siddhartha
gharjaggakosathi

आक्रामकरूपमा बजार विस्तार गर्दै पैँचो, पाल्पाको तानसेनमा नवौँ शाखा सञ्चालनमा


Monday, 11 Sep, 2017 3:56 PM
२६ बैशाख पाल्पा । गुल्मीको बलेटक्सारमा मुख्य कार्यालय रहेको पैँचो पसल प्रा. लि.ले पाल्पा सदमुकाम तानसेनमा आफ्ना उत्पादन विक्री वितरण सुरु गरेको छ । पैँचो पसलले सोमबार एक औपचारिक कार्यक्रमका बीच नवौं शाखाको रुपमा तानसेनमा आफ्ना उत्पादन विक्री सुरू गरेको हो । तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले रिवन काटेर पैँचोको शाखा शुभारम्भ गरे । कार्यक्रममा  नगर प्रमुख अशोक कुमार शाही, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कुमार श्रेष्ठ लगायतले  पहाडका किसानको उत्पादनलाई केन्द्रमा राखेर खोलिएको पैचो पसलको अभियान सफल  हुने बताए । 
तानसेनमा खोलीएको पैँचो पसलमा पैचोका आफ्नै उत्पादनहरुसंगै स्वदेश तथा बिदेशमा उत्पादित गुणस्तरीय दैनिक उपभोग्य सामाग्री, रेडिमेड, कपडा, गिफ्ट तथा श्रृङ्गारका सामान, जुत्ता चप्पल, स्टेसनरी र पहाड तथा उच्च पहाडका फलफुल तरकारी उपलब्ध रहेका छन् । पैचो पसलले शहरमा बसोबास गर्दै आएका उपभोक्ताहरु लाई गाउँघरको उत्पादन खुवाउदै आएको छ ।
  
बसे पनि शहर गाँउकै खाने रहर’ नाराका साथ साढेदुई वर्ष पहिले गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैँचो पसल आफ्ना खाद्य उत्पादनसहित राजधानी काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, नारायणगढ, हेटौंडा, भैरहवा—बुटवलमा यसअघि नै पुगिसकेको छ । राष्ट्यि युवा प्रतिभा पुरस्कार विजेता पैचो पसलले विगत डेढ वर्षदेखि गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्दै आएको छ  । स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दै आएको पैचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दैआएको छ ।
पैचो पसलले हाल  पैचो अचार, पैचो टोमेटो केचअप, पैचो भेनेगर, पैचो सोया सस, पैचो जाम, विभिन्न प्रकारका जुसहरु, पैचो होल कर्न कर्नल, पैचो फापरको पिठो, पैचो कोदोको पिठो, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरी बजारमा ल्याएको छ । यस्तै, जुम्लाको सिमी र पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला) खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याएको छ । 
पहाडी क्षेत्र र उच्च पहाडी क्षेत्रमा उत्पादन कम हुन्छ भन्ने भ्रमलाई पैचो पसलमा जोडिएका किसानले तोडिदिएका छन् । किसानको सम्पूर्ण उत्पादन बजारीकरणको ग्यारेन्टी  पैँचौ पसलले गरेको जनाएको छ । बेरोजगारीका कारण हरेक बर्ष लाखौंको संख्यामा विदेशीएका युवालाई स्वरोजगार प्रदान गर्दै विदेशीने बाध्यताबाट रोक्न पैचो सफल भएको पैचोले दावी गरेको छ । पैचो पसलमा २ सय बढी युवाले रोजगारी पाएकाछन् भने हजारौ किसानहरु पैचोमा आवद्ध छन् । 


Ruslan

paicho

bussewa

राजनीति

​राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

६ माघ, सिरहा । नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

देउवालाई रामचन्द्र पौडेलको चुनौती : ‘दम भए कारबाही गरेर देखाउनुहोस् ’

६ माघ,काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

अन्तर्राष्ट्रिय

भारतको नयाँ दिल्लीमा ​सडक दुर्घटनामा परी सातको मृत्यु

६ माघ, एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् । 

सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकी ,रुस र चीन जस्ता प्रतिस्पर्धीमा केन्द्रित

६ माघ । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ ।अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताएका हुन । राजधानी वासिङ्टनमा गरिएको एक कार्यक्रममा रक्षामन्त्री 

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुला

६ माघ,सोल  । चार वर्षपछि पहिलोपटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top