना जेल, विजुली अड्डा, एयरपोर्ट, रेडियो नेपालजस्ता सबै महत्वपूर्ण ठाउँ कब्जा गरी वत्ती र टेलिफोनका तारहरुसमेत काटिदिए । नक्खु जेलका हामी बन्दी पनि उम्केर सिंहदरवार गयौं । केआई सिंह सिंहदरबारमै थिए । त्यो विद्रोह १२ घण्टा पनि टिक्न सकेन । हामीले मन्त्री, सिपाही कसैलाई पनि मारेनौं । सिंहदरबारभित्र सात वटा कैदखाना थिए । त्यहाँका कैदीलाई मुक्त गरिदियौं । त्यहाँभित्र बस्न सक्ने अवस्था भएन, अनि हामी सिंहदरबारबाट भाग्यौं । कीर्तिपुरबाट बालाजुहुँदै रसुवातर्फ लागियो । हामीलाई समात्न एक हजारभन्दा बढी फौज आएका थिए । अब जसरी हुन्छ ज्यान जोगाउने हो, हिम्मत नहार केटा हो भन्थे सा’बले । ७० जना रसुवातर्फ लागेका थियौं । यार्सा भन्ने गाउँमा पुगियो । बाटोमा चित्तल मारेर खाइयो । यार्सा गाउँमा मकै भुट्न लगाएर पोको पा-यौं । भोलिपल्ट सीमा काटेर चाइनातर्फ लागियो । चाइना जाँदा भने ३१ जना मात्रै थियौं । चार–पाँच दिन हिँडियो होला । हामीसँग भुटेको मकैबाहेक केही खानेकुरा थिएन । भोकभोकै भइयो । तिब्बतीहरु पनि गरीब, उनीहरुसँग पनि खानेकुरा केही नहुने । केहीले भने चिया खान दिन्थे ।  सिगात्से मुन्तिर छेन्दु भन्ने ठाउँमा पुग्यौं । त्यहाँ चाइनिज सैनिक ब्यारेक थियो । त्यहीँ बस्यौँ । हामीलाई चीनले शरणार्थीको दर्जा दियो । रासन पानी दियो । ब्यारेकमा खेलेर, खाएर बसियो । हामीले केही पनि गर्न नपर्ने, दिनभर पढेर बस्थ्यौं । कुराकानी गर्न भने समस्या हुने ।  हातको इशाराले कुरा गन्थ्यिो । त्यहाँ बस्दा चाइनिज भाषा पनि सिकियो । केआई सिंहलाई भेट्न ठूला–ठूला चाइनिज नेताहरु आउँथे. । हुन त व्यारेकमा जो पायो त्यहि पस्न पाउँदैनथ्यो, तर जनता पनि आउँथे हामीसँग कुराकानी गर्न  । छेन्दुमा १ बर्ष बसेर केआई सिंह पेइचिङ (बेइजिङ) गए, उतै बसे । माओसँग भेट भयोजस्तो लाग्दैन । उ महाचीनको नेता सजिलै त के भेट हुन्थ्यो र ? 

हामीलाई स्वदेश फर्काउनेबारे चीन र नेपालबीच कुराकानी भइरहेको थियो । अन्ततः समझदारी बनेछ । चाइनाले हामीलाई नेपालमा बुझायो । सन् १९५५ भदौमा स्वदेश फर्कियौं । 

त्रिभुवनकै पालामा नेपाल फर्किने योजना पनि बनेको थियो, तर चीनले हामीलाई फर्कन दिएन  । फेरि जेल हाल्छ भन्यो । महेन्द्र राजा बनेपछि फर्कने वातावरण बन्यो । काठमाडौंमा हामीलाई सिंदुरजात्रासहित भब्य स्वागत गरे । ३१ जनाको टोलीलाई सातवटा जीपमा राखेर काठमाडौं सहर घुमाएका थिए । स्वागत समितिको अध्यक्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए । ‘वीर डा. केआई सिंह जिन्दावाद !’ भन्दै देवकोटाले नारा लगाए । अरुले पनि त्यसै भन्थे । देवकोटा सँगसँगै हिँडियो, बसियो, निकै असल मान्छे लाग्थ्यो देवकोटा मलाई । 

प्रधानमन्त्रीको निजी सुरक्षा गार्ड 
०१४ साउनमा सा’ब प्रधानमन्त्री बन्नुभयो । राजाले सबै पार्टीलाई सरकार चलाउन दिए, तर कसैले पनि राम्रोसँग चलाउन सकेनन् भनेर उहाँलाई प्रधानमन्त्री बनाएको हो । प्रधानमन्त्री बनेपछि सा’बले मलाई निजी सुरक्षा गार्डको रुपमा राख्नुभयो । सँगै आन्दोलन गरेको, दुःख–सुखमा साथै रहेको, आफ्नो नेता प्रधानमन्त्री हुँदा निकै खुसी लाग्यो । हुन त प्रधानमन्त्रीको सरकारी सुरक्षा गार्ड पनि हुन्थे, तर म निजी सुरक्षा गार्ड थिएँ । 

यस्तो थियो कि सरकारी सुरक्षा गार्ड पनि मेरै कमाण्डमा रहन्थे । मलाई प्रधानमन्त्री सिंहले पत्याए । होचो भएपनि म निकै बलियो र फुर्तिलो थिएँ । जहाँ जाँदा पनि म प्रधानमन्त्रीसँगै हुन्थेँ । म त भित्री गार्ड पो थिएँ त ! प्रधानमन्त्रीको ढोकामा बस्थेँ । लक्ष्मी प्रसाद देवकोटा बारम्बार भेट्न आइरहन्थे । ‘के छ केटा भेट्न पाइन्छ ?’ भन्थे । म भित्र गएर ‘हजुर फलानो भेट्न आएको छ के गरौं ?’ भन्थेँ । ब्यस्त भए एकछिन कुर्न र नभए उपठाउन भन्नुहुन्थ्यो सा’बले । 

सरकारी कर्मचारी फटाहा 
अहिलेको राष्ट्रपति भवन त्यतिबेला प्रधानमन्त्रीको निजी निवास थियो । म पनि त्यहिँ बस्थेँ  । बिहानको ९ बजे खाना खाएर १० बजे सिंहदरवारमा आइन्थ्यो । म प्रधानमन्त्रीसँगै मोटरमा बस्थेँ । सिंहदरवार पुगेपछि प्रधानमन्त्रीको परेड भन्ने हुन्थ्यो । त्यो परेड कस्तो भने– दुई तीनसय मानिसहरु प्रधानमन्त्रीलाई भेट्न लाइन लागेर उभिएका हुन्थे । प्रधानमन्त्रीले तिनीहरुलाई पालैपालो भेट्नुहुन्थ्यो । धैरैले बिन्तिपत्र बोकेर आएका हुन्थे । ति सबै चिठीहरु प्रधानमन्त्रीले मलाई दिनुहुन्थ्यो । अनि, मैले उहाँको निजी सचिवलाई बुझाउँथेँ । 

साँझ मन्त्रालयका सचिवहरुले ती चिठी पढेर प्रधानमन्त्रीलाई सुनाउँथे । तर, सचिव मोराहरुले धेरै चिठी नपढिकन च्यातेर टोकरीमा फालेको मैले देखेको छु । धेरैको काम नै बन्दैनथ्यो । दिनमा सय दुई सय बिन्तिपत्र आउँथे, चार–पाँचजना भन्दा धेरैको काम नै बन्दैनथ्यो । धेरै चिठी कर्मचारीले टोकरीमा मिल्काइदिन्थे । पछि मानिसहरु मेरो काम के भयो भन्दै सोध्न आउँथे । कर्मचारीले कहिले त्यो फाँटमा पुग्यो, कहिले यो फाँटमा पुग्यो भनेर झुलाउँथे । कति कर्मचारीले फेरी पत्र लेख्नुहोस् भनेर आदेश दिन्थे । जनतालाई सास्तीमात्र । जनताको पिरमर्का प्रधानमन्त्रीको छेउमा पुग्नै पाउँदैनथ्यो । 

उहाँको कार्यकालभरी मैले निजी सुरक्षा गार्डको रुपमा काम गरे पनि एक पैसा तलब लिइन । खाने बस्ने मात्र हो ।  अहिलेकाले  पो तलब भत्ता पाउँछन् । उहाँ पनि नाङै, म पनि नाङै । कहाँबाट पैसा हुनु ! घर आउँदा–जाँदा चार पाँचसय रुपैंया दिनुहुन्थ्यो । मैले पाएको भनेको त्यत्ति हो, अरु केही होइन । देश गरीब थियो, पाइएन भन्ने गुनासो छैन । त्यत्रो ठूलो मान्छेको संगत गर्न पाएँ, त्यसैमा सुखी लाग्छ । मेरो औधी विश्वास गनुहुन्थ्यो, घर परिवार सुख–दुःख सोधिरहनुहन्थ्यो । 

सिंह गीत गाउन माहिर 
ठकुरी भएपनि केआई सिंह रिसाहा हुनुहुन्थेन । सबैप्रति मान सम्मान हुन्थ्यो । महिलाहरुलाई खुब मर्यादा गर्ने, रमाईलो स्वभावका । कहिलेकाहिँ गीत गाएर पनि सुनाउने बानी थियो । ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो, पेटभरी खान पाए यसै रमाइलो...’ उहाँले गाउने यो गीत मलाई अहिले पनि सम्झना छ । खानाको भने सौखिन, काम गरेर नथाक्ने, साँझ अबेरसम्म पनि अफिसको काम गरिरहने स्वभाव थियो । 

छुवाछुत विरोधी
उहाँ प्रधानमन्त्री नहुँदैको कुरा हो एक पटक हामी गोरखा पुगेका थियौं । हिँड्दा–हिँड्दा थकाई लागेर चेपे खोलाको किनारमा सुस्ताइ रहेका थियौं । उहाँलाई तिर्खा लागेको रहेछ । एउटा मान्छे आयो । उहाँले ‘ए बाबु पानी लिएर आउ त’ भन्नभयो । उसले ‘मैले त हुन्न सा’ब’ भन्यो । किन ? भनेर प्रश्न गर्दा आफू कामी भएको उसको जवाफ थियो । त्यतिखेर उहाँले भन्नुभएको थियो, ‘मैले तिमीलाई जात सोधेको हो र ? पानी पो लेउ भनेको ।’ त्यसपछि उसले पानी ल्यायो, हामीले पियौँ । 

नेताहरुको सिद्वान्त यो जात, त्यो जात भन्ने हुँदैन रहेछ । हामी गाउँघरमा रुखको बुटामुनि बस्नेहरुलाई मात्रै रहेछ, जातपात भन्ने । मेरो पनि यस्तै सिद्वान्त हो । जातपात मानिनँ । कसैलाई भेदभाव गरिनँ । गाउँघरमा आएर पनि मैले छुवाछुतलाई मानिनँ । यस्तो गर्नु हुँदैन भने । दमै, कामी, सार्की सबैको घरमा गएर खाएँ, अहिले पनि खान्छु । मन शुद्ध छ भने सबैथोक शुद्ध हुन्छ । 

अहिलेका नेता काम पनि नगर्ने, गर्न पनि नदिने 
हाम्रो देशमा कुनै पनि प्रधानमन्त्रीले पाँच बर्ष काम गर्न पाएनन् । कुनै पनि योजना पूरा गर्नै पाउँदैनन् । खाली एक अर्काको आलोचना मात्र गरिरहन्छन् । अहिले ती ओलीले शेरबहादुरलाई प्याच्च–प्याच्च भनिरहन्छन् । भोलि मैले पनि काम गर्नु छ भनेर साथीहरु सोच्दैनन् । मिलेर काम गरौं भन्ने भावना नै छैन । पाँच बर्ष एउटाले राम्रोसँग काम गर्न पाए एउटा जग बस्थ्यो । फेरि अर्कोले गएर त्यसलाई पुरा गर्नु पर्ने हो । न आफू गर्ने, न अर्कालाई गर्न दिने । यी नेताहरुले के ठीक के बेठीक भन्ने छुट्टाउनै सकेनन् । 

 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

चुनावको मुखैमा एमाले अध्यक्ष केपी ओलीले किन लेखे यस्तो पत्र ?

 उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

आज धनगढीको चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

८ मंसिर,कैलाली । संयुक्त चुनावी सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।आज  आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् । 

प्रधानमन्त्रीले जब यसरी व्यंग गरे

८ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था

अन्तर्राष्ट्रिय

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति

७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले शुक्रवार एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

विचार / ब्लग

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 
Top